सुक्ष्म जीवको परीक्षण गर्ने प्रविधि नेपालमा








काठमाण्डौं, २८ फागुन
सरकारले खाद्य बस्तुहरुमा सुक्ष्म जीवहरुको परीक्षण गर्ने प्रविधि ‘माईक्रो वायोलोजी ल्याब’ भित्र्याएको कुरा
जानकारीमा आएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य बस्तुहरुको गुणस्तर मापनका लागि अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि भित्राएको जानकारी गराएको हो । नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै विभागका महानिर्देशक सन्जिवकुमार कर्णले खाद्य बस्तुहरुमा रहेका सुक्ष्म जीव परीक्षण गर्ने अन्तराष्ट्रिय स्तरको ‘माईक्रो वायोलोजी ल्याब’ को व्यवस्था गरिएको बताए ।
खाद्य सम्बन्धी जनचेतना देशभर सञ्चालन गर्ने उद्देश्यका साथ विभागले ७५ वटै जिल्लामा कार्यालय सञ्चालन गर्ने महानिर्देशक कर्णले प्रतिवद्धता पनि जनाए । हाल विभागको कार्यालय ३२ वटा जिल्लामा मात्रै छ ।
विश्वमा अस्वच्छ खाद्यान्नका कारण चार लाख भन्दा बढी विरामी हुने गरेको बताइएको छ । नेपालमा भने हालसम्म पनि अस्वच्छ खाद्यान्नका कारण मानव स्वास्थ्यमा पर्न गएको असरबारे अध्ययन हुन सकेको छैन । विभागले यसै वर्षबाट स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अस्वच्छ खाद्यान्नका कारण मानव स्वास्थ्यमा पर्न गएको असरबारे अध्ययन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
अस्पतालमा उपचारका साधनहरु सुसम्पन्न गरिएका छन् तर जनशक्तिको अभावले विरामीले सेवा नपाएझैं सुक्ष्म प्रविधि विकास गरेर दक्ष व्यक्तिको समेत नियुक्ति गर्नुपर्ने देखिन्छ ।







