नगर विकास र नगरपालिकाले सडक मिच्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १६ असार
महेन्द्रनगर नगरको विकास आधुनिक योजनाबद्ध तरिकाले गर्ने हो । पैसा सेवाग्राहीका भएपनि उनकै लगानीमा बरु महेन्द्रनगर बजारको मेन सेन्टरमा व्यापारिक भवनको आवश्यक देखिन्छ तर महेन्द्रनगर विकास समितिको ध्यान त्यस्तो तर्फ नगई बाटो सडक मिचेर मुनाफा खाने काम मात्र गरेको छ ।
कही आफै मिचेको छ भने कतै आफन्त र पुजी प्राप्त गरी मिचाउन लगाएको छ । उदाहरणको लागी मदनचोकको पुर्व तर्फ खानेपानीको कार्यालयदेखि पश्चिमको सम्पूर्ण क्षेत्र मासी व्यापारीक भवन सटर निर्माण गरी भाडामा दिएको छ यदि यस क्षेत्रमा ठूला गाडी आउथे भने मोडने ठाउँ छैन । यहाँका सटरबालाहरुको लागी तथा विक्रि थप १÷२ हजार व्यापारी अटाउने कम्पलेक्स (व्यापारिक भवन पुरानो बसपार्कमा वा कर्मचारी मिलन केन्द्र ओपेरा होटल पश्चिम तर्फ बनाउनु पर्ने देख्दछौं ।
भीमदत्त नगरपालिकाले आफ्नै कार्यालयको उत्तर पश्चिम मोहडा अस्पताल रोड तर्फको सडकको एरिया मासेको छ । भासी देखि महाकाली अञ्चल अस्पताल हुँदै रेडक्रससम्म पुग्दा नगरपालिकाको पर्खाल र रेडक्रसको पर्खाल साविककै आफ्नै क्षेत्रमा जोडिएको छ । त्यसपछि नगरपालिकाले
रेडक्रसको उत्तर तर्फ अस्पतालरोड सम्मको भूभाग सडकको एरियामा आजभोली पनि अतिक्रमण जारी छ र सर्वप्रथम साझाँ सम्पत्ति, साँझा सडक छुट्याएर मात्र सरकारी कार्यालय व्यक्तिहरुले हकभोग गर्नुपर्दछ । यदि कुनै व्यक्तिको घर जग्गा सडकमा पर्छ भने आवश्यक परेको बेला टुट्ने गरी संकेत जनाई दिनुपर्छ ता कि भविष्यमा कसैपनि घर धनिलाई नोक्सान नपरोस भन्ने दायित्व नगरपालिका, नगरविकास तथा नेपाल सरकारका शहरी विकास कार्यालयको हो । नगरको चित्रण हुनेगरी नक्सा बनाई बजारको मुख्य स्थानमा सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउनुपर्छ । यदि नगरपालिकाबाट नै सडकहरु मासिन्छन् भने अरुले मासेको भनेर दोष दिने हिम्मत नगरपालिका सित नगरपालिका सित रहदैन । भोलीको दिनमा रेडक्रस, महाकाली अञ्चल अस्पताल, पशु स्वास्थय सेवा लगायतका संस्थाहरुले पनि नगरपालिकाकै सिधामा आफ्नो पर्खाल लगाउछौ भनेपछि के हुने ?
यस्तै महेन्द्रनगरदेखि एयरपोर्ट सम्म मात्रको सडक थियो अव नयाँ बन्ने पुलसम्म पनि जोडिने हुँदा पटक पटक सडक चौडा गर्दा जनता आतंकित हुने हुँदा समयमा नै सडक विस्तार योजना गर्नुपर्छ अन्यथा भोलीका दिनमा सरकार र जनतालाई कठिन अवस्था पर्न सक्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *