जारी बुझ्ने बुझाउने थलो नगर विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कसैकि सधवा स्वास्नी कसैले भगाई जारी गरी लगेमा पहिले साधुले एक हजार रुपयासम्म
जारी लिन पाउने छ भन्ने थियो तर अचेलको मुलुकी ऐनले जारी लिन नपाउने तर दाईजो बाहेक आफ्नो धनमाल भराउन पाउने व्यवस्था भएको छ । महेन्द्रनगर नगर विकास समितिको जग्गा नेपाली जनताको साझा सम्पत्ति हो, भए पनि राजनीतिक पार्टीका कार्यकर्तालाई नगर विकास समितिबाट कमाई गर्नको लागी निजी तथा पार्टी स्वार्थको लागि नगर विकास समिति गठन गरी अनधिकृत विक्रि लीजमा दिई कमाउन दिएको छ मानौ पुराना जमानामा श्रीमती पौईल गए जारी लिन पाउथ्यो त्यस्तै आज नगर विकास सित जग्गा माग्नेलाई नदिने जसले आफ्नो बलजफतीले कब्जा गर्यो उसलाई सजाय गर्नुको साटो जारी बुझेझै रकम बुझी जनताको सम्पत्ति माथि लुटपाट भैरहेको छ । को बोल्न सक्छ जवकी राष्ट्रको सम्पत्तिको दुरुपयोग भैराखेकोले
कारवाहीको लागी अख्तियार दुरुपयोग निवारण आयोगमा उजुरी दिएर पनि कुनै पनि कारवाही भएन । सरकार पार्टीको छ नेता कार्यकर्ताको सहभागीता भएकोले हो वा अन्य के हो कारवाही गर्न सकेको छैन ।
जारी बुझेझै नगर विकासले रकम असुल्ने
गरेको छ । जुन नगर विकासले पाउने जारी हुँदै होईन । बेच्ने र भाडामा जग्गा दिने हो भने सूचना निकाली बढाबढ गर्नुपर्छ वा आफैले व्यापारीक भवन बनाई विचौलिया दलाल विना आफै व्यापार जसले गर्छ उसलाई निर्धारित मुल्यमा दिने गर्नु गराउने काम नेपाल सरकारले गर्नु पर्छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नेले विशेष ध्यान देवस ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *