सरकारी सिण्डिकेट








मानव अधिकारवादी संस्था एमाले अर्थात बामको कब्जामा बाल अधिकार जस्ता अन्य संगठनहरु पनि छन्, बामले गिरिजा प्रसाद मार्फत कांग्रेसलाई तल
ओराली आफू माथि चढने योनजा प्रचण्ड तथा एमालेका नेताहरु सफल भए, राजा सितको रीसले गिरिजा बाबुले उल्टो बाटो समात्न पुगे, जुन बाटो हिड्दा आफ्नै नाम निसान मेटिन्छ । रत्नपार्कमा गिरिजा प्रसादले गरेको
राष्ट्रिय सभाको अधिवेशनसले पुरै कांग्रेसलाई डुवाएर छोड्यो । अव पुरानो स्थितिमा आइहाल्छन कि भनि बामले गिरिजा, शेर बहादुर, पंडित बाजेका गुटहरुलाई सशक्त बनाई नेकालाई एकता हुनबाट बन्चित गराउन पनि बाम सफल भयो बधाई छ बामलाई धिक्कार छ प्रजातन्त्रवादी नेका र अरु राप्रपा जस्ताहरुलाई धिक्कार छ मुखले संवैधानिक राजसंस्थाको दुहाई दिने मन आत्माले बाम सित गठबन्धन गर्नेहरुलाई धिक्कार छ । ख्याल ठट्टामा त्यसरी नै मुखले राष्ट्र भक्ति देखाई कर्मले विदेशी भक्ति देखाउने हो भने हेर प्रजातन्त्रवादीहरु हो तपाईहरुको विनास हुनेछ हामी पनि जनताका नेता हौ जनतालाई धोका दिनु भएन भन्ने अठोट गर । हिन्दु
राष्ट्र र संवैधानिक राज संस्था त बाम सित हो वा विदेशी सित विक्रि गरी सक्यौ, देशका उद्योगधन्दा सबै बेचिखायौं मस्ती गर्यौं अब देश बचाई दिनु होला गिरिजा प्रसादको नीति छोडी विपीको नीति अपनाएमा मात्र तपाईहरुको भलो होला अन्यथा जति घमण्ड गरेपनि यदु वंशको नास फलामे मुसलबाट भए झै तपाईहरुको विनास बामले गर्नेछ । होसियार भई देशको रक्षा गर्न तत्पर रही
हिन्दुराष्ट्र, संवैधानिक राज संस्थाको पुरनवहाली गराउन तर्फ लाग्यौ भने तपाईहरुको उद्धार हुनेछ हैन भने यस पछि चित्र बहादुर केशी यस देशका राज नेता बन्न सक्नेछन केशी एकला विचार पवित्र थियो संघियता नेपालको घाडो बन्नेछ भनेका थिए । आज घाडो बनि सक्यो तर बजाउन रालो लगाउन मात्र बाँकी छ रालो कसले लगाउछन हेर्न बाकी छ ।
आज सरकार निजी क्षेत्रको सिण्डिकेट तोडदै
सरकारी, सत्ता पक्ष सिण्डिकेटको पगरी भिर्दैछ ध्यान दिनुहोला । आज राणाकालमा होस वा राजा महेन्द्र कालमा बनेको ऐन कानून मेटाउने हिम्मत कसैमा
छैन । तर नेपाली कांग्रेसको बेलामा बनेका नियम कानूनहरु बामले मिल्काउन सफलता प्राप्त गर्यो
कारण लोक अथवा जनताको हितको लागी बनेका
राणाकालित नियम राजा महेन्द्रले जिवित राखे भने राजा महेन्द्रले बनाएका नियम कानून नेपाली बाम, नेकाले जिवन्त राखे किनकी राम्रो लोक कल्याणकारी भएकाले कसैले पनि निलम्बन गर्न पाएन, सेकन किन भने ती कानून निश्वार्थी थिए जनभावना अनुरुप थिए । आज एक पार्टीको सरकारले बनाएका नियमन अर्को पार्टीको सरकारले मेटाउदै छ कारण स्वार्थी पार्टीगत हितको खातिर बनेका थिए र टिक्ने सरकारले पनि सर्वहिताय नयाँ काम गर्नु पर्छ विदेशीएका युवा युवती फर्काउने कानूनी, व्यवस्थापकिय तरिका अपनाई नेपालका उद्योगहरु गिरिजा प्रसाद कोरालाको शासनकालमा विक्रि भएका र एमालेको समर्थनमा वेचिएका विलोसिएका उद्योगहरुको पुनस्थापना गरी नयाँ खानी उद्योगको सञ्चालन गर्दै विदेशीएका बेचिएका नागरिकलाई स्वदेश फर्काई
रोजगारी दिने काम गर्नु पर्यो आफै सांसद भंग गर्ने आफै रत्नपार्कमा सांसद बैठक बसाली राजा ज्ञानेन्द्रबाट असंवैधानिक मृत संसद ब्यूताई माग्ने काम गरी जसरी आफ्नो र राजसंस्थाको पतन गरायो त्यस्तो काम बामहरुले गर्नु भएन २० हजार मृत आत्माहरुको शरणमा गई
राष्ट्रको लागि प्रतिवद्धता जाहेर गर्नु पर्यो मृतकहरुको आत्माले साथ देलान तर पनि गंगामाया अधिकारीले भने सराप्ने हुँदा उनको पुजा गर्नु छोड्नु भएन ।







