बर्माको सडकमा नेपालका राजारानी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३० असार
बर्मामा शासन सत्ताको स्वरुप फेरिदा त्यहाँका विदेशी नागरिकहरुलाई चुनौती थपियो र त्यसबाट नेपालीले पनि अलग रहन सकेन । दुःख गरी कमाएको पुरै सम्पत्ति आफ्नो देश लैजान नपाउनेमा सिमा तोकि आफ्नो कमाई लैजना पाउने नीति लिएको कुरा राजा महेन्द्रलाई थाहा हुँदा ठूलो संख्यामा रहेका नेपालीहरुलाई भेटी उनको इच्छा बुझ्न राजा स्वयम बर्मा गई त्यहाका नेपालीलाई भेटी जनचाहना बुझी नेपाल आउनेलाई सजिलै सित ल्याई नेपालमा प्रवासी बर्मेली नेपालीको लागी निःशुल्क बसोबासको व्यवस्था मिलाउने र नआउनेलाई पनि नेपाल आमा आफनो देश भनेको आफ्नै हो सकिन्छ भने आउ भनेर पनि उतै बसेका नेपालीहरुलाई पछि गएर सम्झना भएछ । नयाँ बाटो अनलाईन समाचारले सचित्र समाचार प्रकाशित गरेको छ । बर्माको सडकमा जव राजारानी नेपाली जनतासँगै निस्किए (फोटो फिचर) को शिर्षकमा समाचार लेखेको छ ।
नेपालमा राजाको शासन अन्त्य भए पनि बर्मामा रहेका नेपालीहरुले भने नेपाली राजा रानीलाई सम्झिदै हरेक वर्ष यात्रा नै निकाल्ने गर्दछन् । हिरा खानी रहेको बर्माको मोगोक शहरमा नेपाली भाषीहरुले राजा रानी पर्व मनाएका हुन् । दोस्रो विश्व युद्धताका बर्मा पुगेका नेपालीहरुले हरेक वर्ष राजा रानीको भेषभुषामा एक जोडीलाई सजाएर नेपाली पहिरन सहित सडकमा निकाल्ने गर्दछन् । यस पटक नेपाली मूलका किसन खनाल र नूम न्यौपानेलाई राजारानी बनाएर मोगोक शहर घुमाईएको छ । उनीहरुलाई ठ्याक्कै नेपाली राजारानीले लगाउने पोसाकमा सिंगारिएको थियो । यात्रामा सहभागी भएकाहरुले पुरुषले दौरा सुरुवाल तथा महिलाहरुले सारी र चोलो लगाएका थिए । राजारानी यात्राको अवसरमा आदिकवी भानुभक्त आचार्यको स्वरुप पनि सहभागी गराएको थियो । मोगोक वर्मामा नेपाली मूलका मानिस बर्मेलीहरुको बसोबास रहेको यो शहरलाई नेपालीले चम्काएको हिरा खानीको शहर भनिन्छ । सबै भन्दा
धेरै नेपाली मुलका मानिस भने मेचिनामा बस्छन् जसलाई सानो नेपाल भनिन्छ ।
नेपाली धर्म संस्कृति अबलम्बन गर्दै आएका मोगोक शहरका बर्मेली नेपालीहरुले नेपालमा मनाईने सबै चाडपर्व मनाउने गरेका छन् । हालसम्म बर्मामा नै रहेका बर्मेली नेपालीहरुले नेपाल र नेपालका राजाको त्यस्तो सम्मान गर्नु तर उही राजाले बर्माबाट आएका बेघरबारवालालाई निःशुल्क घर खेत जुटाई दिदा नेपालमा राजाहरुका शालिक तोड्ने काम गर्यो कस्तो घृणित कार्य भन्नु हुन्छ राजबहादुर चन्द । उहाँ थप्नु हुन्छ आज हामीलाई प्राप्त भएको निःशुल्क सम्पत्ति घर जग्गा अरर्वौ सम्पत्तिका मालिक भएका छौ त्यस कारण म आफूलाई पनि दोसी ठान्दछु भन्नु हुन्छु । हो हुन पनि त्यस्तै भएको छ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अंग्रेजबाट फिर्ता माग्ने व्यक्ति खराव तर टनकपुर ब्रहमदेव कञ्चनपुरको केही क्षेत्र विक्रि गर्ने वीरहरु आज असल भनिएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *