शासकीय मनोवृत्ति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रशिद्ध राजनैतिक दर्शन शास्त्री प्लेटो
(आरुलातून) ले सैकडौं वर्ष पहिले व्यक्त गरेका विचार मानस पटलमा सम्झना भई रहन्छन् जवसम्म शासकहरु दार्शनिक हुदैनन् र दार्शनिक शासक हुखदैनन तवसम्म आम सर्वसाधराण दुष्टहरुबाट बचाउ गर्न सक्दैनन् तर उनै दर्शन शास्त्री प्लेटोले आफ्नो जीवनको उत्तरार्धमा हवाई उडान (Autoria) गरेको रहेछु भनेर Derepublica मा अफशोच जाहेर गरे, उनका शिष्य अरस्तु Aristotoel ले आफ्नै गुरुको तिब्र निन्दा गरे । शाशक कस्तो हुनु पर्दछ जसले जनताको मर्म बुझेर काम गरोस् तर विश्वको
राजनीति पटलमा आजसम्म त्यस प्रकारको अपेक्षा नगण्य रुपमा देखिने गरेको छ । आदिम कालदेखि आजसम्मका ऐतिहासिक पौराणिक कालखण्डमा शासकीय मनोबृत्ति लगभग समान पाइन्छ ।
राज्यको उत्पत्ति नै प्राकृतिक अवस्था (State of nature) अन्त्य गर्नका लागि भएको भनेर हब्स लक र रुसोका आफ्नै दर्शन छन्, ति मध्ये इङ्गलेण्डका हब्सले मानवका विषयमा व्यक्त
गरेका दृष्टिकोण सर्वाधिक व्यवहारिक छन् मानव दुष्ट वेइमान कपटी धूर्त भई अशान्तीको कारक रहेको हुनाले नियन्त्रण गर्न दण्डात्मक व्यवस्था आवश्यक हुँदा राज्यको उत्पत्ति भएको दर्शन आज संसारभरका घटनाक्रमबाट पनि स्पष्ट भईरहेको छ ।
नेपालमा असल शासकको परिकल्पनामा मृगतृष्णा हुन गएको छ । सार्वभौम सत्यका रुपमा प्रकट भएको यथार्थ जतिसुकै घृणा लागे पनि अमृत तत्व संझिएको शब्द भ्रष्टाचार हो, पोल नखुलेसम्म र खुली हाले पनि कुनै कार्वाही हुन नसक्नु भनेको पुरुषार्थ संझने प्रवृत्ति समाजमा व्याप्त छ । अनपेक्षित कमाईको चाहना लालशा ऐश्वर्यमय जीवन केही नगरेर वा विपरित गरे पनि श्रेष्टता कायम गर्ने मनोवृत्ति र सत्तामा पुगेपछि स्वर्ग तुल्य ऐश्वर्य र दंभले ग्रस्त गर्ने गरेको यथार्थ कसैबाट पनि छिपेको छैन, आम सर्वसाधारणले बुझेकै र सञ्चार क्रान्तिको कारण प्रायः सबै विषय बाहिर आईरहने हुनाले कानूनी भाषामा भ्रष्टाचार अपराध मान्ने गरे पनि आवश्यक दानव “Necessary cvil” का रुपमा सर्वत्र व्याप्त छ, यसको अभावमा समाज परिवार आफन्त जो भए पनि तिरस्कारको दृष्टिले हेर्ने बुझ्ने गरिएको छ । प्रत्यक्ष पूर्ण अनुभव भएर नै यो लेख्न प्रासंगिक लागेको छ । एक जना अरबौका घोटालेबाजको सगरमाथा टेलिभिजनमा अन्तरवार्ता सुनेको थिए सम्मान पुर्वक बाच्ने चाहना र अनाहकमा झुठा अभियोग लगाएको भनि अनेकतर्फ दिई रहदाँ जिरह गर्ने वकीलको नजरले कतिपय प्रश्न सोध्ने कल्पना गरे पनि संभव थिएन, किनभने पर्दामा त्यस्तो गर्न कुनै रुपमा पनि हुन सक्तैन त्यसरी पर्दामा रहनेहरुका चर्तिकला असख्य छन् सानो समुद्री चराले आकाशतर्फ चुच्चो फर्काइ त्यो खसे रोक्छु भन्ने सोचे झै भ्रष्टाचारको लागि अख्तियार प्राप्त
रहेको भए एक एकलाई समाप्त पार्ने कल्पना पटक पटक भई रहन्छ, जुन त्यही समुद्री चराको कल्पना स्वतः मानस पटलमा आउँछ ।
नेपाल नामको देशमा भ्रष्टाचार सधै जीवन्त भए पनि युग परिवर्तनसँगै नयाँ नेपालमा पनि रुपान्तरण भएको छ अव त हजार लाख होइन करोडौं सामान्य जस्तै बनेर अरबौंमा पुगी सक्यो, टिकट वितरण राजदूत नियुक्ति लगायत जे मा पनि लेनदेन कुनै छिपेको विषय नै रहेन । खुलेआम लूट मच्चिएको छ । कसैले विरोधका स्वर उठायो कि शासकीय दंभ शान र हुंकार प्रकट हुन थाल्दछन् त्यत्ति मात्र होइन आफ्नै सहकर्मीका साहसिक निर्णय विरुद्ध समेत मन्त्रीहरु नै विरोधमा उत्रदा मुख्य शासकको मौनताले आश्चर्यमा पार्दछ लाज पचाएर मार्सिंभात खाएका समाचार भायरल हुँदा शर्मले मस्तक निहुरिन्छ । शासकीय दंभ कसैमा पनि कम देखिदैन । कानूनी गैरकानूनी बाहुवलीहरुका मनोबृत्तिले समाज राष्ट्रलाई आक्रान्त पारेको छ । विरोधका स्वर पनि स्वार्थ कै लागि प्रायः आउने गर्नु मर्माहत पार्ने काम गर्दछ । सम्बन्धित क्षेत्र हुनाले न्यायालय समेत भागबण्डा लीलाम बढाबढको अवस्थामा पुगेको देख्दा मनमा ठूलो आघात पुग्ने गर्दछ । अनाचारीहरु रकम मात्र बनाउदै मान, सम्मानको पनि विशेषधारका रुपमा उपयोग हुँदा बहुंख्यक समाजको दुर्दशाको मूल कारक तत्व समाप्त नभई नयाँ पुरानो कुनै नेपाल निर्माण हुन सक्तैन, शासकहरुका लवाई खवाई भाषण देख्दा सुन्दा आतंकवादको उत्पत्ति यस्तै जहरीला शासकीय मनोवृत्ति विरुद्ध अवतरण हुने तथ्यलाई इन्कार गर्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *