लोकतन्त्र हो कि ? मनपरीतन्त्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा लोकतान्त्रिक व्यवस्थाबाट चुनाव सम्पन्न भएको स्थानीय तहमा वर्षदिन नाघेपछि केन्द्रिय र प्रान्तिय संसद एवं मन्त्री परिषद्को गठन भएको छ झण्डै ४ महिना वित्न लाग्यो । विसौं हजारको बलिदान अत्यधिक नेपालीको त्याग तपस्याको फलस्वरुप लोकतान्त्रिक संविधान, सरकारका सम्पूर्ण तहको व्यवस्था भयो । यसरी स्थापित लोकतन्त्रलाई जुनसुकै मुल्य चुकाएर पनि बचाई राख्नु प्रत्येक लोकतन्त्रवादीको प्रमुख कर्तव्य हो भने अझ बढी दायित्व र जिम्मेवजारी निर्वाचित पदाधिकारीको काँधमा छ । तर संसद सञ्चलान सुरु भएकै दिनदेखि भाँडभैलो सुरु हुन थाल्यो । कसैले ईश्वरका नाममा सपथ लिए भने कसैले लिन्नौ भनेर आफ्नो ढिपी पेश गरे जुन कुराको जनताले कल्पना सम्म गरेका थिएनन् । सांसद र जनताको विचमा विश्वासको संकट आउन दिनु हुदैन । जनताले आफ्नो भाग्य निर्माण गर्न दिएको विषयलाई जिम्मेवारी पुर्वक नसमालेमा इमान्दारीपुर्वक जनताले लिएको पद त्याग्न सक्नु पर्दछ यहि नै लोकतन्त्रको विशेषता हो जसलाई प्रत्येकले जाने बुझेका छन् ।
त्यस्तै संसद भित्र भाषाका बारेमा द्विविधा पर्नु राम्रो कुरा होइन कसैले हिन्दीमा कसैले मैथली कसैले लिम्बु भाषामा मन्तव्य व्यक्त गर्दा सबै जनप्रतिनिधिले बुझ्दैनन् र केवल मुक अभिव्यक्तिको रुपमा रहेछ, बोल्नेहरुले आफ्ना अहंकार पुरा गर्छन भने सुन्नेहरुका लागी पत्यारको विषय बन्दछ र जनप्रतिनिधिको बहुमुल्य समय नष्ट भई फाईदा कसैलाई हुदैन । हाम्रा तराई खण्डहरुमा अवधि भोजपुरी र मैथली भाषाको बाहुल्यता भएपनि हिन्दी स्थानीय भाषा अन्तर्गत पर्दैन् ।
लोकतन्त्रको अर्थ मनपरेको कुरा गर्नुहोईन यो त छाडातन्त्र हो । छाडातन्त्र हावी हुँदा लोकतन्त्र समाप्त हुन्छ त्यसैले लोकतन्त्रका रक्षाका
मनपरीतन्त्र अन्त हुनै पर्छ ।
संसद भित्रको भेषभुषालाई हेर्दा कछाडदेखिका धोती कुर्तासम्म लगाएर उपस्थिति जनप्रतिनिधिका साथै युरोपेली सुट टाईमा कसिएका जनप्रतिनिधि कम देखिएनन् । गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझै संसदको गतिविधि प्रस्तुत भएको छ यो कस्तो लोकतन्त्र हो ?
सानो खेल खेल्दा पनि निश्चित भेशभुषाको खेल मैदानमा नियम हुन्छ खेल समाप्ति नहुँदासम्म अनुशासन र नियमको परिधि नाघ्न पाईदैन भने के लोकतन्त्र मनपरी तन्त्र हो त ? कदापि होईन लोकतन्त्र त इमानन्दार, सभ्य, सुसंस्कृत समाज सेवीहरुको समूह हो जसले देश र देशबासीको भलाई, लोककल्याणकारीताको जिम्मा लिएको हुन्छ र जताको विश्वास जितेको हुन्छ ।
संसारका कुनै पनि मुलुकमा त्यहाको विकास, सामाजिक सभ्यता पोशाकले निर्धारण गरेको पाइन्छ जस्तो युरोपेली पोशाकले त्यहाँको सभ्यताको प्रदर्शन गर्दछ । चीनले युनिफर्मका बारेमा लिएको नीति बाध्यात्मक छ । होटेल रेस्टुराहरुमा पस्दा पनि निश्चित पोशाक पहिरनलाई प्रवेश दिएको कमै मुलुक छन् । थारुबाट निर्वाचित प्रतिनिधिले लगौठी लगाएर खाली खुट्टा नांगो शरिर प्रवेश हुनुपर्छ भन्ने होइन बरु मतदाता जनतालाई जुत्ता, टोपी, कपडाले सजी सजावट गर्न सकिन्छ भने चिन्ता हुनु जरुरी छ । राष्ट्रभाषाको रुपमा नेपाली भाषा सबैले बोल्न बुझ्न सक्छन् हाम्रा सांसदहरुले यो भाषा बुझ्न बोल्न सक्छन् भने भाषाको प्रश्न उठ्नु सान्दर्भिक होइन । त्यस्तै पोशाकका सन्दर्भमा कोट, टोपी, दौरा, सुरुवाल सबैले लगाउदै आएको पासाक हो किन यसको हेला भइरहेको छ र पार्टी र देशका शिर्षर्थ नेताहरु यसको उपेक्षा गरी रहेका छन् त्यसैले यो लोकतन्त्र हो की मनपरी तन्त्र सवाल उठी रहनु स्वभाविक नै हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *