सेनाले केही हदसम्म आत्म निर्भर बन्नुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जुन देशको सेना आत्मनिर्भर छैन उसले देश र आफ्नो सुरक्षा गर्न सक्दैन । नेपाली सेनाले अंग्रेज तिब्बत सित लड्न घरेलु हतियार प्रयोग गरेका थिए । त्यसपछि हातहतियार गोला बारुद सेनाले आफै बनाउन सुरु गर्यो जव देशमा हातहतियार निर्माण गर्नु भन्दा गरिवी निवारणका कार्यक्रम बेस लागे । विश्वजगत अत्याधुनिक हतियार बनाउन लाग्यो भने नेपाल शान्ति क्षेत्रको प्रस्तावक बन्यो । विश्वलाई त शान्ती के किन चाहिन्थ्यो नेपालीलाई पनि अन्त तर्फ शान्ति नचाहिएको देखियो र १० वर्ष द्वन्दको अलमलमा नेपाल फस्यो । सैनिकहरुले स्वतन्त्रता आत्म निर्भर हुन सकेन जुन देशले विद्रोहीलाई हतियार र तालिम दियो तेही देशले नेपाललाई पनि हतियार र सैनिक तालिम दियो अनि द्वन्दमा बलपुग्यो । नेपाल र भारतले तेस्रो देशबाट हतियार ल्याउदा भारतले नेपाललाई र नेपालले भारतलाई जानकारी दिने प्राबधान राखेको भए पनि भारतले नसोध्ने तर नेपालले भने साध्नै पर्ने । थोरै जनसंख्या भएको देश नेपालका युवा युवतीहरुलाई विदेश जाने वातारण सरकारले २०४८ देखि नै बनायो जो आजसम्म चलेकै छ । जव नेपालमा कपडा कारखाना थिएन त्यसवेला नेपालीहरु आर्फै कपाष रोपण गरी धागो बनाई कपडा बुनी लगाउथे । आज वैज्ञानिक तरिको उन्नत उत्पादन गर्नु पर्नेमा विमुख भएका छन् । देशका ठूला ठूला फाँटहरु बाझै छन । ती सबैमा कपास खेती गरिदिएमा विदेश जान बाध्य हुने युवाहरु स्वदेशमा नै रोजगार पाउने थिए । त्यही स्वदेशी कपास र धागोको कपडा बनाउन एक सरकारी कारखानाको आवश्यकता पर्दछ जुन कारखाना नेपाली सेनाले चलाउन उपयुक्त हुन्छ । किन भने सैनिक अनुसासित संगठन संस्था पनि हो । से्ना, प्रहरी, कर्मचारीले प्रयोग गर्ने लत्ताकपडा तथा अन्य सामरिक सामान समेत आफै उत्पादन गरी सेनाले आत्मनिर्भर रहनु पर्दछ ।
नेपाल भारतको १९५० को सन्धीमा समानता हुने हो वा असमानता
भारतले नेपाल संकटमा रहेको बेला आन्तरिक द्वन्दमा गएकै बेलाको नराम्रो मौका छोपी १९५० को नेपाल भारतको सन्धी भएको अवश्य हो । अवको सरकारले खारेज भएको सुगौली सन्धी जिवित हुने कुनै पनि काम गर्नु हुदैन । नेपालले पनि भारत, म्यान्मा, पाकिस्थानले अंग्रेजहरुले जितेको ठाउँ छोडी जादा पाए झै नेपालले पनि पाउनु
पर्दछ । प्रबुद्ध समितिले यसबारे विशेष ध्यान दिनुपर्दछ । पुरानो सुविधामा थप सुविधायुक्त सन्धी एक गर्न सके पनि पुराना पाई रहेका सुविधा हटाउने काम नगर्नु बेस रहला ।
दुनघाटी (देहरादून) लाई आतकंहरुबाट मुक्ति
दुनघाटीलाई डाकुहरुको आतंकबाट पनि गोर्खाहरुले नै मुक्ति दिए । यसको श्रेय पनि गोर्खाहरुलाई नै दिए । गोर्खा सेनापति अमरसिंह थापाले डाकुहरु बसेको गाउँहरु जलाई दिनु भनि आफ्ना
अफिसरहरुलाई हुकुम दिए । बेला बेला सिख डाकूहरु गाउँमा आएर आतंकपारी मानिसहरुलाई कुटपिट गरी धन सम्पत्ति पशुहरु र आईमाईहरु चोरेर लैजान्थे । यस प्रकारका आतंकपुर्ण समाचार सुन्नासाथ गोर्खा सेना नायकले घोड चडी सेना पठाएर ति लुटाराहरुको अड्डामा आगो लगाउन हुकुम दिन्थे । तिनीहरुलाई भेलापारी आगो लगाई दिन्थे । यसरी गोर्खा शासकहरुले दुनघाटीलाई डाकुहरुबाट मुक्त पारे ।
सतलज देखि काली नदीसम्म गोर्खालीहरुको शासन व्यवस्था
गोर्खालीहरुको शासन बडो कठोर थियो । आदेशको अपहेलना गर्नेहरुलाई कठोर दण्ड दिइन्थ्यो तिनीहरु अनुशासन प्रति बडो जागरुक थिए । तिनीहरुले जितेको
राज्यमा त्यहाका निवासीहरुले पनि त्यस्र्तै अनुसारको पालना गरोस भनि तिनीहरु आशा गर्दथे ।
गोर्खाली राज्यमा सदावर्त
तीर्थ यात्रीहरुलाई निशुल्क भोजन दिने प्रबन्धलाई गोर्खाली राज्यमा सदावर्त भनिन्थ्यो । सन १७९७ मा कुमाउ राज्य अन्तर्गत कटौली परगनाका गाउँहरु वद्रिनाथ मन्दिरलाई अर्पित गरे । गोर्खाली शासनमा बद्रीनाथ केदारनाथ सहित अन्य महत्वपुर्ण मन्दिरहरुलाई गाउँहरु दान गरेका थिए । साथै जोशीमठ जस्ता मन्दिरका प्रबन्ध आफ्ना हातमा लिएका थिए । मन्दिरहरुलाई ग्रामदम गर्नुको अर्थ थियो पुजारीहरुले गाउकै आम्दानीबाट मन्दिरमा पुजा पर्व, आदिको स्वयं प्रबन्ध गर्दथे । एक हिसाव मन्दिरका पुजारीहरु नै भूमिका मालिक हुन्थे अनि तिनीहरुको अधिनमा रैयतहरु गाउँमा बस्दथे । नियमित रुपले भूमिकर अन्न आदीको रुपमा मन्दिरमा बुझाउथे । यसरी गोरखाली राज्यमा सदावर्त कायम थियो । दुनघाटी नालापानी ।।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *