यातायात विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

५. बुटबल कोहलपुर सडक ः पश्चिमाञ्चल तथार सुदूरपश्चिमाञ्चल विकास क्षेत्र तराईका जिल्लाहरुबाट रेखांकित यस सडकको कूल लम्बाई २५१ किलोमिटर रहेको छ । अंचल अनुसार महेन्द्र राजमार्गको यो खण्ड लुम्बिनी, राप्ती र भेरी अंचलहरुमा पर्दछ । सम्पूर्ण लम्बाईको ८५ किलोमिटर लुम्बिनी अंचलमा ९४ किलोमिटर राप्ती अंचलमा र भेरी अंचलमा ७२ किलोमिटर पर्न आएको देखिन्छ । छिमेकी मित्र राष्ट्र भारत सरकारको सहयोगबाट यसको निर्माण कार्य सन १९७३ मा प्रारम्भ गरिइको थियो । कालोपत्र स्तरमा निर्माण गरिएको यो सडकको सम्पूर्ण कार्य सन् १९८६ मा पुरा गरिएको छ ।
६) कोहलपुर–महाकाली सडक ः देशको मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरुबाटजाने यस सडकको कूल लम्बाई सुरुमा १९१ किलोमिटर अनुमान गरिएको भए तापनि अहिले २०४ किलोमिटरको महाकाली (वनबासा) देखि अत्तरिया खण्ड नेपाली प्राविधिक तथा आफ्नै साधनबाट चौथो योजनाकालमा सुरु गरिएको थियो । छैटौ योजनाको पहिलो चार वर्ष अर्थात आ.व. २०४०÷४१ सम्म यस तर्फ २५ किलोमिटर कालोपत्र, २५ किलोमिटर खडाश्मित र २६ किलोमिटर कच्ची गरी जम्मा ७६ किलोमिटर निर्माण गरेको देखिन्छ । अव यसको बाँकी भाग भारत सरकारको सहयोगबाट निर्माण गर्ने कार्यक्रम रहेको छ ।
(ख) अरनिको राजमार्ग
मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अंचलको काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाहरुमा पर्ने यस
राजमार्गको कुल लम्बाई ११४ किलोमिटर
रहेको छ ।
यस राजमार्गको भक्तपुरदेखि कोदारी सम्मको खण्ड दोस्रो योजनाको सुरुको वर्षदेखि चीन सरकारको सहायता अन्तर्गत निर्माण सुरु गरिएको देखिन्छ ।
काठमाडौं – भक्तपुर खण्ड चौथो योजनाकालमा प्रारम्भ गरी सोही अवधिमा पुरा गरिएको थियो यस सडकको निर्माण कार्यमा पनि चीन सरकारको सहयोग प्राप्त भएको थियो ।
ग) सिद्धार्थ राजमार्ग पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको यो सडकको रेखांकन उत्तर दक्षिण भएर रहेको छ । सडक रुपन्देही, पाल्पा, स्यांजा र कास्की जिल्लाबाट गएको छ र भारतको सुनौलीदेखि पोखरा जोडने यस सडकको लम्बाई १८४ किलोमिटर
रहेको छ । भारत सरकारको सहयोग अन्तर्गत नमिाएण गरिउको यस सडकको सम्पूर्ण निर्माण कार्य सन १९७२ मा सम्पन्न
गरिएको थियो ।
घ) पृथ्वी राजमार्ग
मध्य पहाडी पूर्व–पश्चिम
राजमार्गको एक खण्डको रुपमा रहेको यस
राजमार्गको नौबीसेदेखि पोखरासम्मको यस सडकको कूल लम्बाई १७४ किलोमिटर
रहेको छ । यसको सम्पूर्ण लम्बाई मध्ये बागमती अंचलमा ६८ किलोमिटर, नारायणी अंचलमा १७ किलोमिटर र गण्डकी अंचलमा ८९ किलोमिटर रहेको छ ।
यसको निर्माण कर्या चीन सरकारको सहयोगबाट सन् १९६७ मा सुरु गरिएको थियो र चौथो योजनाको अन्तिम वर्ष २०३१÷३२ अर्थात सन १९७४ मा सम्पन्न भएको थियो यस सडकको निर्माणबाट
अधिराज्यको एक प्रमुख पर्यछन केन्द्र
पोखराको विकासमा निकै नै योगदान पुग्न गएको छ ।
ङ) पुर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सुनसरी जिल्लाको धरान र धनकुटा जिललाको सदरमुकाम जोड्ने राजमार्गलाई विकास रेखामार्गको चौथो योजनाकालमा निर्माण प्रारम्भ गरिएको हो । यस सडकको कूल लम्र्बा ५० किलोमिटर रहेको छ । संयुक्त अधिराज्य सरकारको सहयोग अन्तर्गत सन् १९७६ मा निर्माण सुरु गरिएको यस सडकको सम्पूर्ण निर्माढा कार्य सन् १९८५ मा पुरा गरियो ।
च) नारायणगढ–गोरखा राजमार्ग
मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने यस सडकको कूल लम्बाई ६१ किलोमिटर रहेको छ । यस
राजमार्गको ३६ किलोमिटर नारायणगढदेखि मुगलिङ सम्मको खण्ड मध्यमाञ्चल क्षेत्रमा र २५ किलोमिटर लामो खैरेनी–पोखरा खण्ड पश्चिमाञ्चल विकास क्षेत्रमा परेको छ । यस राजमार्गको निर्माण कार्य चीन
सरकारको सहयोगबाट सन् १९७८ मा सुरु भएको थियो यसको निर्माण कार्य भने सन् १९८२ मा पुरा गरिएको थियो यस
राजमार्गको निर्माणबाट ऐतिहासिक महत्वको क्षेत्र गोरखामा सडक यातायात सुविधा उपलब्ध भएको छ ।
छ) महेन्द्र राजमार्ग (कोहलपुर) सुर्खेत राजमार्ग
मध्यपश्चिमाञ्चलको बाँके, बर्दिया र सुर्खेत जिल्ला भएर गएको महेन्द्र
राजमार्गको कोहलपुरदेखि सुर्खेत वीरेन्द्रनगरसम्मको लम्बाई ९२ किलोमिटर कायम गरिउको छ । राजमार्ग स्तरमा यस सकडको निर्माण कार्य श्री ५ को सरकारबाट नै सन् १९७५ मा प्रारम्भ गरिएको थियो । यस सडकको कूल लम्बाई मध्ये १३ किलोमिटर कालोपत्र, १६ किलोमिटर खण्डाश्मित र ६३ किलोमिटर कच्ची स्तरको रहेको छ । धम्य पश्चिमाञ्चलको विकास केन्द्रको रुपमा
रहेको विरेन्द्रनगर, सुर्खेतको विकासा यस सडकको भूमिकाले ज्यादै महत्व राख्दछ ।
ज) धनगढी–डडेल्धुरा राजमार्ग
सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने सेती अंचलको धनगढी र महाकाली अंचलको डडेल्धुरा सडकको कूल लम्बाई १४० किलोमिटर रहेको छ । सेती अंचलमा पर्ने धनगढी –गैह्रा खण्डको लम्बाई १०४ किलोमिटर र महाकाली अंचलतर्फको गैह्रा–डडेल्धुरा खण्डको लम्बाई ३६ किलोमिटर
रहेको देखिन्छ । यस राजमार्गको निर्माण कार्य अमेरिकी सरकरको सहायता अन्तर्गत नेपाली प्राविधिज्ञहरुबाट सन् १९६७ अर्थात तेस्रो योजना कालमा सुरु गरिएको थियो यसको कूल लम्बाई मध्ये २५ किलोमिटर खण्डाश्मित र बाँकी ९० किलोमिटर कच्ची स्तरमा रहकेो छ ।
झ) डडेल्धुरा–दिपायल–डोटी राजमार्ग
धनगढी–डडेल्धुरा राजमार्गको भाटकाँडादेखि दिपायल–डोटीसम्मको यस सडकको कुल् लम्बाई ८४ किलोमिटर अनुमान गरिएको छ । श्री ५ को सरकारको आफ्नै साधनबाट निर्माण प्रारम्भ गरिएको यस सडक आयोजनातर्फ आ.व. २०४०÷४१ सम्ममा चक्रेटो स्तरमा दिपायल विकास क्न्द्रसम्म निर्माण कार्य गरिएको थियो ।
यसरी देशको राजधानी काठमाडौंको अतिरिक्त विकास क्षेत्रका केन्द्रहरु धनकुटा, पोखरा, सुर्खेत र दिपायलमा उपरोक्त
राजमार्गहरुको निर्माणबाट सडक यातायात सेवा उपलब्ध गर्ने र्का सम्पन्न भएको
छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *