दैजी बेलडाडी सडक खण्डमा कालोपत्रे नहुँदा दक्षिणी क्षेत्रका जनता समस्यामा, जनता परनिर्भरतामै सिमित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २३ असार
कञ्चनपुरको दैजी बेलडाडी सडक खण्डमा कालोपत्रे हुन नसक्दा जनता समस्यामा परेका छन् । सडकमा हिलाम्ये भएर दैनिकजसो सवारी साधन आवतजातमा समस्या भईरहेको छ । सडकमा खाल्डा खुल्डी भएर पानी भरिएर दुर्घटना हुने जोखिम बढेको छ ।
बेल्डाँडी गाउँपालिका सीमा क्षेत्रका स्थानीयले गरिब, विपन्नता र अभावका कारण अन्नदेखि घाँसका लागि कहिलेसम्म भारत जानुपर्ने बाध्यता हट्ने सरकारसंग प्रशन गरेका छन् । बेल्डाँडी गाउँपालिका र निड्स कञ्चनपुरले सीमा समस्या बारे गरेको संयुक्त छलफलमा सहभागिले परनिर्भताको अवस्था कहिले हट्ने प्रशन गरेका हुन् । बेल्डाँडी गाउँपालिका–५ झिलमिला सीमा क्षेत्रकी स्थानीय दुर्गा रोकायाले सीमा क्षेत्रमा बस्नु मर्नु सरहकै भएको बताएकी छिन् । ‘सीमा क्षेत्रमा थुप्रै समस्या छन्, ‘उनले बेल्डाँडी गाउँपालिकाद्धारा आयोजित सीमा समस्या छलफलमा भनिन्, ‘हेर्नुहोस, हामी गरिब र विपन्न छौँ ।’ समान्यतया नुनदेखि सुनकिन्न समेत भारतकै भरपर्नुपर्ने उनले दुखेसो पोखिन् । आज सिंहदरबारको अधिकार गाउँ गाउँमा आएपछि हामी सीमा क्षेत्रका स्थानीयको पीडा उस्तै रहेको उनले भनाई छ । ‘विपन्नताका कारण रोजगारित परै जावस गाईगोरुको आहारा ‘घाँसका’ लागि पनि भारत जानुपर्ने बाध्यता छ, ‘उनले मार्मिक शब्दमा भनिन्, ‘आँखिर हामीले कहिलेसम्म भरनिर्भर हुनुपर्ने हो ।’
सीमा क्षेत्रका स्थानीय महिला घाँस, दाउराका लागि अझैपनि भारत जान्छन, त्यहाँ हाम्रा महिलामाथी दुव्र्यवहार हुने गरेको बताउदै उनले आत्मनिर्भर बन्न नसकिकै उपज यस्तो समस्या खेप्नु परेको बताईन् । ‘झिलमिला क्षेत्रका किसानसंग जमिन भएपनि ‘जमिन सीमसारमा
परिणत’ भएकाले अन्नदेखि घाँससम्म परिपूर्ति गर्नका लागि भारत जानुपर्छ, ‘उनले भनिन्, ‘यहाँका युवा पेट पाल्नका लागि भारतका गल्लीगल्लीमा मजदुरी गर्दछन्, महिला पशुचौपायाका लागि भारतीयकै खेतमाथी निर्भर छन् ।’
सीमावर्ती भारतीय नागरिकले पनि सीमा क्षेत्रलाई शान्तिपुर्ण बनाउने चाहना रहेको बताएका छन् । भारत पिलिभिज जिल्ला टाटरगन्जका जनप्रतिनिधी गजवन्ध सिहले बषौँदेखि मिलेर बसकेका नेपाली र भारतीयले सीमा क्षेत्रमा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने बताए । ‘सीमा क्षेत्रमा आउने समस्या हामी दुवै देशका जनप्रतिधी एवं नागरिक समाजले मिलेर समाधान गर्नुपर्छ, ‘उनले भने, ‘कहिलेकाही दुवै देशका नागरिकविच समझदारी नभए त्यसले ठुलो रुप लिन्छ ।’ भारतका अधिकारकर्मी एव
रीड्स टनकपुर चम्पावतका सचिव भुवन गड्कोटीले खुला सीमा भएका कारण नेपालका बालबालिका कामका लागि भारत जाने गरेको बताए । ‘नेपालका सरकारी विद्यालयमा विदा हुन्छ, ‘उनले भने, ‘विदाको समयमा साना साना बालबालिका मजदुरीका लागि भारत जान्छन, उनीहरुको सीमा क्षेत्रमै उद्धार नभए कोही हराउँछन, कोही अलपत्र पर्दछन् ।’ यस्ता समस्या समाधान गर्नका लागि दुवै देशका अधिकारीविच समन्वय हुनुपर्नेमा उनले सुझाव दिए । कञ्चनपुरका अधिकारकर्मी एव निड्स नेपालका अध्यक्ष अञ्जु भट्टले खुला सीमा भएकाले सीमा क्षेत्रमा नेपाली आवागमनमा समस्या भएको बताईन् । ‘नेपाली मजदुर जहिले पनि मारमा पर्दछन्, ‘उनले भनिन्, ‘सुरक्षित आगावमनको प्रबन्ध गरिनुपर्छ ।’
बेल्डाँडी गाउँपालिका उपप्रमुख कमला कार्कीले सीमा क्षेत्रका महिलालाई सीपमुलक तालिम र सचेतना दिईने बताए । बेल्डाँडी गाउँपालिका खुला सीमा क्षेत्रका महिलालाई आत्मनिर्भरका लागि सीपमुलक कार्यक्रम संचालन गरिने बताईन् । नागरिक समाज कञ्चनपुरका संयोजक एव निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक
भवराज रेग्मीले रोजगारीका लागि भारत जाने नेपाली मजदुरमा चरम मारमा परेको बताए । ‘गरिबी र अभावका कारण सुदूर तथा मध्यपश्चिमका ७० प्रतिशत नागरिक
रोजगारीका लागि भारत जान्छन, ‘उनले भने, ‘उनले कमाएको रकम सीमा क्षेत्रमै लुटिन्छ ।’ सीमा क्षेत्रमा सचेतनाका कार्यक्रम संचालन उनले जोडदिए ।
नेपाली काँग्रेसका नेता जनक सिह धामीले खुला सीमा नाका भएका कारण नेपाली नागरिक बढि मारमा परेको बताए । ‘हामी सीमा क्षेत्रमा बस्ने नेपाली मातृभूमिका रक्षक हौँ, ‘उनले भने, ‘हामीलाई सरकारले लालपुर्जाधारी जमिन धितो राख्न मान्दैन्, ऋण दिदैन् खेतीपाती हुँदैन, बाध्य भएर युवा विदेश पलायन भएका छन्,
घरमै बस्ने महिला पीडै पीडामा छिन् ।’ सीमा सुरक्षाका लागि झिलमिलामा सशस्त्र प्रहरी बल (बिओपी) स्थापनामा उनले जोडदिए । सीमा सुरक्षा बल नभएका
कारण भारतीयपक्षबाट नेपालीभूमी र नेपालीमाथी अतिक्रमण र आक्रमणको दुष्प्रयास भईरहेको बताए ।
नेकपाका नेता अक्कल सिह विष्टले खुला सीमा भएकाले अपराध बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । सीमा सीमा नाका व्यवस्थित नहुँदा सीमाबासी मारमा परेको उनको भनाई छ । खुला सीमा नाका व्यवस्थित र नेपालतिर सीमा सुरक्षा बल
राखेमात्रै कञ्चनपुरका सीमावर्ती जनतालाई राहत र भूमी सुरक्षित हुन्छ ।’ बेल्डाँडी गाउँपालिकाका प्रमुख धन बहादुर थापाले सीमा क्षेत्रमा रहेका समस्या समाधानका लागि बेल्डाँडी सरकारले छिमेकीसंगको सहकार्यमा समस्या समाधान गर्दै आएको बताए । ‘सीमा सुरक्षाका लागि खासै काम भएको छैन, ‘उनले भने, ‘केही समस्या देखिए दुवै देशका अधिकारीवीच सहकार्यमा समाधान गछौँ ।’ सीमा एकिन नभएका कारण कञ्चनपुरको सीमा सुरक्षाका चुनौती रहेको बताउदै उनले झिलमिलामा सशस्त्र प्रहरी क्याम्प राख्नुपर्नेमा जोडदिए ।
७ नम्बर प्रदेशका प्रदेश सभा सदस्य कुलबिर चौधरीले कञ्चनपुरको सीमा क्षेत्रमा समस्या रहेको बताउदै भारतीय पक्षबाट बढि समस्या उब्जिने गरेको बताए । ‘नेपालको सरकारले आफ्नै भूमिमा भौतिक संरचना विकासका काम गर्दा भारतीय पक्षबाट अवरोध हुने गरेको छ, ‘उनले भने,‘छिमेकीका कारण हाम्रो सीमा क्षेत्रको विकासमा अवरोध पुगेको छ ।’
कञ्चनपुरको सीमा सुरक्षा, सीमा क्षेत्रका लालपुर्जाधारी जनतालाई ऋण दिन र सीमा क्षेत्रको विकासका लागि प्रदेश सदमा कुरा उठाउने समेत उनले प्रतिबद्धता जाहेर गरेका छन् । ‘सीमा क्षेत्रका जनताको समस्या र सीमा सुरक्षाका कार्यक्रमका लागि म प्रदेश सभामा सशक्त भएर विषय उठान गर्छु, ‘उनले भने, ‘सीमाको विषयमा प्रदेश र संघीय सरकार गम्भिर छन् ।’ कञ्चनपुरको सीमा सुरक्षा र बेलौरी भन्सारलाई अन्र्तराष्ट्रिय स्तरको नाका विस्तार गर्नका लागि संघीय सदनका सदस्य एव खानेपानीमन्त्री बिना मगरको नेतृत्वमा डेलिगेशन गरिएको बताउदै उनले कञ्चनपुरको भूमि सुरक्षाका लागि प्रदेश र संघीय निर्वाचित सासदले आ–आफ्नो क्षेत्रबाट अहम भूमिका निर्वाह गरेको बताए । कञ्चनपुरको झिलमिला गाउँ छिमेकी मुलुक भारतको पिलिभित जिल्ला टाटरगञ्जसंगै जोडिएको छ । झिलमिला बस्ती भन्दा पश्चिमतिर भारतसंग जोडिएको भू–भाग खाली जमिन छ । त्यहाँ साढे तीन दशक पहिले बस्ती थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *