गोली चलाउनु बाध्यता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, २७ फागुन
देशको शासनभार सम्हाल्न सानो तिनो दिमागले हुदैन । नेपाललाई २०४७ सालपूर्व राम्ररी सञ्चालन गरेको थियो । विरोधी पक्षको सम्मान कायम थियो । मधेश पहाड तराईलाई विकास क्षेत्रहरुले र क्षेत्रलाई काठमाण्डौं सित जोडिएको हुदा यदि इमानदारीपूर्वक सबैले काम गरी दिएको भए देशको संरचना बदल्नुपर्ने आवश्यक थिएन तर आफू खुसी गरेका कारण देशमा विद्रोह भयो र अन्तमा संरचना नै बदल्नु परेको देखिन्छ ।
सप्तरीको राजविराजमा प्रहरीले बाध्य भएर गोली हानेको गृहमन्त्री विमलेन्द्र निधिले संसदमा जवाफ दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले द्वारा आयोजित मेची–महाकाली अभियान अन्तर्गत फागुन २३ गते सोमबार सप्तरीको राजविराजमा सभाका बेला भएको गोली प्रहार सुरक्षाकर्मीले बाध्य भएर गरेको बताएका छन् ।
कार्यक्रमका क्रममा २३ गते सप्तरीमा विरोधका लागि उत्रिएकोको जुलुसले कार्यक्रम स्थलको २ सय मिटर नजिक आएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय सुरक्षा अधिकारीले स्थानीय सुरक्षा ऐन बमोजिम घुँडामुनी गोली चलाउन दिएको आदेशमा एकको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा निधन भएको बताए ।
निधन भएका व्यक्तिका परिवारलाई सरकारले १० लाख प्रति परिवार क्षतिपूर्ति दिने निर्णय गरेको बताए ।
सरकारले कार्यक्रमस्थल भन्दा टाढै रोक्न कोशिश गर्दा गर्दै विरोधमा उत्रेका आन्दोलनकारीले आक्रमक हुँदै घरेलु हतियार प्रयोग गरी ४८ जना सुरक्षाकर्मी घाइते बनाएको बताए ।
नेपाल प्रहरीका ३१ र सशस्त्र प्रहरीका १७ जना सुरक्षाकर्मी घाइते भएका छन् । तत्काल सुरक्षाकर्मीले सबै उपाय अबलम्बन गर्दा पनि सुरक्षा घेरा तोडी कार्यक्रमस्थलमा प्रवेश गर्न सक्ने र त्यसले थप स्थिति तनावपूर्ण हुने अवस्था भएको कारण सुरक्षाकर्मीले गोली चलाएको बताए ।
अहिले अरू घाइते उपचारपछि घर फर्के पनि ६ जना धरानमा उपचाररत रहेको गृहमन्त्रीले जानकारी दिए ।
एमालेको मेची–महाकाली अभियानमा सरकारले सुरक्षा व्यवस्था गर्दागर्दै पनि दुखद घटना भएकोमा सरकारले छानबिन समितिले प्रतिवेदन जे आउछ सदनमा जानकारी गराउने निधिले बताए ।
छानविन समितिले पेश गर्नु र कारवाही गर्नु केवल हास्यास्पद मात्र हो । कस माथि कारवाही गर्ने ? जनता माथि कि पार्टी माथि ? जनतालाई भ्रम फैलाइ आफ्नो पक्षमा पार्न नेता, पार्टीहरुका आमसभाहरु ठाउँ ठाउँमा हुन्छन् कुनै जिल्ला सदमुकाम गाउँ खाली रहदैन । एकतर्फी भएका सही कुरा सोचिरहेका जनताको मन परिवर्तन गर्न झुठा आश्वासन लगाई सत्य साबित पार्न जनतालाई भ्रमित पार्न मात्र पार्टीहरुको दौडाहा हुन्छ । जनतालाई सबै पार्टीका नेताहरुले सामुहिक मञ्चबाट आफ्नो आफ्नो धारणा जनतालाई एकैपटक भनी दिएमा जनता प्रष्ट सँग बुझ्ने छन् । अन्यथा, लोभ लालच र मुलाहिजामा फसाउन मात्र गाउँ गाउँ जाने गरेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *