राष्ट्र भक्तिले अमरत्व प्राप्त गर्छ








विश्वलाई एक सुत्रमा बाध्न मार्कस लेलिनले गरेका प्रयासहरुले आज अमरत्व प्राप्त गरेको छ । विश्वमा आफ्नो दर्शन लागु गर्न खोजे पनि सफलता मिल्न सकेको छैन । मानव स्वतन्त्र प्राणी हो बाध्यात्मक निरंकुशताको चंगुलमा फस्न सक्छ मात्र अन्यथा हमेशा मानव स्वतन्त्र भएरै बाच्न चाहन्छ । शासक त्यस्तो हो बुवाले गरेको शासन ठिक छैन मैले गरेको शासन ठिक छ भन्ने मानव प्रवृत्ति गएको देखिदैन । अझै जिवित रहेको छ । जस्तै आज राजनीतिक पार्टीहरुमा त्यो पार्टी खराव म र मेरो पार्टी मात्र राम्रो भन्छन जवकी आजको आफ्नो राम्रो पार्टी परित्याग गरी खराव पार्टी राम्रो भन्दै जान्छन उतै भने त्यो नेताको नेतृत्व अवश्य अवसरवादी र अविश्वासिलो रहनुृ ठिक होईन ।
अव जाउ राष्ट्र भक्तितर्फ भनिन्छ धेरै दिन भयो म घर नगएको भनि विष्णु जी सित विदा मागी गरुडजी घर विदामा गएछन् थोरै दिनमा फर्कनै फर्केनन् के भयो किन फर्केनन् भनेर विष्णुजी स्वयम गरुडको घरमा गएर भन्छन् “गरुड यसकै लागि हो यतिका दिन विताएको यस्तो घरको लागी” गरुडजी सुकेका रुखको टोटकामा आनन्द पुर्वक बसेका देखेर अचम्बित हुदै ति कुरा गरेका थिए ।
विष्णुजीले गरुडबाट उत्तर पायो “प्रभु जननी जम्मभूमिश्च स्वर्गादपी गरियसी” जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ प्रभु भनेपछि गरुडजीलाई आफ्नै साथमा लगी जन्मभूमीप्रति गरेको मायाको कदर गरी ठूलो इज्जतका साथ हमेशाको लागी आफ्नै बाहन बनाई राखे पवित्र गरुडलाई । देश वेवारिसे हुनु हुदैन देशले बारेस पाउनै पर्दछ मातृभूमितर्फको कस्तो माया हुनु पर्दछ भने म हामी भन्न सक्दैनौ तर अरुको माया बुझ्न सक्छौं ।
हालै आफ्नो निधनको ४ दिन पुर्व मात्र डा. उपेन्द्र देवकोटाले आफू जन्मेको गोरखामा रहेको घरमा एकछिन बस्न र सिस्नेपाटीधाराको पानी खान तथा आफूले खेल्ने तैरने नदीको पानीमा खुट्टा राख्ने इच्छा प्रकट गरे उनको इच्छालाई पुरा गर्न न्यूरो अस्पतालका ५ जना डाक्टर श्रीमती छोरीहरु हेलिकप्टरमा काठमाडौंबाट गोरखा डा. उपेन्द्र देवकोटाको घरमा पुगे । उनले स्मरण गर्यो मैले एसएलसी सम्म पढेको स्कुल यही हो मेरो जीवनमा प्रथम दिन बास गरेको मेरो गाउँ यहि हो मेरो घर यही हो ०७२ को भुकम्पले क्षेती पुर्याएपछि मैले मर्मत गरेको थिए मेरा बुवा आमाले मेरो जीवन हुर्काएको यही घर हो भन्दै करिव ५०÷६० मिनेटसम्म घरको छिडीमा सुते । त्यसपछि आफ्नै अस्पतालका डाक्टर छोरीहरुलाई आफू पढेको विद्यालय देखाउदै थिए उनको भावुकताले अवश्य नेपाली समाजलाई अवश्य प्रेरणा मिल्ने नै छ । सिस्ने धाराको पानी मगायो र चम्चाले खुवाईयो भने नदीबाट ल्याएको पानीमा खुट्टा डुवाउदै पुग्यो भनि फर्केको दृश्य कस्तो थियो होला सोचौ ।
यसरी नै विपी कोईरालाले पनि भनेका होलान यदि देशमा संकट पर्छ र म के गरु भन्ने मन लाग्छ भने एकमुठी माटो समाती सिरमा छुनु र छातीमा हात राख्नु माटो आफै बोल्ने छ जे माटोले भन्छ त्यही गर्नु भनेको तथ्य पनि कहिले विर्सिदैन । जसको देशप्रति माया छ उसले देश आफै बनाउछ बन्दछ यदि देश प्रेम छैन भने विदेशीहरुले उर्वरा भूमिलाई अनउर्वरक बनाएर छाड्ने छन् विकासको नाममा । देशप्रेम पृथ्वीनारायण शाहमा थियो एकिकरण पछि विजित
राजाहरुका शालिकमा सुनको जलप लगाई सम्भार गरेका थिए त्यस्तै देशको अलग पहिचान बनाउने राणाजीहरुका शालिकहरु हालसम्म जीवन्त राखिएका छन् देश प्रेमीहरुले देशको इतिहास मेटिन दिएन तर ०६२÷०६३ मा देश निर्माता पृथ्वीनारायण तथा राजा महेन्द्रका शालिकहरु मात्र हैन
राजा विरेन्द्र र भानुभक्तका शालिकहरु प्नि तोडियो । विकासले मात्र देश चल्दैन देश चलाउन देश प्रेम चाहिन्छ ।
एक युवक र युवती बीचको पवित्र प्रेमले अवश्य संसार भर्नेछ त्यस्तै राष्ट्र प्रेमले राष्ट्रको चौतर्फी विकास अनिवार्य
रहेको छ । नक्कली प्रेम र राष्ट्रवादले विउ नास्नेछ । देश अवश्य विदेशीको चंगुलमा फस्नेछ । राष्ट्रप्रेमीहरु अमर रहनेछन् आज पृथ्वीनारायण शाह, रण बहादुर, वीर बलभद्र, भक्ति थापा, अमरसिंह थापा, राजा महेन्द्रले अमरत्व प्राप्त गरेका छन् । सर्वप्रथम जुन देशमा आफु बसेको छ त्यो देश बच्नु पर्छ त्यसपछि त्यसभित्र हुने विभिन्न क्रियाकलाप जस्तै प्रजातन्त्र लोकतन्त्र व्यवस्था समेत छनोटको प्रक्रिया सुरु हुन्छ । देश निर्मातालाई हेला गरेर बाँकी कुनै काम गर्यो भने त्यो उपयुक्त हुदैन । जस्तो कि पृथ्वीनारायण शाहले नेपाल आवाद गर्यो वा एकिकरण गर्यो सबै जातजातीलाई बराबर रुपबाट हेरेका थिए भने पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माताको शालिक हटाई लखन थापाको शालिक राख्नु के जायज हो यस बारेमा विश्व इतिहासकारलाई सोधौ बताई दिनेछन् । यस्ता काम त बोका सप्रेझै मात्र हो मनुष्य सप्रेमा यस्ता काम गर्दैन ।
एकिकरण गर्नु गलत हो विघटन गर्नु गराउनु राम्रो हो भनेझै भएको छ । पृथ्वीनारायण शाहका गलत काम हुन भने उनले आर्जेको जमिनमा किन हक खोज्ने ? लखन थापाले हक अधिकार प्रजातन्त्र खोज्यो ठिक हो । आज हामी पनि त्यही खोज्दैछौ तर उण्डन्डता मच्याउन भने हामी सक्दैनौं तैपनि देशका वीर विरंगनाका इतिहास मेटाएकोमा भने हामी सहन सक्ने छैनौ त्यस कारण मेटाउने, तोडफोड गर्नेहरुले तुरुन्तै पुनरनिर्माण गरिदिउन भन्ने हामीलाई लागेको छ ।







