धिक्कार छ न्याय मार्ने तथा मानव अधिकारवादी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मानव अधिकारको रक्षाको लागी दुहाई दिने मानव अधिकारवादी केवल जनताको पसिनामा मोजमस्ती मात्र गर्दैछन् र संयुक्त राष्ट्र संघ पनि लाचारी छाया भएको छ । संयुक्त राष्ट्रस“ग आवद्ध सदस्य राष्ट्रहरुले गरिव जनता माथि मनमानी तवरले दमन गरेको छ । संघ कुनै कारवाही गर्न सक्ने अवस्थाबाट किन पछि हट्यो, सर्वसाधारणले बुझ्न सकेको छैन । यो आजको विश्वलाई अनैतिकताको कार्यशैली युद्धबाट मात्र नभई आफ्ना देशका नागरिकहरुको थिचोमिचो दमन गरी न्याय इन्सापबाट बन्चित गर्ने राष्ट्र उपर कुनै कारवाही नहुनु गरिव निसहाय जनताको नजरमा निन्दनीय रहेका छन् । मानव अधिकार बाल अधिकारको नाममा विश्वका जनताको रकम अवश्य खर्च भएको नै होला तर पिडितले न्याय पाएको छैन । छोराको हत्यारालाई कारवाही गरियोस भन्दै न्यायको लागी कैयौं वर्ष देखि लडी रहेको दम्पत्ति आज एकल महिला भएकि छन् । उनको लोग्ने पहिलो पल्टकै अनसनमा मृत्यु भईसकेकोले उनको लास सतगत नभई हाल सम्म अस्पतालमा राखिएको छ । गंगामायासम्म अस्पतालमा राखिएको छ । गंगामाया ३० दिन देखि आमरण अनसनमा छन केवल आफ्नो छोरा जिउदो फर्काउन नभई नेपालको कानून जिउदो फकाएन । सर्वोच्व अदालतको आदेशको पालना गराउन मात्र । कैयौं पटक सरकारले ३÷४ वर्ष सम्म न्यायको पालना गर्न प्रतिबद्धता गर्दै कार्यान्वयन नगरेकै कारण पटक पटक आमरण अनसन वीर अस्पतालमै बसेर गरिरहेकी छन् । लोग्नेको मृत्यु पनि न्यायकै मागमा भयो छोराको मृत्यु गर्ने माथि कानूनी कारवाहीको लागी उनी अदालतसम्म्म पुगिन सर्वोच्व अदालतले कारवाहीको आदेश दियो सरकारले टेरेन र गंगामायाको अनसन पनि टुटेन । यदि यीनको पनि अनसनमै मृत्यु भयो भने ३ करोड नेपालीले त्यसको दुस्परिणाम र पापको अपराध भोग्नु पर्नेछ ।
मरेका र मर्ने मान्छेको पक्षमा कोही देखिदैन शक्तिवान, धनवान र सत्तावालको पक्षमा सबै हु“दा रहेछन् । आज निरिह कही कतैबाट इन्साफ नपाएको चौतर्फी दलिएको दलित परिवार नेपालमा एक गंगामाया, उनका छोरा लोग्ने उनी मात्र रहेछन् यही नमूना हेरी टुलुटुलु बसी रहेका छन् मानव अधिकार आयोग र संयुक्त राष्ट्र संघका प्रतिनिधि । अरु मान्छेको मुद्धामा भने असल आचरण गरेकोले जेलबाट गणतन्त्र दिवसको उपलक्ष्यमा छोडिएका बालकृष्ण ढुंगेलजस्तै अदालतबाट पुर्ण सजाय दिएर जेल हालिसकेपछि असल आचरण देखाए वाफत अरु जस्तै गंगामायाका छोरा कृष्ण प्रसाद अधिकारीका हत्यारालाई पनि सरकारले छोड्न सक्थ्यो र नन्दप्रसादको ज्यान जाने थिएन अझै पनि यस्तै गरेर गंगामायाको ज्यान बचाउन बरु सकिन्छ । उसलाई पछि छोडौला भनेर सरकारले भन्न मिल्दैन यो हाम्रो ठम्याई मात्र हो यो एक उपयुक्त उपाय भएकोले लाठी पनि बचोस स्याप पनि मरोस भन्ने युक्ति सरकारले गर्नै पर्ने देखिन्छ ।
आजको प्रजातान्त्रिक लोकतान्त्रिक सरकारले ऐन विपरितको कार्य गरिराखेको छ । जस्तो कि हुल दंगा देशमा आतंक भएपछि सरकारको विरोध गर्ने नारा जुलुस गर्ने सम्बन्धमा जहा“ सरकारी सम्पत्ति जनताको क्षति हुन जान्छ त्यहा“ तोडफोड नहोस् भनेर विरोध कार्यक्रमका एरियाहरु तोकिएको हुन्छ तर त्यो विरोध स्थायी होईन अस्थायी मात्र हो । त्यस कुरालाई ध्यान राखेर जव देशमा विरोध र्यालीहरु हुन्छन् जतिबेला र्यालीहरु भए त्यतिबेला अस्थायी रुपले त्यही अवधिको लागि मात्र विरोध गर्न नपाउने स्थल तोक्न सकिन्छ तर स्थायी रुपले विरोध स्थल तोक्ने हो भने यो न्यायिक हुदैन । यी सव कुरालाई ध्यानमा राखी विरोध गर्ने ढुंगामुडा हान्ने, टायर जलाउने, सडक अवरुद्ध गर्ने जस्ता विरोध कार्यक्रम गर्न त्यहा“ तोकिएको ठाउ“मा कोही पनि जान्छन् जादैनन् यदि गएनन् भने सरकारको नीति बोलि नीति फितलो हुदैन, यस्ता कुराबाट सरकारले समयमै सचेत हुनुपर्छ । विरोधको लागी ठाउ तोक्नु विज्ञता होइन त्यस कारण निशोधित क्षेत्रको लागि अस्थायी ठाउ“ पनि आवश्यकता अनुसार तोकिनु पर्दछ । ठाउ“ किटानीबाट विना कारण दैनिक रुपमा पनि होहल्ला विरोध र्याली, ढुंगामुडा गरिरहने बानी बस्न सक्छ । विरोध प्रकट गर्नेहरुले पनि सभ्य शान्त वातावरणमा प्रमुख सबैले देख्ने ठाउमा गर्नुपर्छ । ढुंगामुडा बेगर सरकराले पनि सुन्ने गर्नुपर्छ, विरोध जनाउनु त पत्रपत्रिकाहरु समाचार माध्यमबाट पनि जनाउन सकिन्छ । योजनागत रुपबाट न विरोधको योजना बनाउनु पर्छ न नियन्त्रणको, जनताले विपरित राजनीतिक पार्टीहरुले पनि पहिलो विरोध ज्ञापन पत्र दिनुहो ज्ञापन पत्रबाट केही चलेन भने समाचारमाध्यमहरुबाट दिनु पर्छ त्यसको कुरा पनि सुनेन भने जे उपयुक्त लाग्छ त्यो सत्धर्मले देशको हितकारी कार्यले आफै बाटो देखाउने छ । तर हाम्रो अनुरोध छ सभाषदहरुले कहिल्यै पनि सभाहलमा दानविय शैली नअपनाउन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *