आदिकवि भानुभक्तको २०५ औं जन्मजयन्ती मनाईयो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३० असार
आदिकवि भानुभक्तको २०५ औं जन्मजयन्ती मनाईएको छ । महेन्द्रनगर स्थित भानु चोकमा रहेको आदिकवि भानुभक्तको शालिकमा यहि असार २९ गते आदिकवि भानुभक्तको शालिकमा फुलमाला चढाई महाकाली साहित्य संगमको आयोजनामा भानु जयन्ती भव्यताका साथ मनाईएको छ । विहान ८ बजे पानी परिराखेको भएपनि छाता ओढेर विभिन्न व्यक्तिहरुले आ–आफ्ना रचना बाचन गरी भानुभक्तको शालिकमा फुलमाला चढाई श्रद्धासुमनका साथ श्रद्धाञ्जली अर्पण गरिएको थियो । महाकाली साहित्य संगमका अध्यक्ष हरि प्रसाद जोशीको सभापतित्वमा भानुजयन्ती मनाईएको
थियो ।
त्यसैगरी साची होटलमा भएको कार्यक्रममा रमेश पन्तको सभापतित्व तथा डा. टेकराज पन्तको प्रमुख आतिथ्यमा कवि कल्यान ओझा समेतले कविता प्रतियोगितामा उपस्थित रही सहभागिता जनाएका थिए । त्यसैगरी देशका विभिन्न ठाउँहरुमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितिमा विभिन्न कार्यक्रम गरी कञ्चनपुर जिल्लाको कुरा गर्दा महाकाली साहित्य संगमले अथवा अन्य कुनै संघ संस्थाले सबैलाई समेटेर भानु जयन्तीमा सहभागी हुने मौका जनतालाई दिएन । न कसै पक्षले सार्वजनिक जानकारी गरायो, न सरकारी पक्षको उपस्थिति रह्यो ।
एउटा भानुजयन्तीमा रित
पुर्याउनलाई मात्र महेन्द्रनगर बजारका दुई ठाउमा कार्यक्रम गरिएका समाचारहरु पाईएका छ । यदि यस्तै एकता नभई अनेकता हुने हो भने यो देशमा कुनै काम पनि सफलता पुर्वक होला भन्न सकिदैन बरु पञ्चायत कालमा विभिन्न चाडपर्वहरु वडा धुमधामका साथ सार्वजनिक गरी श्रद्धापुर्वक मनाईन्थे, ती चाडपर्वहरु हुन, संविधान दिवस, प्रजातन्त्र दिवस, सहिद दिवस,
राष्ट्र प्रमुखका जन्मोत्सवहरु, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पृथ्वी जयन्ती तथा एकता दिवस, भानु जयन्ती लगायतका उत्सवहरु सामुहिक संलग्नतामा मनाउने गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *