हवाई यातायात सेवा बिकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यस योजनाले त्रिभुवन विमान स्थलालाई ए आधुनिक अन्तराष्ट्रिय विमान स्थलमा परिणत गर्ने लक्ष्य राखी यसको धावन मार्गमा १,०३६ मिटर (३,४०० फिट) थप गरी ३,०४८ मिटर पुर्याउने लक्ष राखेको थियो । यसका अतिरिक्त पोखरामा १,५२४ मिटरको, सिमरामा २,२८६ मिटरको र नेपालगंजमा १,५२४ मिटरको धावन मार्ग भएको नयाँ विमान स्थलमा निर्माण गर्ने लक्ष्य राखिएको
थियो । विराटनगर र भैरहवा पक्की विमान स्थलदहरुको धावन मार्गलाई १,५२४ मिटर (अर्थात ५०००फिट) सम्म विस्तार गर्ने तथा संखुवासभाको तुम्लिगटारमा ३,३०० फिटको धावन मार्ग भएको एक कच्ची स्थल निर्मा गर्ने कार्यक्रम पनि रहेको
थियो । पहाडी प्रदेशमा हवाई यातायात सेवाको विस्तार गर्ने हेतुले बैतडी, बझांग, हुम्ला, दैलेख, डोल्पा, तिब्रीकोट, बाजुर, रुकुम र मेची अञ्चलका एक जिल्लामा गरी नयाँ ९ वटा र पहिले
निर्मित जोमसोममा रहेको हवाई
मैदानको सुधार समेत गरी १० वटा साना हवाई मैदान निर्माण गर्ने लक्ष्य राखेको थियो ।
योजना अवधिमा बझाङ, डोल्पा, रुकुम, ताप्लेजुङ, (मेची अंचलमा पर्ने) र जोमसोम साना हवाई मैदानहरुको निर्माण कार्य सम्पन्न गरियो । यसका अतिरिक्त त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको धावनमार्ग विस्तार कार्य र रुपन्देही जिल्लाको भैरहवा विमानस्थलको धावन मार्ग विस्तार कार्य योजनाको निर्धारित लक्ष्य अनुरुप पुरा गरिएको थियो ।
यसरी चौंथो योजनाको अन्तसम्म अर्थात आ.व. २०३१÷३२ मा अधिराज्यभर पक्की हवाई मैदानतर्फ काठमाडौं,
विराटनगर, भैरहवा र जनकपुर गरी ४ विमान स्थलहरु, कच्ची हवाई मैदानतर्फ सिमरा, पोखरा, नेपालगंज, दाङ, सुर्खेत, भरतपुर, राजविरा, पालुंगटार (गोरखा) चन्दगढी (झापा) मेघौली (चितवन), धनगढी, तुम्लीङटार गरी १२ वटा र सानो हवाई मैदानतर्फ जुल्मा, बांगलुङ, जिरी लामिडाँडा (खोटाङ), दीपायल (डोटी), साँफेबगर (अछाम), रुम्जाटार
(ओखलढुंगा), लुक्ला (सोलुखुम्बु) बझांग, डोल्पा, चौरजहारी (रुकुम), ताप्लेजुङ र जोमसोम गरी १२ वटा गरी कूल २८ वटा हवाई मैदानहरु कायम हुन आएका
थिए ।
रुम्जाटार र लुक्कला हवाई मैदानहरु सुरुमा जनश्रमदानद्वारा निर्मित कच्ची साना हवाई मैदानहरु हुन् ।
घ) पाँचौं योजना (२०३१।३२–२०३६÷३७)
पाँचौं योजना (१) देशका विभिन्न भागहरु एक अर्कोसित आवद्ध गरी राष्ट्रिय र प्रादेशिक अखण्डताको आधारलाई सुदृढ गर्ने उद्देश्य अनुरुपका सडक यातायातको सुवधा पुर्याउन लामो समय र बढी खर्च लाग्ने स्थानहरुमा क्रमशः हवाई यातायात सेवा पुर्याउने (२) व्यापक राष्ट्रिय दृष्टिकोणबाट देशका आर्थिक तथा सामाजिक विकासमा प्रादेशिक सन्तुलन कायम गर्न आवश्यक न्यूनतम सघाउ
पुर्याउने र ३) देशको आर्थिक तथा सामाजिक विकासका साथै अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्न चाहने बाह्य जगतसितको यातायात विकास सम्बन्धी विभिन्न कार्यक्रमहरु समावेश गरिएको थियो । (क्रमशः)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *