देश बनाउन देश प्रेम चाहिन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देश बनाउन पैसाले मात्र पुग्दैन देश प्रेम चाहिन्छ । देश प्रेमको वातावरण बनाउने काम सरकार नेताहरुको हो । देश प्रेम
विरवलभद्र, भक्तिथापा, अमरसिंह थापा जस्ता प्राकृतिक देशप्रेमीहरुको संरक्षण पृथ्वीनारायण शाह, बहादुर शाह तथा राजा महेन्द्र जस्ताको उपस्थितिले मात्र हुन्छ । रुखमा लागेका फल खाने धेरै हुन सक्छन् लगाउने थोरै ।
यौटा ८० वर्षे जेष्ट नागरिकले ओखर स्याउको विरुवा रोपण गर्दा हाम्रो समाजले गिज्याउने गरी हास्ने गर्छन, के ८० वर्षे बुढो म खाउला भनेर के यी विरुवा रोपी राखेको होला ? बुढालाई हो त साच्चै भन्ने गराई दिन्छ हाम्रो समाजले असी वर्षे जेष्ट नागरिकलाई उसले आफू जति ठूलो विद्वान भए पनि कमै चिन्ने गर्छन । राजा महेन्द्रले पुर्व पश्चिम राजमार्गको सुरुवात गर्यो तर त्यो बाटोमा गाडी चढ्न पाएन ।
आज केपी शर्मा ओलीले रेल्वै सञ्जालका योजनाहरुको जाल विछाउदै हुनु हुन्छ आफूले ति रेल यात्रामा सहभागी हुने मौका भगवानले दिन्छन दिन्न तर देश प्रेम अवश्य दर्साई भावी पिडीको लागी अवश्य सुविधा हुनेछ । नेपालका् खनिज बाहिर र बाहिरको खनिज अवश्य भित्रिने छ । धनवादको अन्त नभए पनि देश प्रेमवादको उदय हुनेछ । माओवादी र सरकारी द्वन्दमा मर्ने मारिनेको सन्ततिले केही राहतको श्वास फेर्न सक्ने छन् । देशप्रति महेन्द्रको माया अतुलनिय थियो । हाम्रा वीर सैनिकहरुले विश्वमा चिनाएको नेपालको अभिभावकत्व ग्रहण गर्दा खुसी लाग्दथ्यो ।
यदि राणा सरकारले नेपालको विकास गर्ने भएको भए यी सडक निर्माण गर्न पैसा होइन समाजवादले भ्याई हाल्ने थियो । महेन्द्र राजमार्गलाई रुपया होईन मुठिदान गरेका थिए । नेपाली जनताले केवल देशप्रेमको प्रतिबद्धताको लागी माया मुठीदानको दुरुपयोग कमै भयो । जसले गर्यो त्यो स्वयम फस्यो । प्रेम अन्धो हुन्छ भन्दथे त्यस्तै भयो आज । आजसम्म नेपालमा जेजति विकास निर्माणका काम भए ती सब देशप्रेमको भावनाले भएका हुन । २०३६ सालको जनमत संग्रह पुर्व नेपालमा एकिकृत ग्रामीण विकास परियोजना लागु भयो । गाउँ गाउँ तथा इलाकामा रहेका सवसेन्टरहरु निर्माण नहुँदा सम्म र भएपछि पनि जनश्रमदान गाउँफर्क अभियानकै रुपमा गरिए । देश प्रेमको भावनासम्म अवश्य जगायो । हुन त जसरी गरिव युवा युवतीहरुका बीचको प्रेमले झन कठिनता पैदा गरेझै अवश्य पनि देशमा कठिनता पैदा भयो । सिमा पारीबाट षडयन्त्रको ठूलो जालो विछायो जुन जालोलाई समयको गतिसँग नेपालले तोड्दै गयो । इष्टमित्र, भाई बन्धु, लोग्ने स्वास्नी राजनीतिक पार्टी बीच फुट हाल्ने षडयन्त्रकारी वर्तमान विश्वमा धेरै हुन सक्छन्, त्यस्तै नेपालप्रति घृणा फैलाउनेहरुको कमी छैन स्वदेशीलाई उस्काएर नेपालमाथी कुठाराघात गर्नेहरुबाट नेपाली नेतृत्वले बच्न सक्नु पर्दछ । बुद्धी विवेकको अभावमा २००७ पछि विपि राजा महेन्द्रले एकसाथ जिउन सकेन वा दिएन ।
त्यस्तै २०४७ पछि राजा विरेन्द्र गिरिजा, मदन भण्डारी, माधवलाई एक साथ जिउने मन लागेन वा दिएन । त्यो देश प्रेमको ठाउँमा धन, डन प्रेम थियो अन्तमा बंश नाश हुनेगरी हत्या भयो राजा विरेन्द्रको । प्रधानसेनापति राणाजी नै थिए आफ्नो जाती वंशको सत्ता फाल्नमा राजा त्रिभुवनको सहमति र हात भएपनि मार्ने काम गरेका थिएनन् । त्यसैको बदला पनि हुन सक्छ बच्नु पर्छ भन्ने सोच राणाजी प्रधानसेनापतिमा आएन र बरु जनता सित भन्दै गए राजाको सुरक्षा गर्ने काम सेनाको होईन ।
राजा त सेना भन्दा ठूला हुन भन्ने भ्रामक प्रचारबाजी गरे उनले आफ्नो दायित्व बोध गरेनन् । जनता भन्ने गर्थे अझै पनि भनि रहेका छन् हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, आफैले राजालाई बाहिर लगाउनमा मदत गर्नेहरु आज राजा ज्ञानेन्द्र जुन स्थानमा जान्छन त्यहाँ जनता पछि पछि लागी राजा आउ देश बचाउ भनि नारा जुलुस गरी रहेकै छन् । तर सडकमा गएर भन्न सकिरहेका छैनन् । चारै तर्फ स्वार्थ स्वार्थले घेरिएको छ । वर्तमानका नेताहरुलाई राजासित सरसल्लाह लिन लाज लागी रहेको छ र लिदैनन् तैपनि राजा ज्ञानेन्द्र साच्चै देशप्रति चिन्तीत नै छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *