बैतडीमा बाँदर आतंक कञ्चनपुरमा पशु आतंक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २ असार
कञ्चनपुर जिल्लाका नगरपालिका क्षेत्रमा छाडा पशु आतंक मच्चिएको छ । पशु आतंक जनताद्वारा जनताको लागी
गरिएको छ भने बैतडीको सदरमुकाममा मात्र बाँदर आतंक बढेका समाचारहरु प्रकाशमा आई रहेका छन् । जसरी छाडा पशु आतंक पुर्वी जिल्लाहरुमा छैन, त्यस्तै बाँदर आतंक पनि बैतडीकै अरु नगरपालिका गाउँहरुमा पनि छैन ।
बैतडीको सदरमुकाम क्षेत्रमा बाँदर नियन्त्रण गर्न विशेषज्ञ टोली गएको छ । नियन्त्रण गर्छ गर्दैन हेर्न बाँकी रहे पनि त्यहाँका जनता र बाँदरमा किन यस्तो द्वन्द भयो भन्ने कुराको खोज गर्नुको विकल्प छैन । कौवाको गुडबाट कसैले उसका बच्चा लग्छ भने कागहरुको बथान आई उसलाई टोक्न जान्छन र बाँदरहरुको बथानबाट बच्चाहरु समातेर कसैले नियन्त्रणमा लिन्छ भने पनि बाँदर आतंक गर्छ । बाँदर पशुपति क्षेत्र, हरिद्वार प्रयागराज जस्ता धेरै गाउँ गाउँ शहरमा पनि हामी देख्छौ तर सित्तैमा कही आक्रमण गरिएको कमै पाइन्छ ।
बाँदर पनि मानव जस्तै चेतनशील प्राणी भएकोले मानिसले आफूमाथि भए गरेका व्यवहार बाँदरले अवश्य बुझ्दछ । मानिसले वैज्ञानिक आक्रमण गर्दछ बाँदरमाथि भने, बाँदरले बदला लिन खेती फलफुल खानसम्म खान्छ नत्र विगारी दिने तथा फलफुल हल्लाई अनावश्यक झारि दिन्छ भने अन्न पात नष्ट पारिदिन्छ ।
वर्षभरी दोहन गरेका गाईलाई कञ्चनपुर बासीहरुले घरबाट निकाली सडकमा छोडी दिन्छन् जव व्याउने देख्छन् मनुष्य जाती बाँधेर पुनः गोठमा ल्याई दूध खाने प्रयास गर्छन तर उ पशु भए पनि मनुष्यको व्यवहार बुझी सकेकोले फर्कन चाहन्छ, त्यस्तै बाँदरको पनि हो, देख्दा ढुंगा, गुलेली बन्दुकद्वारा हान्नु उपयुक्त होइन भन्नु हुन्छ राम बहादुर चन्द ।
टि.भी. कार्यक्रम बन्द गर्न नहुने
सञ्चार न्यायालयलाई आफ्नो अति नियन्त्रणमा राख्ने हो भने त्यो सरकार जनताको पक्षमा छैन भनि बुझ्नु पर्दछ । न्यायमाथी आक्रमण गर्न सञ्चार, पत्रकारमाथि नियन्त्रण गर्नु जघन्य अपराध हो । कर्मचारी देशको हितमा अवश्य काम
गर्छन तर सरकारको नियन्त्रणमा हुँदा जनताले सबै सूचना पाउन सक्दैनन् ।
बालकहरुलाई जे सिकाए पनि सिक्छन्
अचेल धेरै दिनभयो महेन्द्रनगर बजारमा ४÷५ जना बालबालिकाहरु बेवारिसे जस्तै देखिन्छन् । करिव १०÷१२ वर्ष उमेर समूहका बालबालिकाहरु केही महिना अगाडी हातमा कटौरी समाति महिलाहरुको खु्ट्टामा परी हात जोडेर पैसा मागिरहेका पनि थिए । आज भोली ऐठपुर, बनखेत, भासी, बजार एरियामा ती बेवारिसे बालबालिकाहरु देखिन्छन् । १०÷१५ दिन पुर्व २ बालकलाई मञ्चगेटको अगाडी ओपेरा जाने मोडमा देख्दा मैले सोधे तिमीहरुलाई म स्कुल पढाउछु पढ्छु, खाना बस्न लत्ताकपडा दिउला भने तर मेरो भनेको सोझै इन्कार गरिदिएर “हम नही जायिङ्गे” भन्ने जवाफ दिए । तिमीहरु मेरा घरमा होइन की बजारमा नै बसेर स्कुल गएर पढ्नु भनेको हुँ भनि प्रष्ट पार्दा नही भन्यो यिनीहरुले आफ्नो गाँउघर भन्न सकेन कि बताएन ? मैले पुनः भने तिम्रा बुवा आमा कहाँ छन भने बताउन खोजे जस्तो लागेन “मातुलनही” बस त्यति मात्र भन्यो बताएन । इसाराले बनबसातर्फ देखाएका थिए । यिनीहरु भारतबाट नै आएका हुन या नेपालकै हुन पैष्ट हुन सकिएन । यी बालबालिकाको उद्दार गर्न कुनै पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । हुन त बालबालिकाको अधिकारको रुपमा काम गर्ने थुर्पै संघ संस्थाहरु भएपनि अहिलेसम्म सडकका बालबालिकाको उद्दार हुन सकेको छैन । खै मानवअधिकारकर्मी तथा बाल अधिकारबादी सक्रिय भएको ? बालकहरुलाई जे सिकायो त्यही सिक्छन् यिनीहरुको जीवनको बारेमा के कोही सुन्ने मानिस होला ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *