धान दिवस २०७५ मा प्रचारबाजी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धान दिवस असार १५ भनेर रेडियो, टि.भी. तथा अन्य प्रचारबाजीका समाचारले मलाई २०३०÷३१ सालको याद गरायो । त्यस बेलामा नेपालले चामल निर्यात बाहेक आयात गर्न जानेको थिएन । नेपालबाट त्यसबेला खाद्यान्न दलहन, तेलहनको निकासी थियो र त्यसबाट कृषकले आफ्नो मलखाद विउविजनको लागी प्रसस्त आम्दानी गर्दथे । त्यस बेलाको मुल्य दर अनुसार विदेशी मुद्रा पनि प्राप्त हुने गर्दथ्यो । महेन्द्रनगरको मात्र कुरा गर्दा पनि अचम्म लाग्छ यहाँ छापाखाना थिएन स्टेशनरीका पसलहरु पनि थिएन स्टेशनरीमा यौटा पन्त गिफ्ट हाउस थियो बरेलीबाट सामान ल्याई रु १ पर्ने सामान रु १० मा विक्रि गरिन्थ्यो सरकारी कार्यालयहरुमा । धान चामल निर्यात कम्पनीले कृषकबाट धान खरीद गर्दा काटिने विल चलानहरु पिलिभितमा अवस्थित गोपाल प्रेसबाट ल्याउने गर्दथे भने सरकारी कार्यालयहरुले स्टेशनरी छपाईको काम केही पिलिभित भारत र कोही बरेलीबाट गर्दथे । २८÷२९ सालतर्फको एक अर्को घटना स्मरण गरिन्छ कि महाकाली अञ्चलाधीश टेक बहादुर राईमाझी घुम्न र आवश्यक सामान हेर्न समेतको लागी आफै बरेली गएर कार्यालय प्रयोजनको लागी पनि केही सामान खरिद गर्यो विल बनाउदा व्यापारीले सोधेछ “कित्नेका विल बनाउ” ओभर विलिङ मागेमा र पक्की विल मागेमा बढी रकम लिने व्यापारीको बदनियत अञ्चलाधिशले बुझी हालेछ । बदनियत पुर्वक व्यापारीले बनाएको बीलमा केरकार गर्ने बरेलीको मेजिस्ट्रेड कहा पेश गर्दा व्यापारी गिरफ्तार भएछन् । राजश्व छली ओभर विलिङ गरे गराए बापत कारवाहीमा परेपछि स्टेशनरीका सिमित ४÷६ व्यापारीहरुले नेपाली कार्यालयहरुलाई विक्रि गरिने सामानको विललाई ओभर विलिङ गर्न निकै डराएका थिए भने नेपालका कार्यालय प्रमुखहरुले सरकारी गाडीलाई दुरुपयोग गरेको छ भन्ने भएपछि बनवसा पुलमा रेकर्ड राख्न लगाई अन्तमा अञ्चलाधीशको लिखित स्वीकृति बेगर भारत जान नदिने भन्ने सहमति गरे बमोजिम अञ्चालशिले अनुमति दिए मात्र भारतको बाटो भई नेपाल वा भारतका अन्य जिल्लाहरुमा जान समेत नेपाल भारतका कस्टमहरुको अनुमतिको आवश्यक पर्दथ्यो । नेपालका सरकारी गाडीहरुप्रति ज्यादै विश्वास थियो कस्टममा या प्रहरी पोस्टहरुमा चेक जाँच गर्दैनथे । कर्मचारी कर्मचारी बीच राम्रो सदभाव थियो दुवै देशका अपराधीहरुको बारेमा जानकारी लिन दिन तथा दुवै देशका छिमेकी जिल्लाहरुका कठिनाईको बारेमा छलफल र समाधान गर्न वर्षमा २÷३ पटक प्रमुख जिल्ला अधिकारीहरु तथा बन, प्रहरी, अनुसन्धानका कर्मचारी समेत समावेश गरी कहिले भारतको पिलिभित कहिले नैनिताल, लखीमपुर खीरी त कहिले कञ्चनपुर महेन्द्रनगर, कैलाली धनगढीमा हुने गर्दथ्यो । नेपाली र नेपाल प्रति राम्रो भरोसा विश्वास थियो भारतलाई । २०४३÷०४४ देखि नेपाल भारतको सम्बन्ध विग्रदै गयो । माओवादी द्वनदकालमा भने झन ज्यादा विग्रयो अनि १२ बुँदे सम्झौता नेपाल सरकार सित हैन कि ७ दल सित गरेर अन्त भयो ।
आज नेपालको कृषि भूमि बेवारिसे बनेको छ । ठूला ठूला प्लट ओगटेका छन् तर बुढोगोरुले गाई ओगटेझै भएको छ । जव कर्मठ कृषि मजदूरको रुपमा रहेका थारु जाती कमैयाको रुपमा खेती गर्दथे । त्यसबेला नेपाली किसानहरु थुप्रै धान विक्रि गर्थे भने आज पहाडीहरुमा आपैm कमाउछन या बृक्षारोपण गरेका छ फल्ने जती अन्न फलाउन सकेका छैनन् । यहाँ काजगी कारवाहीमा कृषकहरुलाई सुविधा दिएको छ तर यथार्थमा छैन । धानखेती होस् वा गहुँ खेती कुनै समयमा पनि सरकारको तर्फबाट कृषकहरुलाई सुझाव दिन कोही पनि कृषि प्राविधिक गएको छैन ।
धान चामल निर्यात कम्पनिले सेती महाकालीबाट अरवौ रुपयौको धान र चामल निर्यात हुने गर्दथ्यो । धान कुट्न मीलको अभावमा नयाँ थप धान मील पनि राखे ठूला ठूला फलामे कडाही बनाई धान उमाल्ने अनि सुकाउने र कुट्ने गर्दथे । पुरानो बस अड्डा जहाँ आज नगर विकास समितिले अतिक्रमण गराई भवन बनाउन लगाएको छ । त्यस क्षेत्रमा धानका चट्टा ढाक्न प्लास्टिक पनि राखिएको थिएन अथाह धानको पर्वत जस्तै ढेर मैले मात्र हैन सबैले देखेकै हुन । कृषकहरुलाई हौसला दिइने गरिन्थ्यो सबै खेतीमा व्यस्त हुन्थे भने आज युवा युवतीहरु कामदार भिसामा विदेश गईसके, धर्ति पुत्र भनिने थारुहरुले पनि जग्गा छनेले बेचि सके हलिया कृषि मजदूर वा कमैयाको रुपमा काम गर्ने थारुहरु ले कृषि बाट मुक्ति पाएकोले छोडी पेसा पनि बदली सकेका छन् । यहि १० महिनामा चामलको आयात १० अरव भन्दा बढी भईसकेको छ भनेर समाचार माध्यमहरुले समेत जनाईसकेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *