दुई तिहाईको अर्थ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

०४६ सालको परिवर्तन पश्चात आश्चर्यजनक रुपमा दुई तिहाईको समर्थन सहित बामपन्थि सरकार सत्तामा छ । नेपाली इतिहासमा ठूलो परिवर्तन हो । राज्य व्यवस्था मात्र परिवर्तित भएको छैन । आस्था, राज्यको स्वरुप कानूनी र व्यवहारिक सोचमा समेत अभूतपुर्व परिवर्तन भएको हुनाले यसको पृष्ठभूमी निस्कने परिणाम नेपाली समाजमा आएमा भिन्न परिवर्तन सहितका बहुआयामी विषय निकै प्रासांगिक लागेको हुनाले समीक्षात्मक विश्लेषण आवश्यक लागेको छ ।
राजनीति निकै दुर्गन्धित अस्वीकार्य मात्र भएको छैन, भ्रष्टाचार संस्थागत भईसकेको छ । अब भ्रष्टाचार अपराध परिभाषित हुनु भन्दा पनि यो गर्न नसक्ने प्राणी परिवार समाजमा समेत हेलाको रुपमा हेरिने प्रवृति व्यापक भएको छ । तर पक्राउ पर्दा वा पोल खोल्दा भने सर्वनास पनि गरि छाड्छ । त्यसैले पत्ता नलाग्ने गरी वा पत्ता लागे पनि कसैले केही गर्न नसक्ने गर्न सके मात्र पुरुषार्थी ठहर्छ, अन्यथा जिउदै मरे सरह रुपान्तरित भएका दृश्य निरन्तर देख्नमा आई रहेको छन् । ट्रान्सपरेन्सि इन्टरनेशनलको प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचारी मुलुकको अग्रपंक्तिमा देखिएको छ । राज्यद्वारा नै संस्थागत रुपमा भ्रष्टाचार व्यापक हुने गरेको छ । दुई तिहाईको अर्थ अव कसैले पनि हस्तक्षेप गर्न नसक्ने गरी अन्य निकाय निर्जिव जस्ता पारिएको स्पष्ट देख्न सकिन्छ, स्वच्छन्दता र निरंकुश प्रवृत्ति बढ्दै छ । सत्ता पक्षकै सांसदहरुबाट समेत पदासिन मन्त्रीलाई जेल हाल्नुपर्छ भनेको सञ्चार माध्यमहरुमा आईरहेको सामान्य विषय हुन सक्तैन तर त्यस्ता अभिव्यक्ति “घुईतडीको शेड्याको” हाँक भन्दा फरक लाग्दैन । एक छत्र शाशक बनि सकेका केपी शर्माले त्यसरी नबोल्न चेतावनी दिई सकेको खबर सार्वजनिक भईसकेका छन् ।
कांग्रेसी प्रतिपक्ष नाम मात्रको छ त्यसमा पनि परस्परको द्वन्द र हानथापबाट मुर्दा हुने क्रम रोकिएको छैन । सत्ताको स्वाद चाखी सकेका प्राणीहरुमा निकै ठूलो छटपटी पैदा भएको स्पष्ट आभाष हुन्छ । जनविश्वास अरुको भन्दा पनि आफ्नै कारणबाट धराशायी बनाएका र यिनीहरु जनहितका लागि भन्दा पनि आफै ऐश्वर्यका लागि भन्ने पनि छर्लंग हुदै आएको छ । अव सत्तारुढ अनियन्त्रित हुनबाट देश भित्र रोक्न सक्ने ताकत कसैमा पनि देखिदैन यसबाट उन्मक्त भएका शासकहरु जंग बहादुर कालीन शक्ति प्राप्त गरी सकेका हुनाले र समृद्धिमा नारा लगाई रहेका हुनाले त्यो हुन सके लामो काल खण्ड सम्म पनि सकैले रोक्न सक्ने स्थिति छैन । रेलमार्ग र पानी जहाज समेतका महत्वाकांक्षी योजना प्राथमिकतामा पारिएका छन् । आम सर्वसाधारणका दुर्दिनमा कुनै कमी आएको छैन ।
खाडी लगायतका विभिन्न मुलुकमा जाने क्रम रोकिएको छैन र वास्तवमा रोकिनु त परै रहोस त्यसमा कमी आएमा समेत रेमिट्यान्स आउदैन व्वाँसाहरुका खानपीन ऐश्वर्यमा समेत आघात पर्छ स्वदेशमा रोजगारी छैन गरी खानेलाई पनि बाहुवलीहरुबाट ठूलो आतंक छ । चन्दा असुली रंगदारी व्यापक आतंकको यथार्थ बन्दै गएको छ । राज्यका कतिपय अंग शिथिल परी सकेकां छन् । त्यसमा स्वतन्त्र अस्तित्व भनिएको राज्यको महत्वपुर्ण अंग न्यायालय अत्यन्त विवादास्पद हुँदै गएका छन् । २० हजार माथिका मुद्धा सर्वोच्व अदालतमा थन्किएका छन् । त्यसमा पनि विचौलियाहरुको आतंक कतिसम्म बढ्न गएको छ भनि हालै सर्वोच्वबाट जारी निर्देशनमा विचौलियाहरुबाट सावधान रहन सर्कुलर नै जारी भएबाट र आज भन्दा झण्डै १ वर्ष पुर्व आधिकारिक प्रतिवेदनहरुका अनुसार २९ प्रकारका विचौलियाहरुको वर्गिकरण गरिएको थियो ।
आजको जस्तो सर्वोच्व अदालत समेत निरिह बनेको कमै प्रकाशमा आउने गर्दथ्यो । पदासिन प्रधान न्यायाधिश फाँटवालाबाट नै पदच्यूत गरिएको असंभव लाग्ने काम पुरा भईसकेको छ । वर्तमान सरकारका मन्त्रीहरुमा नै विवाद बढी रहेको सुनिन्छ । महासेठ र थापा बादलका विचको विवादले भौतिक योजना मन्त्री महासेठ नांगिएका छन् । कर्मचारीहरुमा व्यापक निराशा र असहज मानसिकता बढी सकेको छ । कही कर्मचारीहरुकै कमी त कही प्रदेश सरकार स्थानीय तहबाट समेत खटाईएमा कर्मचारी हाजिर नै नगराएका सारा काम काज प्रभावित भई रहेका छन् । दुई तिहाईको अर्थले तरबार लटकाए जस्तो भएको छ । प्रधान न्यायाधीश सिफारिस हुँदा समेत अघोषित बाँचा बन्धन गराईएका चर्चा आम सुन्नमा आई रहेका छन् । त्यसमा सत्यता नहुन सक्छ तर आगो नबाली धुवाँ त निस्कदैन त्यस्तो प्रसंग उठ्नु पनि अत्यन्त खतरनाक छ । न्यायालयलाई संसद मातहत ल्याउने चर्चा पहिले पनि व्यापक भएकै हो । संविधानमा व्यापाक शंशोधनको पूर्ण सम्भावना छ तर त्यो मधेशी दलहरुले भने जस्तो हुने छैन किनभने उनीहरुको अकारणको हाँक समाप्त पारि सकिएको छ । अब साम्यवादी शासनको जरा मजबूत गर्ने कार्य सम्पन्न हुने छन् । देशभित्र कोही बाधक छैनन् हुन सक्ने स्थितिमा नै छैनन् तर अन्तरराष्ट्रिय आर्थिक क्षेत्रहरुकै कारण भने अर्को आमूल परिवर्तनको पृष्ठभूमी भने निर्माण हुँदैछ । जुन सकैको सामर्थले भन्दा पनि परिस्थितिले त्यस्तो स्वतः बनाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *