हुलाकी राजमार्ग कालापत्रे नहुँदा वर्षाका समयमा क्षतिग्रस्त जनता समस्यामा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १६ असार
कञ्चनपुरको हुलाकी राजमार्गका कालोपत्रे नहुँदा वर्षातको समयमा हिलाम्ये हुँदा जनता मारमा परेका छ । सडकको अवस्था दयनिय बन्दै गएको छ । सडक कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्तीले सडक सुधार नहुँदा राजमार्ग दयनिय बन्दै गएको हो । आर्थिक बर्ष २०७३÷०७४को माघ महिनामा कञ्चनपुरको डोकेबजार–पुर्नवास–बेलौरी–बेल्डाँडी हुँदै दैजीसम्मको ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब १७ करोड लागतमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।
सम्झौता भएको १८ महिना वितिसक्दा पनि निर्माण कम्पनीले काममा वेवास्ता गरेका कारण सडकको अवस्था सुधार भएको छैन् । हुलाकी राजमार्ग आयोजना संग बाबाहंस र शर्माजेभी निर्माण कम्पनीले सडक कालोपत्रेका लागि ३० महिनाको अवधिमा ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता गरेका थिए । गर्मीमा धुलाम्मे, हिउँदमा ठुला ठुला खाल्टाखुल्टी र अहिले बर्षातमा हुलाकी सडक रोपाईका खेतजस्तै भएका छन् । पुर्वमेची हुँदै पश्चिम महाकाली जोड्ने हुलाकी राजमार्ग
अन्र्तरगत कञ्चनपुरको बेल्डाँडी दैजी सडकखण्ड सबैभन्दा बढि दयनिय बनेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
भएर बेल्डाँडीदेखि दैजी महेन्द्र
राजमार्गसम्म सडकको अवस्था नाजुक बन्दै गएपछि उक्त सडकमा यात्रा सकसपुर्ण बनेको छ । हुलाकी सडकको ठाँउ ठाँउमा खाल्डाखुल्टी परेका
छन् ।
यो सडक हेर्दा रोपाई गर्ने खेतजस्तै बनेको देखिन्छ । पानी
परेका दिन सडक होईन्, रोपाईका लागि तयार पारेका खेतजस्तै हुने भएकाले यात्रुले ज्यानको बाजी थापेर ‘जोखिमपूर्ण कष्टकर यात्रा’ गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बषौँदेखि सडक सुधार नभएका कारण दक्षिणी क्षेत्रका जनता यातायात सेवाबाट बञ्चित भएका छन् । कच्ची सडक भएका कारण बेला बेलामा सवारी साधन दुर्घटना भईरहेका छन् ।
तर, पनि सम्बन्धीत निकायको वेवास्ता कारण सडक सुधार हुन सकेको छैन् । सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीको लार्पबाही र ढिलासुस्तीका कारण अझै सडक स्तरोन्नती हुन नसकेको स्थानीयले बताएका छन् ।
बेल्डाँडीका स्थानीय युवा दिपेन्द्र सिह धामीले सडक सुधार नभएका कारण खुकुरीको धारमा यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए । ‘ग्रामीण भेगका बेरोजगार युवाले जमिन बन्धकीमा
राखेर अटो व्यवसाय गरेका छन्, ‘उनले भने, ‘बर्षातका कारण कच्ची सडकमा अटो चलाउँदा आम्दानी भन्दा खर्च बढि भईरहेको छ ।’
दुई नदीमा पुल नभएका कारण अझ समस्या भएको उनको भनाई छ । ‘३० मिनेर समय लाग्ने सडकमा २ घण्टा लाग्छ, ‘दुवै नदीको सतह बढेका बेला दिनभर बस्नुपर्ने बाध्यता हुन्छ ।’
सम्बन्धीत निकाय र ठेकेदारको लार्पबाहीका कारण समयमै सडक बन्नेमा उनले आशंका व्यक्त गरे । बेलौरीका स्थानीय जनक चौधरीले हुलाकी राजमार्गको काम बेलौरीमा पनि ढिलासुस्ती भईरहेको बताए । हुलाकी सडकको काम ढिलाई हुँदा दैनिक आवत जावतमा पनि समस्या भएको उनको दुखेसो छ ।
पुर्नवासका स्थानीय अगुवा दिपक बिसीले ठेकेदार कम्पनीका कारण सडक
विस्तारमा ढिलाई भएको बताए । ‘गर्मी र हिउँदमा धुलैधुलाले सेताम्मे हुन्छौँ, ‘उनले भने, ‘बर्षातमा हिलैहिलाले माटाम्मे हुन्छौँ ।’ सडक स्तरोन्नती नभएका कारण यात्रा गर्न बेहाल हुने गरेको बताउदै उनले काम नगर्ने ठेकेदारलाई कार्बाही गर्नुपर्नेमा जोडदिए । हुलाकी राजमार्ग आयोजनाका सव–ईन्जिनियर बीर बहादुर कोलीले बर्षातमा काम गर्न नसकिने भएकाले काम रोक्नुपर्ने बताए ।
‘पुर्नवास–बेलौरी र बेल्डाँडीमा काम भईरहेको छ, ‘उनले भने, ‘बेल्डाँडी दैजी सडकमा निकुञ्जका कारण ढिलाई भएको हो ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हुलाकी राजमार्गको काम
रोकेको थियो । निकुञ्जले ठेकेदारलाई काम नगर्ने मन भएपछि निकुञ्जलाई आरोप लगाउने
गरेका छन् । बेल्डाँडीदेखि दैजीसम्मको झण्डै २० किलोमिटर सडकमा दुई ठाँउमा पुल
छैन् । बल्मा र हात्तीखड्डा नदीमा पुल नभएका कारण अझ बर्षातमा आवत जावत गर्न झन समस्या भएको छ । बल्मा नदीमा निर्माणाधिन पुल निर्माणमा चरम लार्पबाही र ढिलासुस्तीका कारण यात्रु उच्च जोखिम मोल्नु परेको छ । आकासबाट पानी
परेका दिन आवत जावत नै ठप्प हुने
गरेको छ ।
दुई बर्ष अघि पुल निर्माणको जिम्मा पाएको एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले गत २०७४ पुष २६ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, सम्झौता सकियो, अहिलेसम्म पनि पुल नबन्दा फेरी पनि दक्षिणी क्षेत्रका जनतालाई दैनिक आवत जावतमा समस्या भएको हो ।
९७ मिटर लम्बाई ११ मिटर चौडाईको पुल निर्माणका लागि ८
करोड, ४७ लाख बराबर लगायतको स्टेमेट गरिएपनि निर्माण कम्पनीले ६ करोड, ८० लाख रुपैयामा सम्झौता गरेको थियो ।निर्माण कम्पनीले सम्झौता अनुसार काम गर्न नसक्दा म्याद थप गरिएको छ । सडक डिभिजन कार्यालयले निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेको जनाएको छ । पुल बन्न थालेपछि हर्षित भएका दक्षिणी क्षेत्रका स्थानीय निर्माण कार्य ढिलाई हुँदा निरास भएका
छन् । राणाकालिन, राजतन्त्र, पञ्चायत, बहुदल, हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र आईपुग्दा सम्म पनि दक्षिणका स्थानीयले अझैपनि निर्वाध रुपमा सडक नपाउनु आफैमा विडम्वना हो । हरेक निर्वाचनका बेला सडक बनाउने आवश्वासन पाएका दक्षिणी जनता भोक बैंकमा रुपमा प्रयोग मात्रै भएको दुखेसो पोख्दै आएका
छन् । स्थानीयले समयमै हुलाकी सडकको काम गर्न समेत आग्रह गरेका छन् । सो सडक स्तरोन्नती नहुँदा समग्र कञ्चनपुरको विकासमा बाधा उत्पन्न भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *