संयुक्त प्रशिक्षण दिनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सेना प्रहरी एक नासको काम गरी रहने भए पनि नया“ भर्ना हु“दा एक वर्ष सम्म तालिम हुन्छ । त्यसपछि पनि समय समयमा स्वदेश तथा विदेशमा तालिमको व्यवस्था हुन्छ तै पनि पुर्ण हुन सकेका छैनन् ।
नेपालको राजनीतिक व्यवस्था बदलिएको स्थानीय, प्रान्तिय र केन्द्र सरकारको संवैधानिक व्यवस्था रहेको छ । नियम कानूनको अपर्याप्तता त छदैछ तै पनि भएका नियमको पनि पालना हुन सकिरहेको देखिदैन । यस्तो गन्यागोलले राष्ट्र चलाउन र जनतालाई सुशासनका साथ सुविधा दिन सकिदैन । “अझै गोरख्यौल” को सिर्जना हुनेछ, गोरख्यौलको बारेमा सांकेतिक केही भन्नै पर्ने देखियो नेपाल विस्तारको क्रममा दूनघाटी डाकाहरुबाट ग्रसित थियो र देहरादूनका जनता आतंकित थिए, त्यो आतंकलाई गोरखालीहरुले हटायो । डाका आतंककारीहरुका बस्तीका बस्ती जलाई दियो र त्यस क्षेत्रका जनताले गोरखालाई मदत गरेपछि हेर्दै जादा कानूनी राज्य सिर्जना गर्न जानेन र जतिवेला जे मन लाग्यो त्यस्तै गर्न लागेको अवस्थामा त्यस क्षेत्रका जनतापनि सन्तुष्टि रहेन । लड्न सक्ने बहादुरले शासन गरी जनता आकर्षित गर्न नसक्ने देखिएकाले शासन राम्रो बन्न सकेन । गोरखाले दूनघाटी छोडेपछि अर्थात सुगौली सन्धीपछि त्यहा“का जनतालाई शासन मन परेन र भन्न थाले, अव यहा“ गोरख्यौल भएको छ । यस्तो गोरख्यौलमा शासन गर्न सकिदैन वास्तवमा ।
आज स्थानीय निकायलाई आईएनजीओहरुले आफ्नो हिसाबले तालिम दिन लगायो र सभासदहरुलाई पनि गैरसरकारी संस्थाहरुले तालिम दियो भने राष्ट्र राष्ट्रियता जिवन्त रहनमा भ्रम हुन सक्छ र तिनै तह बीचको सम्बन्धमा दरार आई राष्ट्र कमजोर पर्न जाने देखिन्छ, तसर्थ केन्द्रिय प्रान्तिय स्थानीय पदाधिकारीहरुलाई सम्बन्धित प्राप्तहरुमा नै तालिमको व्यवस्था हुनु पर्दछ । राजनीतिककर्मीहरु र कर्मचारी तन्त्र बीच राम्रो समन्वय रहोस् ,तिन वटै सरकार एकसाथ इमान्दारी पुर्वक चलोस् । एकले अर्कोलाई दवाउने काम बन्द गरी अधिराज्य भरी कानूनी राज्यको स्थापना इमान्दारी पुर्वक भई नै रहोस् भन्ने हेतुले विशेषज्ञद्वारा तालिमको व्यवस्था केन्द्र सरकारले गर्दछ भन्ने विश्वास जनतामा रहेको छ । कोही सानो ठूलो भन्दा पनि आफ्नो दायित्वलाई सर्वोपरी ठूलो ठानी सबै तहका सबै पदाधिकारीहरुले ध्यानपुर्वक विचार पुर्याउनै पर्दछ । स्थानीय प्रान्त र केन्द्रको सुमधुर सम्बन्ध कडा अनुशासन प्रशासनका साथ कानूनी
राज्यको बहाली सुचारु रही रहनु पर्दछ भन्ने बुद्धिजीविहरुको धारणा पाइन्छ । देशमा योजनागत कार्य नगरी डा. केशीको अनसनबाट मात्र गर्ने हो भने उहा“को मृत्यु पछि यो देशलाई कानूनी राज्यको निर्माण गर्ने काम कसको ? बाम र नेकाको द्वन्दबाट यस्ता अनैतिक काम भएका छन्, वा के हो त्यसको पुर्याई हुन जरुरी देखिन्छ ।
यदि खास गरेर इमान्दारीपुर्वक मनन् गर्दै जाने हो भने यो नेपालका बाइसे चौविसे राज्यहरुलाई एकिकरण गर्न जति अपठ्यारो र दुःख भएको थियो आज त्यसरी नै एकिकरण भएका राज्यहरुलाई फिर्ता गर्ने काममा अर्थात संघीयताको नाममा व्यवस्था परिवर्तन गर्न वर्तमानका नेता पुष्पकमल दाहाल प्रचण्डले कम दुःख व्यहोरेको थियो भन्न सकिदैन, एक पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकिकरण भयो भने अवश्य नै पुष्पकमल दाहाल नेतृत्वमा आज देशले संघीयता प्राप्त गरेको छ यो प्राप्त गर्दा नेपालको पुराना राष्ट्रिय सैनिकहरु सित लड्न केन्द्र स्तरबाट सुरु नगरी गाउ गाउ“ घरदैलो अभियान सुरु गरी गाउ“, राष्ट्र र विदेशबाट समेत आन्तरिक लडाई गर्न हातहतियारको तर्जुमा गरी योजनाबद्ध
तरिकाले आर्थिक सहायताको हकमा शिक्षक, कर्मचारी, उद्योगी व्यापारीको सहयोगले नपुग भई अन्तमा नेपालका पब्लिक बैंकहरु लुट्न बाध्यता भई आर्थिक स्रोत जुटाई अन्तमा आफ्ना सैनिकहरुको संख्यामा बृद्धि देखाई त्यसबाट प्राप्त भएको तलब बाफतको रकम मध्ये बचाएर नेपाली नेपाली बीचको शान्ति सम्झौता कायम गर्न प्रचण्ड सफल भएका हुन् । तर अन्तमा जसरी नेपाल र भारतको युद्ध जुन भूमिको लागि भएको थियो त्यो भूमि न अंग्रेज सित छ न नेपाल सित, आज हेर्दा हेर्दै त्यो भूमिमा तेस्रो पक्षले रजाई गरिरहेको छ र हामी त्यसै पक्ष सित सहयोगको अपेक्षा गरिराखेका छौं । मानौ हाम्रो देश जहा हामी बसिराखेका छौ त्यो हो अथवा जसले हाम्रा छोराछोरी युवा युवतीहरुलाई रोजगारी दिईराखेको छ त्यो हो ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *