हवाई यातायात सेवा बिकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हवाई यातायात सम्बन्धी अपनाईएका नीतिहरुमा सडक यातायात सुबिधा भैसकेको र ततकालै हुने स्थानहरुमा हवाई सेवाको विकासमा साधारणतया प्राथमिकता प्रदान नगर्ने, प्रादेशिक बिकासको दृष्टिकोणबाट आबश्यक तर अन्य बैकल्पिक यातायात सुबिधा प्राबिधिक हिसाबले तत्कालै संभब नभएका स्थानहरुमा हवाई यातायात विकास र विस्तार गर्दैलाने देशको सबै भागमा एकै किसिमको वा समान स्तरका सेवा सुबिधाहरु पुर्याउन आबश्यक र संभब नभएको ब्यापक राष्ट्रिय दृष्टिकोणले हवाई यातायात सुबिधाले विभिन्न स्तर निर्धारण गरीसोही बमोजिम बिमान स्थलहरुको वर्गीकरण गर्ने तथा तदनुसार यातायात सेवा पुर्याउने आदि रहेको थियो । यस योजनाले सर्बप्रथम नेपाल अधिराज्यका सम्पुर्ण विमान स्थलहरुलाई प्राबिधिक तथा प्रशासनिक दृष्टिकोणबाट चार वर्गमा वर्गीकरण गरेको थियो । यस अनुसार (क) वर्गमा त्रिभुवन बिमान स्थल, काठमान्डौ, (ख) वर्गमा पोखरा, भैरहवा, विराटनगर र नेपालगंज गरी ४ वटा विमान स्थलहरु, (ग) वर्गमा धनगडी, सुर्खेत, भरतपुर, सिमरा, जनकपुर, राजबिराज, दाङ्, चन्द्रगढी, पालुंगटार र तुम्लिटार गरी १० वटा र (घ)वर्गमा बाकी रहेको सबै कच्ची तथा पक्की साना हवाई मैदानहरुलाई समाबेश गरिएको थियो । यी उल्लिखित वर्गमा आउने बिमान स्थलहरुको न्युनतम धावन मार्ग तथा अन्य भौतिक र संरचना सहायक सम्बन्धी खास खास सुबिधा क्रमिक रुपमा उलब्ध गर्दै जाने उल्लेख गरिएको थियो ।
हवाई बिकास सम्बन्धी कार्यक्रमलाई (१) बिकान स्थल निर्माण तथा सुदृढीकरण (२) नवीकरण तथा थप सुबिधा (३) सानो हवाई मैदान निर्माण तथा थप सुिबधा (४) संचार तथा सहाय, (५) अग्नि निबारण तथा जीबनोद्धार सेवा र नागरिक उडयन सम्बन्धी प्रशिक्षण गरी ६ शीर्षकअन्तर्गत प्रस्तुत गरिएको थियो । यस कार्यक्रम अनुसार योजना अबधिमा त्रिभुवन विमान स्थलतर्फ अन्तराष्ट्रिय विमान स्थललाई सुहाउदो स्तरको नया बिसौनी भवनको निर्माण, पोखरामा ५७०० फिट लामो धावन मार्ग भएको विमान स्थल त्रिभुवन विमान स्थलको बैकल्पिक बिमानस्थलको रुपमा प्रयोग गर्न सकिने किसिमबाट नया स्थानमा निर्माण गर्ने, नेपालगंजमा एक छुटटे एभ्रो स्तरको बिमान अबतरण र उडान हुन सक्ने ५००० फिट लामो धावनमार्ग भएको बिमानस्थल निर्माणको बाकी कार्य पुरा गर्ने, सुर्खेतमा ५००० फिट लामो धावन मार्ग भएको विमान स्थलको निर्माण कार्य गर्ने र धनगडीमा नया स्थानमा १८०० मीटरको धावनमार्ग भएको विमान स्थल निर्माण गर्ने लक्ष्य ।हेको थियो ।
साथै भैरहवा विमान स्थलको बिस्तारसम्बन्धी बाकी कार्य र जनश्रमदानबाट निर्माण भैरहेको महेन्द्रनगर विमान स्थलमा आबश्यक सुधार गरी धावनमार्ग बिस्तार गर्ने कार्यक्रम पनि रहेको थियो । पाचौ योजनाको अबधिमा त्रिभुवन विमान स्थलको ६६०० फिटको पुरानो धावन मार्गलाई ३४०० फिट विस्तार गरी १०००० फिट गर्नुका साथै पुरानो धावनमार्गलाई सुदृढीकरण गर्ने कार्य शुरु गरिएको थियो । भैरहवा विमान स्थलको धावनमार्ग विस्तार गर्ने कार्य पुरा गर्नुका साथै सानो हवाई मैदान निर्माण तर्फ हुम्ला, बैत्तडी, भोजपुर, रोल्पा,बझाङ, मनाङ र लुक्ला गरी ७ वटा हवाई मैदानहरुको निर्माण कार्य सम्पन्न गरिएको थियो ।
अधिराज्यका विभिन्न ७ वटा विमान स्थलहरुमा टर्मिनल भवन, आवास गृह आदि थप भौतिक सुबिधा उपलब्ध गर्ने कार्यहरु पनि प्रायः लक्ष्य अनुसार नै पुरा भएको देखिन्छ । त्रिभुवन बिमान स्थल, बिराटनगर र भैरहवामा फायर टेण्डरहरु उपलब्ध गराईएको थियो ।
पाचौ योजनामा उल्लिखित हवाई विकासका कार्यक्रमको कार्यान्वयनको फलस्वरुप देशका ठुला र महत्वपुर्ण विमान स्थलहरुको सुधार तथा विस्तार साबन्धी निर्माण कार्यहरुबाट विमान स्थलहरुको संख्या ३९ वटा पुग्न गएको थियो । यसरी यस योजनाको अन्तिम वर्ष २०३६।३७ मा हवाई यातायातको स्थितीलाइ दृष्टिगत गर्दा यस क्षेत्रको विकासमा निकै नै सुधार भएको देखिन्छ ।
हवाई मैदानहरुको संख्यात्मक विबरणमा पनि क्रमिक रुपमा सुधार भएको देखिन्छ । पुर्वात्तञ्चल बिकास क्षेत्रअन्तर्गत मेची अंचलमा २ वटा, कोशी अंचलमा ३ वटा, भोजपुर, सगरमाथा अंचलमा ६ वटा गरी जम्मा ११ वटा हवाई मैदान रहेको थिए । त्यस्तै मध्यमाञ्चल विकास क्षेत्रमा ८ वटा हवाई मैदानहरु रहेका थिए । कुल ८ वटामध्ये जनकपुर अंचलमा जनकपुर विमान स्थल, जीरी सानो हवाई मैदान र रामेछाप हवाई मैदान गरी ३ वटा,
नारायणी अंचलमा सिमरा विमान स्थल, भरतपुर विमान स्थल र मेघौली विमान स्थल गरी जम्मा ३ वटा र बाग्मती अंचलमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र लामटाङग सानो हवाई मैदान गरी २ वटा हवाई मैदानहरु रहेको थिए ।
पश्चिमाञ्चल विकास क्षेत्रमा ६ वटा मैदानहरु रहेका थिए । यस बिकास क्षेत्रमा भएका ६ वटा हवाई मैदानहरुमध्ये गण्डकी अंचलमा पोखरा विमान स्थल, पालुंगटार सानो हवाई मैदान र मनाङग सानो हवाई मैदान गरी ३ वटा, धौलागिरी अंचलमा बलेवा सानो हवाई मैदान र जोमसोम हवाई मैदान गरी २ वटा र लुम्बिनी अंचलमा भैरहवा विमान स्थल १ वटा रहेका थिए । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका ८ वटा हवाई मैदानहरुमध्ये राप्ती अंचलमा तुल्सीपुर विमान स्थल, बडाचौैर सानो हवाई मैदान र चौरजहारी सानो हवाई मैदान गरी जम्मा ३ वटा हवाई मैदान, भेरी अंचल नेपालगंज विमान स्थल र सुर्खेत विमान स्थल गरी जम्मा २ वटा हवाई मैदानहरु कर्णाली अंचलमा जुम्ला सानो हवाई मैदान, डोल्पा सानो हवाई मैदान र सिसीकोट सानो हवाइृ मैदान गरी ३ वटा हवाई मैदानहरु रहेका थिए ।
त्यस्तै सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा ६ वटा हवाई मैदानहरुमध्ये सेती अंचलमा धनगडी विमानस्थल, दिपायल सानो हवाई मैदान, साफेबगर सानो हवाई मैदान र बझाङ सानो हवाइृ मैदान गरी ४ वटा हवाई मैदानहरु तथा महाकाली अंचलमा महेन्द्रनगर हवाई मैदान र पाटन हवाई मैदान गरी २ वटा हवाई मैदानहरु रहेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *