देशमा एक भाषा एक भेष एक भाव हुनु पर्छ








यो संसार वित्रिचको छ हरेक ठाउँ गाउँ तथा देशहरुको भाषा अलग अलग छ । एक देशको एक मात्र भाषा भएको देश नेपाल मात्र थियो । अव त्यसलाई तोड्ने प्रयासमा स्वदेशी विदेशीहरु लागी परेका छन् । मातृभाषाको संरक्षणका साथ राष्ट्रभाषालाई उच्च स्थान दिनु पर्ने बेलामा भाषा सुधारको नामले विगार्ने प्रयास पनि भएकै हुन । यहाँ भारतको देखासिकी गर्नु हुदैन । भारतको एकिकरण अंग्रेजले गरेका हुन । नेपालको एकिकरण पृथ्वीधनारायण, बहादुर शाह, भक्ति थपा, अमर सिंह थापा, वीर बलभद्र कुँवर जस्ता योद्धाहरुले गरेका हुन भने भाषाको एकता भानुभक्तले गरेका हुन । भारतमा हिन्दी सिकाउने स्कुलहरु स्थापना भएका धेरै राज्यहरु छन तर नेपालमा नेपाली भाषा बालक देखि बृद्धासम्म मेची देखि मात्र हैन टिष्टादेखि कागडा टिष्टासम्म सबैलाई आउछ । अचेलका नेताहरुलाई विदेशीहरुले जति फकाएर देश विगार्न खोजे पनि विग्रने छैन । अन्तमा नेपाल आमाले एक सपुत जन्माउने छन र नेपालीलाई एकताको सुत्रमा बाध्ने छन ।
गोरखा सैनिक नेपालको धड्कन
नेपाली नेताहरुले देशको व्यईज्जती हत्या हिंसा भ्रष्टाचार अन्याय अत्याचार गरी विश्व जगतलाई कुख्यात तरिकाले दासत्वको सैलीमा आफ्ना नागरिकलाई नेपालमा गरिखान नदिए पनि विश्व जगतमा गई सुख र दुःखका साथ गरी खाएकै छन् । नेपालमा पढने माहोल नगरी दिए पनि विदेश गएर विदेशीका भाडा माझेर भए पनि विद्वान बन्न सकेका छन् । यदि धेरै विद्यार्थी नागरिक विदेश नगएका भए हिटलरको जस्तो व्यवहारले कति मर्थे कति बाच्दथे ४८ सालमा जन्मेको मान्छे आज २६ वर्षको हुदैछ, नेताहरुले आफ्ना छोरा छोरीहरु सुरक्षित राख्न विदेश पठायो तर गरिव द्वन्दमा फसे मजा नेताहरुले लुटे जनताले नपाउने नयाँ थोक केही पाएन पायो त भागा भाग हत्या हिंसा पायो अझै भरोसा छैन कति बेला को नेताको दिमाग सन्किन्छ ।
राजनीतिक क्रान्तिको अन्त भएको छैन नेताहरु जनतालाई झुक्यानमा पार्दैछन । भनिरहेका छन कि राजनीतिक क्रान्तिको अन्त भएको छ हो गोला बारुद हत्या हिंसा रुपी राजनीतिक क्रान्तिको अन्त मान्नु होला तर राजनीतिक विचार क्रान्तिको अन्त न आज भयो न भोली हुनेछ । आफ्नो राजनीतिक दर्शन तयार गर्न नसक्ने नेपाली विद्वान नेताहरुले माओलेलिन जस्ताको राजनीतिक दर्शन नेपाली माथि लाद्ने अधिकार कसैलाई पनि छैन त्यो दर्शन अंक गणितीय वैज्ञानिक दर्शन होइन त्यो दर्शन र ७ वर्ष कि कन्याको दान गर्ने दर्शन र समय यौटै हो । आजको वैज्ञानिक युगमा दूरदर्शनद्वारा २०÷२२ वर्षकी कन्या २५÷२६ वर्षको कुमारले स्वइच्छाले विहा गर्ने स्वइच्छाले बस्न पाउने युग हो । केवल विश्वास र इमान्दारीको विउ रोप्नुपर्ने समय मात्र हो आजको युग।
राजनीतिमा नेपाली विद्वान र नेताले राजनीतिक नौले दर्शन दिन सक्नु पर्दछ । परिक्षामा चीट गर्ने विद्यार्थीको झै नेताहरुले राजनीतिक सरुवा दर्शनको मात्र प्रयोग नगरी नेपालीपनको दर्शन दिन सके मात्र यो देशको उन्नति हुने छ । त्यसैले पनि राजनीतिक क्रान्ति सकिएको छैन बाँकी नै रहेको छ । जव राजनीतिक क्रान्ति सकिने छ तव मानव समाज पनि समाप्त हुने छैन भन्ने कुनै ठोस आधार छैन ।
छाउपडी गोठमा मृत्यु भए ज्यानमुद्धा
छाउपडी गोड अझै कायम रहेकै छन महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, तथा नागरिक समाजले कठोर ऐन कानून बनाउन सल्लाह दिनुपर्छ के भने छाउपडी गोठमा जुनसुकै किसिमबाट पनि किशोरीको मृत्यु भएमा घर परिवार मुलीलाई दण्ड सजायमा ज्यान मुद्दा चलाउनु पर्छ । वडा सदस्यलाई त्यसमा मतियार ठहरिने भन्ने ऐन बनाउनु पर्दछ । त्यस्तै स्वइच्छाले जे पनि गरे हुन्छ भन्ने छैन र धर्म परिवर्तन गर्ने माथि प्रमाण बुझ्नको लागी सार्वजनिक मुद्दा चलाउने प्रयास गर्नुपर्छ ।







