कभर्डहलमा माछा पौडी खेल्दैछन्








दिशानिर्देश समाचार
महेन्द्रनगर, ९ असार
एसपी पिएल सुब्बा तथा अञ्चालाधीशको सक्रियतामा ईश्वरी प्रसाद चटौत शास्त्री समाजसेवी दान सिंह रावलको समेत सहयोग र नेशनल टे«डिङ, जनकपुर चुरोट कारखाना, रक्सीका डिलरहरुबाट प्रति बोतलमा रु १ सहयोग लिई तथा उद्योग वाणिज्य संघ जि.वि.स, नपाहरुको आर्थिक लागानी गरी स्थानीय कभर्डहलको निर्माण भएको हो । वर्तमानको युगमा छिमेकी राष्ट्रका घिमेकी जिल्लाहरुमा राष्ट्रिय अन्तराष्ट्रिय खेलहरु भई रहेका छन् जुन हामी सबै नेपालीलाई थाहा छ । जिल्ला खेलकुद विकास समितिको बारेमा माछा पोखरी खेती ठेक्का देखिका सबै कुरा दिशानिर्देश कञ्चन साप्तिाहिकले प्रकाशममा ल्याएकै हो । यहाँ धेरै ठूलो लगानी गर्न केन्द्रको स्वीकृतिको र बजेटको आवश्यक पर्ने भए पनि यस क्षेत्रमा धेरै विद्यालयहरु रहेको स्कुल क्याम्पसको छात्रछात्राहरुले पौडी खेल्न सिक्ने इच्छा राख्दा राख्दै पौडी पोखरी होईन कि माछा पोखरीको निर्माण गरेका छन् । नेपाली जनता छात्रछात्रा तथा अन्य उत्सुकता बोकेका व्यक्तिहरुका इच्छामाथि कुठाराघात गरिएको छ ।
पौडी खेल्दा, व्यायाम, योग जस्ता विविध उपलब्धीले स्वास्थ्यमा लाभ हुन्छ । खेलकुद प्रदर्शनबाट पनि धेरै पैसा कमाउन सकिन्छ तर के गर्छन खेलकुद विकास समितिहरु पैसाले आज यतिका वर्ष वितिसके कभर्ड हल खेल मैदान तथा खेलका विभागहरुको उन्नति भएको देखिदैन । अव यहाँ गुरुयोजना गरिदैछ । त्यसमा पनि सबै विभागको उपस्थिति देखिदैन । पञ्चायती कालरात्री भनिने गरेको समयमा बनेको कभर्डहल जिल्ला खेलकुद विकास समितिले प्रजातान्त्रिक र लोकतान्त्रिक रुपमा २०४७ देखि हालसम्म चलाएर आएको छ । उपलब्धीमा धान, माछा र भ्यागुता विक्रिबाट रकम कमायो होला तर त्यसबाट के कति आम्दानी भयो कुन काममा कस्को सल्लाह सुझाव तथा निर्देशनले खर्च गरी उपलब्धी के रह्यो भन्ने कुरा आज सम्म सार्वजनिक गरिएको छैन । योजनाबद्ध तरिकाले विशेषज्ञ प्राविधिकको सल्लाह अनुसार आजसम्म स्टेडियम बनाई सक्नु पर्ने थियो बनेन किन बनेन यसको प्रश्न कसलाई सोध्ने ?
अनउत्पादित काममा केवल एक व्यक्तिको रीस साध्न महेन्द्रनगर नगरपालिकाको नाम बदली भीमदत्त नगरपालिकाको नाम राख्नमा यहाँका अदूरदर्शी नेताहरु २÷४ जनाले गरेका प्रस्तावले दूरदर्शिताबाट टाढा रहेको लोकतन्त्र गणतन्त्र नामको सरकारले समर्थन गरि इतिहास मेटाउने काम गरि काचै व्यईमानी गरेको छ । जनताको धारणा थियो र छ पनि पुर्व पश्चिम रेल्वैको काम नयाँ बनाउने जुनसुकै संरचनालाई भीमदत्तको नाम दिए हुने थियो, नगरपालिकाहरु रेल्वै लाईन, स्टेडियमहरु आदि निर्माण गरी उनको नाम दिई जनताको स्वीकृति मागेको भए श्रद्धापुर्वक दिने थिए । त्यस्तै सुख्खा बन्दरगाह जस्ता भावी दिनहरुमा धेरै संरचना बन्ने छन र बनेका छन । उनको नाम राख्नै पर्ने भए त्यहाँ राखे महेन्द्रनगर नगरपालिकामा भीमदत्तको मात्र हैन हाम्रो अरु नेताको पनि हक छ । सर्वेससर्वा भीम मात्र नभई थुप्रै राष्ट्र र जनता भक्तहरु छन् खै उनको नाम ?
भीम बाटिका नामाकरणको लागी पार्क बनेको होइन
खेलकुद विकास समितिले माछा र नगरपालिकाले घाँस बेचेर देश र जनताको उद्धार हुने देखिदैन । स्थानीय पार्कको स्तर उन्नतिको लागी धेरै जनचासो आए पनि केही सुधार भएन । पार्कको भित्र रहेका फुलहरु कालरात्री भनिने पञ्चायत व्यवस्थामा कति राम्रो बगैचा फुल विरुवा थिए सबैले देखेकै हुन कहाँ गए ति सबै ? आज पार्क भित्र एक बाटे फूलको छैन्, । सरस्वती मन्दिरको केही काठ गायव भयो अझै ताम्रपत्रको छाना बाँकी रहेपनि कहिले हराउछ थाहा छैन ।
भीमदत्तले घाँस बेचेर तथा खेलकुदले माछा भ्यागुता बेचेर प्रगति हुने देखिदैन । सबै कुरामा पैसा होईन भीम बाटिका नामाकरण गर्नको लागी पञ्चायत रजतजयन्ती स्मारिका पार्कको निर्माण गरिएको थिएन इतिहासलाई इतिहासकै ठाउँमा रहन दिनुपर्छ । इतिहास मेटाउनु हुदैन भन्नु हुन्छ वरिष्ठ अधिवक्ता नारायण सिंह खत्री । यदि नामकै लागी भए त यत्रो देशमा सबै निर्माण काम हुन बाँकी छन त्यसमा राखे त हुने थियो पनि भन्नु हुन्छ स्थानीय पार्क भाडामा दिनको औचित्य पुष्टि गर्नु पर्दछ । भाडामा दिई कमाउन स्थानीय पार्क महाकालीको बगर हैन ।







