साल्ट टे«डिङले व्यापारीलाई निरन्तर सताउँदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २३ असार
साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले महेन्द्रनगर शाखाको व्यापारिक भवन बनेको मितिदेखि सटरहरु भाडामा लगाउदा बढाबढको टेन्डर प्रकाशित गरेको थियो । सोही मुताविक ब्लक ए देखि डी सम्मका चार ब्लकहरु सबै भन्दा बढी कवोल गर्नेलाई भाडामा दिई ३ वर्षको सम्झौता गरेका थिए ं।
३ वर्षे म्याद पुरा भएपछि नियमानुसार व्यापारी सित सहमति गरी भाडा बढाउनु पर्ने त्यस्तो नगरी वार्षिक १० प्रतिशत बढाउदै गएको र व्यापारीहरुले पनि दिदै आई रहेको बेला व्यापारीहरुलाई सटर खाली गर्न भनि पत्र लेखेको पत्र थमाई ती घरका सटरहरुलाई भाडामा दिनुपर्ने भएकोले भनि पहिलो पटक १५ दिने सुचना गोरखापत्र दैनिकमा प्रकाशित गर्दा कसैको पनि निवेदन पर्न नआएकोले एवम् प्रकार तेस्रो पटक २०७५÷२÷२३ गतेको गोरखापत्रमा सूचना प्रकाशित गरेकाले निर्धारण गरेको भाडाको अधीनमा रही तेस्रो पटक सूचना प्रकाशित गरेको कुरा सर्व वितित नै छ । चौथो पटक सूचना प्रकाशित गर्दा १०÷१२ जनाको टेन्डर परेकोमा ब्लक डी ले सबै ब्लक झै ५७६५० मासिक भाडामा जय भूमिराज हार्डवेयरले पर्न आएका टेन्डरमा सबै भन्दा बढी कबोल गरेको भएपनि उक्त कार्यालयको ०७५÷३÷१७ च.नं. ४१९ को पत्रद्वारा पुनः आतंकित गर्ने काम गरेको छ । उक्त पत्रमा भनिएको छ तपाईले प्रस्ताव गरेको रु ५७६५० मा के कति रकम बढाबढ गर्न सकिन्छ भनि सोधिएको छ जुन सोधाई आतंकित पार्ने काम बाहेक कुनै कानून नियम संगत छैन । बरु सम्झौता गर्ने तर्फ आसय पत्र प्रस्तुत गर्न सकिने थियो ।
ठेक्का सदर गरिदिए वापत कमिसन लिन खोजेको यो प्रत्यक्ष प्रमाण हो कि होईन व्यापारीहरुमा ब्लक ए देखि डी सम्मकालाई यस्तै पत्र पठाएको छ । पठाउन मिल्छ या मिल्दैन त्यो सरोकारको विषय भन्दा पनि टेन्डर स्वीकृत गर्ने नगर्ने के हो त्यसको जवाफ सेवाग्राहीले पाउनु पर्नेमा अलमल्याई झुक्याउने काम भईरहनुको कारण के हो ?
सरकारले रोजगारी दिन नसके पनि विदेशिनबाट रोकिएका युवा युवतीहरु स्वरोजगार गर्न तत्पर भएकोले व्यापारी रोजगारीकर्तालाई रोजगारी गर्नबाट बन्चित गराएकोले यो क्षेत्र यो देश देखि नै युवायुवतीहरुलाई वितिष्णा हुने काम गरेको छ । यसरी उद्योगी व्यापारी, कृषक कसैलाई पनि सरकार अथवा सरकारी निकायका संघ संस्थाले सताउने विरुद्ध दण्डनिय कानून बन्नुपर्छ र स्वदेशी व्यापारी उद्योगीलाई हतोत्साह होईन हौसला दिनुपर्छ, यस कुराको जानकारी राष्ट्रको उच्च निकायसम्म पुग्नु पर्छ भन्ने आवाज जनता तथा व्यापारीहरुको रही आएको बुझिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *