मालगाडी विकासको अभिन्न अंग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विद्युतीय रेल्वेको अभावमा यातायात तथा कार्गो शुल्क अत्यधिक महंगो भएको छ । रेलको यात्रा गर्दा बेरोजगारहरुले रोजगारीको खोजीमा देशको पुर्व पश्चिम सहजै आवत जावत गर्न सक्छन् । नेपाल सानो देश छ सबै ठाउ“मा उद्योगहरु छैनन् । विरगंज विराटनगर, हटौडामा उत्पादन भएको बस्तु देशका कुना कुनामा पुर्याउन अति महंगो पर्न गएको छ । आज पनि भातरको नया दिल्ली कानपुर, बरेलीबाट महेन्द्रनगर सम्म रु दुई हजार भारुमा पुग्ने सामान विरगंज, हटौडा बुटलबबाट महेन्द्रनगर ल्याउदा ३६ हजार लाग्ने गरेको छ । भारतीय बन्दरगाहबाट ट्रकमा मालसामान ओसार्दा र रेलबाट ओसार्दा ५÷६ गुण सस्तो पर्छ । विकास निर्माणका काममा मात्र होइन कि व्यापारमा पनि समान महंगो परि उपभोक्ता ठगिएका हुन्छन् । ट्रक बसहरुलाई नेपालका राजनीतिक पार्टीहरुकै निर्देशनमा भातृ संगठनहरु नेपाल बन्दको बहादुरी काममा तल्लीन भएको हामी पाउछौं । सत्तामा जादा आखा अन्धा हुनेहरु सत्ता बाहिर आउदा बन्द हडतालमा व्यस्त हुन्छन् आखा खोल्ने प्रवृत्ति नेताहरुमा रहेको छ । निर्माण सामग्रीको मुल्य एक वर्षभरी एकनासको हुनुपर्नेमा त्यो हुदैन । सरकार वा मन्त्रि फेरबदल हुदा मुल्य घटीबढी हुन्छ त्यो नै दुर्भाग्य हो । राष्ट्र विकासोन्मुख तर्फ जान खोजेको बेला कुनै पनि निर्माण सामग्रीमा मुल्यको स्थायित्व छैन १ महिना २ महिनामा मुल्य बढी रहेको हुन्छ ।
अव देखि नेपाल भारत, चीन बीच रेल्वै सहमती तथा सम्झौता भएको छ । यहि साता प्रधानमन्त्रि केपी शर्मा ओलीको चीन भ्रमण पनि महत्वपुर्ण रहदै आएको छ । छिमेकी राष्ट्रहरु सितको सुमधुर सम्बन्ध रहेन भने देशमा टिक्न नै असजिलो हुन्छ सम्बन्ध स्वार्थी हुनु हुदैन त हामी भन्ने गर्छौ तर पुर्ववत इतिहास तथा केही समय अघि फर्केर हेर्दा २०४५ सालको नेपालमाथि लगाएको राजीव गान्धीको क्रुर नाकाबन्दीले १६ महिनासम्म निरन्तरता पायो । त्यस बेला पंचायती व्यवस्थाको सरकार अन्तरगत मरिचमान सिंह श्रेष्ट प्रधानमन्त्री थिए । रेडियो नेपालले नाकाबन्दीका दिन गन्दै सार्वजनिक गर्दै गयो नाकाबन्दी कडा गर्दै भारतले त्यस बेला त्यो नाकाबन्दीको विरुद्धमा न नेपालका कम्युनिष्टहरु बोले न नेपाली कांग्रेस । त्यो समय थियो राजसंस्था राजालाई झुकाउने राजा जनता सित झुके हाम्रा राज नेताहरु सित झुके । संवैधानिक राजसंस्थाको स्थापना भयो । नेपाल र नेपाली हर्सित भए कसैमाथि कसैको भेदभाव थिचोमिचो रहेन । व्यापार, परिवर्तन नाकाबन्दी पुर्व नेपाल भारतको नजीक रेल्वै स्टेशन पश्चिमको बनवसा लगायतका रेल्वै स्टेशनमा ठूलाठूला गोदाम थिए विदेशबाट आउने मालसमान बन्दरगाह देखि सिधै त्यहा“ सम्म आउदा ढुवानी सस्तो पर्दथ्यो तर आज ति गोदाम छैनन् २०४५÷०४६ मा नै हटाउन लगायो नेपाललाई र हट्यो । आज विदेशबाट आउने मालसमान विराटनगर वा विरगञ्ज नाका भएर आउछ त्यहाबाट पश्चिम उत्तर पुर्याउन ट्रकबाट २० गुणा बढी खर्च भई रहेको छ । ०४५ सालदेखि अस्थिर सरकार भएकै कारणले न चीन सित नया व्यापार तथा परिवहन सन्धी गर्न सक्यो न नेपालको पक्षमा भारत सित गर्न सक्यो केवल नेताहरुलाई व्यक्तिगत संस्थागत लाभ पुर्याउदै मात्र आयो । २०४६ सालदेखि प्रत्यक्ष नेपालमा हस्तक्षेप गर्यो ठोस विकास निर्माणका काम न गर्यो न गर्न दियो । अन्तमा त यति सम्म पुग्यो कि नेपालीले नेपालमा स्वतन्त्र शासन गर्न सम्म पाउन सकेन कठिन स्थितिको सरुवात भयो । २०५२ देखि एक पक्षलाई उस्काई द्वन्दको सिर्जंना भयो । १० वर्षसम्म नेपाल र भारतका नेताहरुले जनतालाई खुब सतायो सताउन सम्म सतायो राज संस्था र जनता विद्वान नेताका तारगेटमा रहे । संविधान २०७२÷६÷३ मा बन्यो सोही दिनदेखि मदेशी नेपाली नेता तथा भारतीय नेताहरुको साझेदारीमा नेपाल प्रति अघोािषत नाकाबन्दी लाग्यो । दिल्लीको १२ बुदे ७ पार्टीको सम्झौताले नेपालका राजनीतिक पार्टीहरु कमजोर पर्न गए अन्तराष्ट्रिय कारणमा त्यो मुद्दा उठाउन सकेनन् र हाम्रा विकास निर्माण रेल्वै लाईन विस्तार जस्ता कार्यहरु ओझेलमा परे । एक युग वित्यो एक पिडीको जीवन वर्वाद भएपछि बल्ल आज राष्ट्रवादी नेता केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बनेको छ र यो वर्तमानको सरकारले नेपाली जनताले भोगेका असह्य पिडा विर्सने मौका पाउनेछन् । देशमा कानूनी राज्यको स्थापना गरी नेपाली युवा युवतीलाई विदेशीको दासत्व जीवनबाट मुक्त गर्ने छन भन्ने विश्वास नेपाली जनताले लिएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *