गणतन्त्र प्राप्तिपछि एक परिवारको अन्त, न्यायको लागी अनसन अवसान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ९ असार
गणतन्त्र प्रजातन्त्र सबैका लागी हुनु पर्छ । यस देशका नागरिक दलित मात्र हैन गैरदलित पनि यस देशकै नागरिक हुन । यिनलाई पनि देशमा सबै सरह समानता चाहिन्छ । शामन्तीहरुले आज दलितलाई दलित भनि हेला मात्र गरेको छ । दलित कोटाबाट जसले स्थान पाएको छ आज उनै व्यक्ति दलितका पोशक नभई शोषक भएका छन् प्रकृतिको नियम पनि यस्तै रहेछ । दलित कोटाबाट सांसद भए खरिदार बहिदार भए आफू बाहेक अरु गरीव जनता दलितले दलितलाई एक रुपया बराबरको सुविधा दिन सकेन् । दलित यौटा शार्की, कामी, दमाई, लुहार, डोमलाई दलितको संज्ञा दिएका छन्, परिभाषा दिएका छन् त्यो गलत हो ।
गंगामाया अधिकारीलाई कोही दलित भन्दैन नेपाल आमाको उद्धारको लागी परापुर्वकालमा नरबली दिएझै यस देशको खातिर गणतन्त्र लोकतन्त्र ल्याउन गंगामाया अधिकारीको छोरा २० वर्षिय कृष्ण प्रसाद अधिकारीलाई नरबली दिदा उनका पिता नन्द प्रसाद, आमा गंगामायाले टुलु टुलु हेरी रहन बाहेक अरु केही सकेनन् । दलित कृष्ण प्रसाद अधिकारी कुनै पार्टीका दाश थिएन न भरिया नै तै पनि उनलाई नरवलीमा चढायो जुन तत्कालिन र आजको न्याय व्यवस्थालाई धम्की थियो ।
गणतन्त्रमा नरवली चढाईएका कृष्णप्रसाद अधिकारीका बुवा नन्द प्रसाद अधिकारी आमा गंगामाया अधिकारी दुवै जना छोराको हत्यारालाई कारवाही गर्न सरकारलाई किटानी निवेदन दिदा पनि नरवलीलाई विश्वभरी अवैध गरी सके पनि नेपालमा ताजै रहेको पाईयो । बली गर्ने माथि कानूनी सजायको माग राख्दै दुवै आमाबुवाले राखेको आमरण अनसनमा बुवा नन्द प्रसादको अनसनमै मृत्यु भयो ३ वर्ष भन्दा बढी भयो लास अझै सम्म अस्पतालमा राखिएको छ ।
आमा गंगामाया अधिकारी आफ्नो छोरा कृष्णप्रसादलाई नरवलीमा चढाउनेमाथि न्यायिक कारवाहीको माग गर्दै अनसनमै बसेकी छन् । उनको अनसनको कर्मथलो वीर अस्पताल रहेको छ । विश्वका अरु देशहरुमा यस किसिमको नरवली चढाएमा सकेसम्म न्यायिक राष्ट्रहरुमा न्याय पाउछन् नै तर नेपाल र नेपाली दलित गंगामाया अधिकारीको बारेमा को बोल्न सक्छ इन्साफ दिने कोही छैन उनले केवल न्याय मागेकी हुन् । जिउदो छोरा कृष्ण कुमारलाई पक्कै पनि मागेकी छैन न्याय त सबैको साझा हो यस्तो दुर्घटना हुँदा जनता र सरकारको मिलोमतो रहेको छ । कारण गंगामाया अधिकारी दलित वर्गकी परिन खास दलित भनेकी यिनै हुन । अझै दलिएकि दलियै छन् । न सरकारले इन्साफ दिलायो न सत्यनिरुपण आयोगले यिनको लागी सबै दुस्टात्मा हुन पुगे । के यस्तै हुन लोकतन्त्रका लक्षण ? गणतन्त्र अगाडी र पछाडी गरी गोरखा झुजेलका एक परिवार छोरा कृष्ण प्रसाद बुवा नन्द प्रसादको जीवनको अन्त भै सकेको छ तैपनि इन्साफको खोजी र कानूनी राज्यको सथापनाको लागी गंगामाया अधिकारी पनि उहिले देखि वीर अस्पतालमा नै छन । जीवनलिला पारिवारिक जीवन्तताको अन्त भैसकेको छ अव मृत्यु बरण गर्दै न्याय माग्न अनसनमा रहेकी गंगामायाको जिउदै घर फर्कने अवस्थामा कुनै विकास भएको छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *