हवाई यातायात सेवा बिकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

क) दोस्रो योजना (२०१९।२०–२०२१।२२
हवाई यातायातको विकासको सन्दर्भमा दोस्रो योजनाले पहाडी भेकमा पनि हवाई सेवाको सुबिधा उपलब्ध गराउने नीती अनुरुप जिल्लाका सदरमुकामलाई काम लाग्ने गरी हवाई मैदानहरुको निर्माण गर्ने दृष्टिकोण लिएको थियो । तदनुसार योजना अबधिमा पहाडी जिल्लाहरुमा २० वटा साना हवाई मैदानहरु र ३ वटा कच्ची नया विमान स्थलहरु गरी जम्मा २३ वटा विमान स्थलहरु निर्माण गर्ने र गौचरमा ६६०० फिट लामो र १५० फिट चौडा पक्की धावनमार्ग निर्माण गर्ने लक्ष्य राखिएको थियो । साथै सुधार कार्यक्रमअन्तर्गत मौजुद पोखरा, भैरहवा, जनकपुर, नेपालगंज, सिमरा, राजविराज र विराटनगर विमानस्थलहरुमा टर्मिनल भवन, कन्ट्रोल टावर, फायर टेण्डर आदिको व्यवस्था गर्ने कार्यअन्तर्गत संचालन गर्ने पनि प्रस्तावित गरिएको थियो । कच्ची स्तरमा निर्माण गर्ने भनिएको ३ वटा नया विमान स्थलहरुमा झापा, सुर्खेत र जुम्ला रहेका थिए । यस योजना अबधिमा ५००० फिट लामो र १५० फिट चौडा धावन मार्ग भएको एउटा कच्ची विमान स्थल झापा निर्माण गरियो । त्यस्तै सुर्खेतमा ३१०० फिट लम्बाई धावन मार्ग भएको कच्ची विमानस्थल प्रायः पुरा गरियो । सानो हवाई मैदान तर्फ जुम्ला, जिरी, बागलुङ् गरी ३ वटाको निर्माण सम्पन्न गरिएको थियो । यसरी यस योजना कालमा ५ वटा थपप हवाई मैदानहरुको निर्माण भएको देखिन्छ । यसका अतिरिक्त काठमान्डौ, पोखरा, सिमरा, पालुंगठार, विराटनगर, भैरहवा र जनकपुर गरी जम्मा ७ वटा विमान स्थलहरुमा विभिन्न भवन जस्तै फायर स्टेशन, ट्रान्समिटर भवन, टर्मिनल भवन, फेन्सींग आदि निर्माण कार्यहरु पनि सम्पन्न गरिएको थियो । गौचर विमान स्थलहरुलाई अन्तराष्ट्रिय विमानस्थल बनाउने सिलसिलामा ६६०० फिट लामो, १५० फिट चौडा धावन मार्गको निर्माण कार्य प्रारम्भ गरियो । सात वटा विमानस्थलहरुमा हवाई संचार सवाको पनि व्यवस्था गरिएको थियो ।
ख) तेस्रो योजना (२०२२।२३–२०२६।२७)
तेस्रो योजनाले नेपालमा हवाई यातायातको आधुनिक तरिकाले विकास गर्न देशभरमा हवाई मैदानहरुलाई विश्व बैकको यातायात सर्भे बलको प्रतिबेदनको
आधारमा तीन श्रेणीमा विभाजन गरेको थियो । ती हुन् (क) स्थायी हवाई मैदानहरु –ख) अस्थायी हवाई मैदानहरु र (ग)
अन्तरिम कालको लागि निर्माण गरिने हवाई मैदानहरु ।
यस वर्गीकरणअनुसार स्थायी हवाई मैदान तर्फ १) काठमान्डौ (२) विराटनगर (३) भैरहवा (४) जनकपुर (५) नेपालगंज
(६) पोखरा (७) तुम्लिगटार (८) सिलगडी
(डोटी) गरी ८ वटा थिए । (१) गोरखा (२) भरतपुर (३) भद्रपुर र (४) राजविराज अस्थायी हवाई मैदानहरु अन्तर्गत राखियो । अन्तरिम कालको हवाई मैदानहरु अन्तर्गत (१) दाङ (२) धनगडी र महेन्द्रनगर र (३) सिमरालाई समावेश गरिएको थियो । यस पैकार देशभरमा स्थायी हवाई मैदानहरु ८, अस्थायी हवाई मैदानहरु ४ र
अन्तरिम कालको लागि चाहिने हवाई मैदानहरु ३ गरी जम्मा १५ हवाई मेदानहरुको आबश्यकता रहने तथा पहाडी जिल्लाहरुमा साना हवाई मैदान बिस्तार गरी सेवा उपलब्ध गरिएको थियो । यस योजना कालमा काठमान्डौको गौचर हवाई मैदानमा ६६०० फिटको धावनमार्ग निर्माण गरियो । यसका साथै विराटनगर, भैरहवा र जनकपुर विमान स्थलका धावन मार्गहरुलाई कालोपत्र गरी पक्की स्तरमा स्तरोउन्नती गरियो । खोटाङ र दिपायलमा गरी २ वटा सानो हवाई मैदानको निर्माण सम्पन्न
गरियो । यसका अतिरित्त तुल्सीपुर, चन्द्रगढी,
(ग) चौथो योजना (२०२७।२८–२०३१।३२)
बिगत योजनाल जस्तै चौथो योजनाले पनि आर्थिक, सामाजिक, प्रशासनिक तथा राष्ट्रिय विकासको दृष्टिकोणबाट आबश्यक देखिएका जिल्लाहरुमा हवाई सेवा उपलब्ध गरी देशको चौतर्फी विकासमा
तगारोको रुपमा खडा रहेको यातायातको कठिनाईलाई कम गदै लाने ब्यापक दृष्टिकोण राखी नया हवाई मैदानहरुको निर्माण तथा भैरहेका महत्वपुर्ण देखिन आएका विमान स्थलहरुको विस्तार सम्बन्धी कार्यक्रमहरु समाबेश गरिएको थियो । यसका अतिरिक्त भैरहेका विमान स्थलहरु म संचार तथा सहायको साथै अन्य थ पभौतिक सुबिधाहरु उपलब्ध गर्ने कार्यहरु पनि संचालन गर्ने गरी ब्यबस्था गरिएको थियो । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *