कहिले बन्छन् व्यापारिक भवन








दिशानिर्देश समाचार
महेन्द्रनगर, २३ असार
२०१८ सालदेखि महेन्द्रनगरमा नयाँ बजारको स्थापना भएको त्यतिवेला कञ्चनपुर जिल्लाको जनसंख्या २०२८ सालको जनगणना अनुसार ६८ हजार मात्र रहेकोमा आज के कति छ भन्ने कुरा सर्वत्र थाहा भईसकेको छ खेती योग्य जमिन कम हुदै गएको, जनसंख्या बढ्दै गएको, बसाई सराईमा पनि तिव्रता आएको कारणबाट पनि रोजगारीका अवसरहरु थोरै भएकाले स्वरोजगार अन्तर्गत व्यापार व्यवसायी गरी खाने युवायुवतीको संख्यामा बृद्धि भएको व्यापारिक क्षेत्रलाई नगर विकास समितिले कमाई खाने निजी थलो बनाएको अव्यवस्थित दुर्गन्धित बजारको अवस्था रहेको बेला एक दुई वटा ठूला व्यापारिक भवनहरुको आवश्यकता महसुस हुदै गएको छ कञ्चनपुर जिल्लाका बासिन्दा र अन्य जिल्लाहरुबाट बसाईसरी आउनेहरुको चाहना अनुसार महेन्द्रनगरमा एक या दुई विशाल बजार (व्यापारिक भवन)को आवश्यकता रहेकोले पुरानो बसपार्क क्षेत्र वा कर्मचारी मिलन केन्द्रको एरियामा व्यापारमा सहभागी हुने जनताबाटै अग्रिम पैसा लिएर करिव हजार दुई हजार व्यापारी अटाउने व्यापारिक भवन बनाउनको लागि सार्वजनिक सूचना प्रकाशित भएको छैन, यथाशिघ्र लागत इष्टमेट बनाई व्यापारीहरुबाट दरखास्त आह्वान गर्नुपर्ने देखिन्छ ।







