हवाई यातायात सेवा बिकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

१.भुमिका
नेपालको दुई तिहाईभन्दा बढी भाग पहाड र हिमाली प्रदेशले ढाकेको हुदा यसको प्रत्येक जिल्ला वा महत्वपुर्ण स्थानहरुमा सडक यातायात पुर्याउन प्रशस्त पुजी र समय लाग्ने स्वतः स्पस्ट छ । तसर्थ पहाडी तथा दुर्गम जिल्लाहरुमा पनि आधुनिक यातायात सुबिधा उपलब्ध गर्न गराउन विभिन्न आबधिक विकास योजनाहरुले हवाई यातायात सेवाको बिकासमा विशेष ध्यान पुर्याउदै आएको हो । राष्ट्रिय यातायात प्रणालीमा सडक यातायात पछि हवाई यातायातले महत्वपुर्ण स्थान ग्रहण गर्नुको कारण पनि यहि नै हो । देशको एक भागसित अर्को भागको सम्पर्क यथाशक्य चाडो राख्न र आर्थिक बिकास, प्रशासन तथा राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हवाई यातायातको विकास निके महत्वपुर्ण सिद्ध भएको छ । सडक यातायातका क्षेत्रमा जस्तै हवाई खयातायको विकासमा पनि पंचायत व्यवस्थाको सुत्रपातपछि नै तीब्रता आएको हा ेभन्नमा कुनै अत्युक्ति हुदैन ।
२. २०१७÷१८ सालसम्मको स्थिति हवाई सेवाको विकास नेपाला पनि हवाई मैदानको संखयत्मक बृद्धिबाट भएको
देखिन्छ । २०१७ सालअघि अधिराज्यमा सिमित हवाई मैदानहरु भएको हुँदा हवाई सेवा सिमिति स्थानमा मात्र उपलब्ध थियो । प्रथम पंच वर्षिय योजना कार्यान्वयन हुनु अघिको वर्ष २०१२÷१३ मा देशभर केवल पक्की विकान स्थल १ वटा र कच्ची स्तरको ४ वटा विमान सथल गरी ५ वटा विमान स्थलहरु रहेका थिए । अधिराज्यको राजधानी काठमाडौंको गौचरमा निर्माण गरिएको ३,७५० फिट लम्बाई र ४० फिट चौडाईको धावनमार्ग भएको विमान स्थल एक मात्र पक्की स्तरको वमान स्थल रहेको थियो । पुर्वाञ्चलको विराटनगर, मध्यमाञ्चलको सिमरा, पश्चिमाञ्चलको भैरवहवा र
पोखरा विमान स्थलहरुमा कच्ची स्तरका धावनमार्गको मात्र व्यवस्था थियो ।
प्रथम सेवाको विकास नेपालमा पनि हवाई मैदानको संख्यात्मक बृद्धिबाट भएको देखिन्छ । २०१७ सालअघि अधिराज्यका पहाड र तराईका विभिन्न जिल्लाहरुमा ६ थप नयाँ कच्ची धावनमार्ग भएको विमानस्थलहरुको निर्माण गरिएको थियो । यस अवधिमा पहाडी जिल्ला गोरखाको पालुंगटारमा एउटा विमान स्थल र अन्य ६ वटा विमान स्थलहरु (राजविराज, जनकपुर, भरतपुर तुल्सीपुर दांग) नेपालगंज (खजुरा) र धनगढी निर्माण गरिएको थियो ।
प्रथम योजनाको अन्तिम वर्ष २०१७÷१८ मा देशमा पक्की तथा कच्ची धावनमार्गहरु भएका विमान स्थलहरुको संखया जम्माजम्मी १२ वटा रहेको थियो । कतिपय विमान स्थलहरुमा हवाई मैदान बाहेक आवश्यक भौतिक सुविधा तथा संचार उड्डयन सहायक सम्बन्धी सेवाहरको पनि अभाव रहेको थियो । तसर्थ अधिकांश विमान स्थलहरुमा वर्षातको समयमा विमान सेवा बन्द गर्नुपर्ने बाध्यता रहेको थियो ।
३. पञ्चायत व्यवस्थाको स्थापनापछिको प्रगति
हवाई यातायातको सेवालाई अधिराज्यका पहाडी तथा हिमाली क्षेत्रमा पनि क्रमिक रुपबाट विस्तार गर्दै जानुपर्ने आवश्यकतालाई महसुस गरी दोस्रो तथा यसपछिका आवधिक योजनाहरुमा हवाई सेवाको विकासमा प्राथमिकता प्रदान
गरिएको फलस्वरुप हवाई मैदानहरुको संख्या महत्वपुर्ण रुपबाट बृद्धि भएको देखिन्छ । यसबाट आन्तरिक हवाई सेवामा समेत निकै नै बृद्धि भै दुर्गम तथा पहाडी जिल्लाका मानिसहरुले पनि आधुनिक यातायात सेवाको उपयोग गर्न पाएका छन् । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *