के प्रजातन्त्रको पुनरजन्म लोकतन्त्र हो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रजातन्त्र
प्रजातन्त्रले आज यहाँ
आधासदी लिई सकेको छ ।
तर पनि भ्रष्टाचार भन्दा पछिएको छ
किनभने
घरदैलो अभियानमा जुटी सक्यो
प्रत्येकको घर घर गाउँ गाउँमा पुगिसक्यो
तर प्रजातन्त्र केवल
शक्तिशाली भनिनेहरुको
भुडिमा बन्दी गरिएको छ ।
प्रजातन्त्र
बहुसंख्यक लाठीमा बल्झीएको छ
प्रजातन्त्र तछाड मछाडको काममा
अल्मली रहेको छ
प्रजातन्त्र प्रजातन्त्रवादी हुँ भन्नेहरुको
कब्जामा फसेको छ
ऊ जनताको घर दैलोमा जान चाहन्छ
तर ऊ रितो हात जान चाहदैन
किन भने
तिरस्कार गरिने डरले ऊ कापेको छ
विचरा प्रजातन्त्र त डराएकै छ तर
पम्प भर्नेहरुको हक्की थाम्न
सकिरहेको छैन
प्रत्येकको घर दैलोमा जान खोज्दछ
जाने आँट पनि गर्दछ
ढाट्नेहरुको जमातले
गाली गर्छन
जान दिदैनन
हिडिसकेको छु आउँदैछु भन्ने
खबर पठाउन लगाएकोले
जनता प्रतिक्षामा छन् प्रतिक्षाको घडी विताउन दिक्क भई सकेकाले
प्रजातन्त्र झन डराएको छ ।
बलात्कारीहरुले घेरी सकेका छन्
उसलाई जोगित मुश्किल भएको छ
त्यसैले उ तपस्या गर्न
तपस्याको नाममा
विश्राम गर्न जाने
कल्पनामा डुबेको छ ।
किनभने आज प्रजातन्त्रलाई
गोवर गणेश बनाएको छ
आफूखुसी प्रजातन्त्रको नाममा
लुट मच्याउनेहरुलाई तर्साउन पनि
हुनसक्छ हुन सक्छ ।
प्रत्येक नेपालीले सुख शान्तीमा बस्न
पाउन भनेर पनि हुन सक्छ, हुन सक्छ ।
प्रजातन्त्रलाई पेवा ठोन्नेहरु
आडम्बरी गर्नेहरुबाट
दिक्काएको पनि हुन सक्छ ।
मुकुण्डो उतारी
नयाँ रुप फेरी आउन पनि हुन सक्छ
मित्रको कृपा करुणाले आएको चित्त नबुझी
स्वाबलम्बी पराक्रमी भएर आउन पनि हुन सक्छ
जान तर जानै आटे पनि के के कति दिनमा फर्कन्छ कुन
रुप लिएर आउछ
तिम्रो हाम्रो प्रतिक्षाको विषय बनेको छ
प्रजातन्त्र १ प्रजातन्त्र ११ प्रजातन्त्र १११
२०५९ मा प्रकाशित स्वाभिमान कविता संग्रहबाट ।
झण्डै पन्ध्र वर्ष नपुग्दै प्रजातन्त्रलाई
महारोग लाग्यो । समयानुसार हिड्न नसकेको जहानिया राणा शासनको अन्त जवाहरलाल नेहरुको प्रत्यक्ष सहभागितामा भयो । भारतमा अंग्रेजको शासन सत्ता
रहेको बेला आफ्नो देशको शैक्षिक गतिविधि अगाडी नबढाई जनता अशिक्षित रहेको कारणले जनस्तरको अवस्था खस्किदै गएको थियो । देशभर राणा परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । शिक्षा तर्फ मृगेन्द्र समशेर जवराले एमए गरेका थिए उनलाई नै शिक्षा विभागका डाइरेक्टर जनरल बनाएका थिए । १९९७÷९८ सालको अथक प्रयास पछि बैतडी जिल्लाको पुर्चौडीहाटमा हाइस्कुल खोल्न डम्बर बहादुर बमलाई २००४ सालमा स्वीकृति दिएका थिए । जुन गाउँमा विद्यालयको स्थापना भएको थियो त्यो गाउँका एक जनाले पनि २०२७ सालसम्म एकले पनि हाइस्कुल पास गर्न सकेका
थिएनन् ।
इष्टइन्डीया कम्पनीले हालको भारतका
धेरै ठाउँ शहर गाउँ मुहल्लामा विद्यालयहरु खोल्न अनुमती र खोलेकालाई अंग्रेजी विधा पढाईमा प्रोत्साहन गरेका थिए त्यो देखेर पनि राणा सररकाले खासै चासो नदिदा शिक्षाको उन्नति हुन सकेन शिक्षा नै प्रजातन्त्र भएकोले प्रजातन्त्रको बारेमा केही सोच्ने शक्ति नेपाली सर्वसाधारणमा थिएन । नेपालका अग्रज कृष्णप्रसाद कोईराला भन्सारमा खरिदार हुँदा पैसा पनि कमायो आफूले पनि पढेका हुँदा छोराहरु वि.पी. जे.पी. मात्रृका हरुलाई बनारसमा पढाएका थिए र नेपाली जनताको अवस्था तथा शासन व्यवस्था सम्बन्धि उनलाई थाहा भयो र त्यस लाईन तर्फ लागे कृष्ण प्रसाद कोईरालाको अनुसरण गर्दै वी.पी. समेतका ३ भाई छोराहरु नेपालको राज्य व्यवस्था सञ्चालन तर्फ लागे । हाल तिनैको अलग अलग विचार उत्पन्न भएको थियो, विपी
कोइराला नेपालमा प्रजातन्त्र चहान्थे भने मात्रृका प्रसाद कोइराला देशको संरक्षण र प्रजातन्त्र दुवै चाहन्थे भने गिरिजा बाबु भारतीय मित्रले जे जसरी उस्कायो र फकायो उसैमा रमाउथे उनलाई प्रजातन्त्रको बारेमा खासै थाहा थिएन भन्न किन सकियो भने नेपालको प्रजातन्त्रलाई २०६२÷०६३ मा दिल्ली दरबारमा बुझाई हत्या गरे गराएको हुनाले उनको नेपाल र नेपाली प्रतिको आत्मीयता थिएन । शिसु प्रजातन्त्रको हत्या गर्नमा जी.पी. कोईरालाको अहम भूमिका सावित भएको म किन ठान्दछु भने नेपाल र नेपालको नाम मात्रको राज संस्थालाई विश्व सामु बदनाम गराउने तर्फ उनले निकै मेहनत गर्नु पर्यो प्रजातन्त्र प्राप्तिपछिको पहिलो निर्वाचित सरकारको बहुमतका प्रधान मन्त्री जी.पी.ले जनताका मत फिर्ता गरी सांसद भंग गर्यो गरायो । देशमा अस्थिरता ल्याउनमा मदत गर्यो भने त्यसपछि मनमोहन अधिकारीको
सरकार गिराउनमा भगिरथ प्रयास गर्यो । आखरी तर्फ जादा मुखले संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र भन्ने संविधान २०४७ को निर्माण भएदेखि नै संविधानको उल्लंघन गर्दै गए मानौ देशले
कसरी अराजकताको सुरुवात गर्छ र राजसंस्था, नेपाललाई कमजोर पार्न सकिन्छ भन्ने कुरातर्फ गए हामी किन भन्छौ भने हरेक कुरामा नेपाली सित झुट बोल्दै ठग्दै गए उनी सबैलाई थाहा छ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र जंगे पिल्लर देशभर
राख्ने काम जंगेको थियो भने नेपाल भारतको सिमा नदी टनकपुरको सम्झौताले नेपालीहरुलाई कसरी रुवायो र अझै रुवाई रहेकै छ भन्ने कुरा समग्र नेपालीलाई थाहा छ थप जानकारी सबैले लिने नै छन् ।
विपीको असक्षमताले २००७ सालमा प्राप्त भएको प्रजातन्त्र गयो भने गिरिजाको अतिवाद अहंकारले २०४७ को संविधानले दिएका प्रजातान्त्रिक अधिकार खोसी २०४७ मा प्राप्त प्रजातन्त्रको हत्याका
हत्यारा गिरिजा बाबु नै हुन् । उनले नै देशलाई एकताबाट अनेकतामा विभाजित गरे गराएका हुन् । यदि उनीहरुले सांसदको बैठकमा निर्णय पुस्तिकामा माइन्यूट गरी वर्तमानको व्यवस्था ल्याउन चाहेका भए पनि सकिने थियो ने.का. र एमालेको बहुमत छदै
थियो । सभासदमा २०५ डराए । आफ्नो जीउ जोगाई जनता मार्ने मराउने खेलमा लागे केवल आफू मर्नबाट बच्न मात्रै । पक्कै पनि राजा विरेन्द्र २०५ सभासदहरुलाई मराउने थिएन भनेर भन्ने आधार के छ भने २०४६ सालमा जनताले जे भन्छन् म सहमत छु म भारत सित भन्दा आफ्ना नागरिक सित झुक्छु भन्दै जे गिरिजा लगायतका नेताले भन्यो त्यही गरे । राजा विरेन्द्रले भने थप कुरा सदनमा नै गरेको भए २७ हजार निर्दोष किन मर्ने थिए । प्रजातन्त्रको मृत्यु भयो हत्या गरायो गिरिजा लगायतका समूहले । अब प्रजातन्त्रको पुनरजन्म लोकतन्त्रको रुपमा भएको होइन लोकतन्त्र र प्रजातन्त्रका आ–आफ्नै तरिका छन् केवल गिरिजा जस्ताको सेखी झर्न मात्र सक्छ तर लोकतन्त्रमा प्रजातन्त्रको पुनरजन्म भएको भने अवश्य हुदै होइन ।
वर्तमानको व्यवस्था जगाउने हो भने प्रजातन्त्रका गिरिजाको जस्तो वर्तमानका प्रवुद्ध वर्गका नेताहरुले गर्नु हुदैन । गिरिजा पछिका नेताहरुको यौटा महान गल्ती भएको छ त्यो हो जनताको इच्छा विपरित नेपालमा धर्म निरपेक्षियता लादियो । यदि नेका.ले आफ्नो पनि पुनरजन्म गराउने हो भने गिरिजाको नीति परित्याग गरी वीपी र कृष्णप्रसाद भट्टराईको नीतिलाई अबलम्बन गर्नु वेश हुन सक्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *