श्री साकेत धाम शिध्दाश्रम विष्णु मन्दिर महात्म्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलबहादुर कुँवर
बैदिक पौराणिक कालमा जम्बुद्धीप आर्यावर्तैक अन्तर्गते, हिमवत् क्षेत्र कैलाश योजने, गोर्खा भुमस्थले मानस खण्डे, बैजनाथ सिद्धनाथ तपोभुमस्थले, गौमती तुम्विरका नदि समगम् प्रयाग स्थले महाकाली नदि महाभारत पर्वत चुरे भाबर समीपे बामनु परशुराम औतारे वराह क्षेत्रका नामले भौगोलिक नामाकरण भएको थियो ।
बर्तमानमा नेपाल देश मानस खण्ड ७ न. प्रदेश महाकाली अञ्चलको कञ्चनपुर जिल्ला महेन्द्रनगर नगरपालिका वडाञ नं. ३ तिलकपुर गाउको नजिक चुरेभाबरको फेद अति रमणीय मनमोहन वन उपवनले घेरिएको धर्मरक्षाका लागि अनेक लीलाको रुप धारण गरी औतार हुने बिष्णु भगवान्का रुपमध्ये वामन औतार र परशुराम औतारको प्रभाब परेको मुक्ति प्राप्तका लागि तुम्बरी समेतका अनेकानेक ऋषिमुनिहरुले तपस्या गर्ने गरेको कर्णजस्ता बीर दानी पुरुषले बेद गुरु परशुरामबाट अस्त्र शस्त्र विद्या सिद्धि गरेको, स्वर्गबाट प्रकाशमान भएकी लोक कल्याणकारी गंगा जमुना स्वरुपा तुमरी (तुम्विका) र गोमती नदीको समगम् (प्रयाग) भएको सानो पर्वतको थुम्कोमा निर्मित राष्ट्रिय सम्पदाको धन, हिन्दुधर्मको धरोहर बद्रीद्धारिका, रामेशवर, जगन्नाथ यि चार धाम पछिको पाचौ धाम बाराकुण्ड तुम्बीका गोमती नदी साकेत धाम सिद्धाश्रमे । सुरम्भे क्षेत्रे विष्णु मन्दिरे सिद्धगणै उप सेवते । नाना पंक्षिगण पुजते यज्ञ वास्तोत भव । वृक्षे सु–सम्पन्ने कोटीहोम कलशस्थले । श्री साकेतधाम सिद्धाश्रम विष्णु मन्दिर छ । मन्दिरको उत्तर र दक्षिणमा मनलाई शितल शान्त दिने जलकुण्ड रहेका छन् ।
यस धामको जलासयको विचमा सातमुख कैलास शेषनागको शैय्यामा भगवान् विष्णु देव्रे पाउ खुम्च्याएर दाहिने पाउ पसारेर विराजमान भएका भगवानको चरणमा सेवाका लागि लक्ष्मी जी समीपमा बसेकी, भगवानकै नजिकमा गरुडजी र महर्षि नारदजी उभिनु भएको, भगवानका नाभिबाट उत्पत्ति भएको कमलको फुलमा सृष्टिकर्ता ब्रहमाजी ध्यान मग्न मुद्रामा विराजमान भएको अन्त कही दर्शन गर्न नपाईने १ वर्गफुटको कालो शिलामा कुदिएको अलौकिक प्राचिन कालको मूर्ति स्थापित छ । यो मूर्तिको स्थापना वि.स. २०४८ साल श्रावण महिनाको ३१ गते भएको थियो । यस महातीर्थ पुण्यभूमिको शाकेत धाम सिद्धाश्रम विष्णुमन्दिर नामाकरण गर्ने दूरदर्शी पुरुषोत्तम व्यक्तित्व तिलकपुर निकासी पण्डित भवानी दत्त जोशी (शैन्याःल) हुनुहुन्छ ।
जलायसको बीचमा सातमुख फैलाएको शेषशैय्यामा विराजमान विष्णु भगवानको स्थापित अलौकिक मूर्ति यसै पुण्य तपोभूमिको नजिक तुमडी खोला भनेर परिचित तुम्बिका र गोमती नदीको संगममा स्थानिय ऐर परिवारको कन्या गोमती ऐर लगायतका ग्वालाहरुले वि.सं. २०४८ साल श्रावण महिनाको ३१ गते प्राप्त गरेका थिए । स्थानीय वासिन्दा गोरा विष्ट परिवारहरुद्वारा प्राचीन कालदेखि पुजिँदै आएको शिद्धविनायक शिद्धबाबाको स्थानमा मन्दिर निर्माण गरी स्थापना गरिएको छ । अलौकिक मूर्ति प्राप्तको स्थापनाकाल देखि राखेका संरक्षक बाबा रामदास स्वामीजी महाराजले थाहा पाएपछि यथा समयमा पुगी अटुट सेवा भक्तिका साथ मन्दिर लगायतका भौतिक संरचना निर्माण गरि गराई संरक्षण गरि आएका छन् ।
स्थानीय बासिन्दाहरुको सहयोग हिन्दु
धर्मरक्षक कञ्चनपुर जिल्ला बासीहरुको अगुवाईमा परमपूज्य राष्ट्र गुरु श्री योगी नरहरिनाथ महाराजद्वारा वि.स. २०५६ सालको अषाढ महिनामा सुरु भएको ९४ औं कोटी होम महायज्ञ सोही भाद्र १५ गतेका दिन विश्वशान्ति, विश्वकल्याण सुवृष्टि संकल्प सुसम्पन्न गरिएको भक्त सागरका बिचको शुभ– मुहुर्त, शुभ अवसरमा पाँचौं धाम घोषणा भएको थियो ।
मन्दिर परिसरमा मन्दिर जस्तो यज्ञशालाको पश्चिम तर्फ होम कुण्ड र राम कुटिर भवन छ । बीचमा रहेको सिद्धाश्रम शाकेतधाम विष्णुमन्दिरको पुर्वमा नन्दी सहित ५ वटा देवी देवताका मूर्ति स्थापना गरिएको सिद्धबाबा मन्दिर छ । सिद्धबाबा मन्दिरको उत्तरमा रहेको जलासय तलाउमा ब्रहमाजीको मूर्ति स्थापित छ । यज्ञशालाको साम्ने दक्षिणद्वारतर्फ हनुमान मन्दिर छ । यसरी ब्रह्मा, विष्णु, महेश्वर तिनै शक्तिको एकै ठाउँमा अति उत्तम मानिने पुण्यभूमि अन्यत्र छैन । यो भूमिको दर्शनले मात्र जन्म जन्मको पाप नाश हुन्छ । वैदिक कालका वेद पुराण, ग्रन्थ भगवान, श्रीमद्भागवत आदिमा ब्रह्मा, विष्णु, महेश्वरको एक ठाउँमा एक रुपको दर्शन पाउनुलाई दुर्लभ मानिएको छ । यी तिनै सृष्टि रचयिता भगवानको यस शाकेत धाम सिद्धाश्रम स्थापना हुनु अलौकिक दैवीय शक्तिको दुर्लभ संयोग मानिन्छ । यही शुभ संयोगको अवसर पारेर वि.सं. २०५६ सालकै आश्विन महिनामा जगतगुरु शंकराचार्य बद्रि ज्योति पीठाधीश्वर स्वामी माधवाचार्यको आगमन एवम् दर्शन भएको थियो । उहाँका करकमलबाट विद्यापीठ, गौशालाको शिलान्यास गरिएको थियो ।
जनम जनमका पापको मुक्ति गर्ने विष्णु नारायण भगवान एक मात्र हुँदा मुक्ति प्रदायक तीर्थधाममा भगवान् नारायणकै आदेशबाट निर्माण भएको जलस्नान, पितृश्राद्ध पिण्डश्राद्ध पिण्डक्षेत्र आदिका लागि तुमडी तुम्बिका नदी र गोमती नदीको समागम प्रयोगमा नारायण कुण्ड छ । श्रद्धालु भक्तजनहरुबाट जलस्नान, पितृश्राद्ध, पिण्डक्षेपन हुने गर्दछ । रामचरित्र मानस यज्ञ (पाठ) गर्ने, गराउने र विवाह, ब्रत, कथा, पुराण एवम् यज्ञ महायज्ञका पिपांशु भक्तजनहरुको लागि विशेष सुविधाको प्रबन्ध छ ।
एकाग्र राम–विष्णु भगवानको भक्तिरसका प्यासी सिद्ध पुरुषोत्तम बाबा रामदास स्वामी महाराजजी भगवान् विष्णुको मूर्ति प्राप्त भएकै समयदेखि भगवान् राम विष्णुकै नित्य पाठ पूजा, यज्ञ, महायज्ञ, अखण्ड रामचरित्र मानस पाठ, गायत्री होम लगायत श्रद्धालु भक्तजनलाई सत्संग दिनुहुन्छ । श्रद्धालु भक्तजनका सुविधाका लागि विवाह, ब्रत मण्डल यज्ञशाला, बत्ति शौचालय, धर्मशाला, पार्कको निर्माण गरिएको छ । यज्ञकर्ता भक्तजनका लागि भाडा बर्तन र कपडाको समेत व्यवस्था छ । राम नौनीचैते दशैमा र हरिवोधनी एकादशीमा विशेष महोत्सव मेला लगाउने गर्दछ ।
श्रद्धालु भक्तजन हाम्रो गाउँ ठाउँमा बद्रि, द्वारिका, रामेश्वर हरिद्वार समेतका तीर्थधाममा पाइने फल तथा मुक्ति प्राप्त गर्न सकिने श्री शाकेत धाम सिद्धाश्रम विष्णु मन्दिर जस्ता तमाम तीर्थस्थल पुण्यभूमि छन् । आफ्नै तीर्थहरुमा जलस्नान धार्मिक पर्यटकिय तीर्थव्रत अस्तक्षेपन, श्राद्ध आदि गरी आफ्नै गाउँ ठाउँका तीर्थधामको धार्मिक पर्यटकिय विकास गरौं, लोककल्याण हुनेछ । ॐनमो भगवते वासुदेवाय । लेखक विश्व हिन्दु महासंघ महाकाली अञ्चल कार्य समितिमा हुनुहुन्छ)
जुन छनाँई अन्यारी राःत, घाःम छनाईकि जाडि ।
आफ्ना ठाउँको तीर्थ धाःम, पुण्यभूमि छाडि ।।
दुध दिने भैसी बेची, भाःत खाने खेत् बेचि ।
अन्र्तमनले झानु क्याकि ? आफै पुण्य कमौनाकी ।।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *