शुक्लाफाँटाको औचित्य मझगाउँ हवाई मैदान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कुनै पनि ठाउँको कार्यक्रमको नाम फेर्दैमा सबै थोक हुन्छ भन्नु व्यर्थ जस्तै लाग्यो । शाही शुक्लाफाँटाको नाम शुक्लाफाँटा निकुञ्जमा
परिणत गरियो र शुक्लाफाँटा जे नाम दिए पनि विश्व वन्यजन्तु संरक्षण कोष भएकोले त्यस भित्रका बन्यजन्तुको संरक्षणको लागि विश्वले नै सहयोग गरेको छ । त्यसको आम्दानीबाट संरक्षक कर्मचारीहरु तथा व्यवस्थापन चलोस भनेर पर्यटकहरुलाई निमन्त्रणा दिने हो आएका पर्यटकहरुको लागि हवाई मैदान होटलहरुको उपस्थिति पनि अनिवार्य हुन्छ । यदि शुक्लाफाँटाको विकास गर्ने हो भने हवाई मैदानको लम्बाई बढाएर तथा अतिक्रमण गरेको पश्चिम तर्फको सिमाना पनि नियन्त्रणमा लिई हवाई सेवा सुरु गर्नु पर्यो । त्यसको प्रचार प्रसार दिल्ली, मुम्बै, देहरादुन मनसुरीमा समेत व्यापक रुपले हुनु पर्यो । त्यस्तै मझगाउँ हवाई मैदान देखि झिलमिला ताल हुदै मलास डाडालाई समेट्न्े गरी आरक्षको किनारा हिरापुर, अर्जुनी, गोवरिया हुदै मझगाउ सम्मको चक्रपथ बनाईयो भने अवको २० वर्ष भित्र मनग्य आम्दानी र पहिचान हुनेछ त्यही नै यहाँको स्थानीय स्थायी पर्यटक आम्दानीको मुल श्रोत रहनेछ । दिल्ली महेन्द्रनगर नेपाल भारतका मैत्री बम चलाएझै साना जहाज दिल्ली महेन्द्रनगर चलाउने सहमति हुने हो भने मात्र पनि ७ नं. प्रदेशको मुख्य आय श्रोत तथा पर्यटकको विकास हुनेछ । आरक्ष भित्रबाट सडेगलेका रुखहरु समेत हटाउन मिल्दैन तर गत विगतमा हावाबाट ढलेका भनेर केही सुकेका रुखहरु र ताजा रुख समेत काटी प्राकृतिक अवैध तरिकाले विक्रि वितरण गरेका समाचार प्रकाशमा आए पनि माथिल्लो तहको ध्यान नजानु नै संकास्पद रहेको थियो । राष्ट्रको सम्पत्ति आय श्रोतमा समेत अवैध धन्दा हुनु राष्ट्रको लागी चिन्ताको कुरा हो ।
हाम्रा नेताहरु केवल पुर्व नेता सरकार व्यवस्थाको विरुद्धमा आन्दोलन गर्ने गर्दछन् जसबाट राष्ट्रलाई फाइदा भन्दा बेफाईदा बढी हुन्छ । मझगाउ पाटन, गोकुलेका हवाई मैदानहरु नेपालमा बहुदलिय व्यवस्थाको पुनरवहाली भएसँगै २०४७ सालदेखि नै बन्द गरी सुपका जनतालाई सताउने अप्रत्यक्ष काम अवश्य भएकै हुन । यस क्षेत्रबाट पर्यटक मन्त्रीहरु प्रजातन्त्रमा पनि भए लोकतन्त्रमा पनि भए । दक्षिण र उत्तर पन्थी दुवैले मौका पाएर पनि बरु लाउडा प्रकरणहरु भए जनताको धन सम्पत्ति लुटपाट भए तर हवाई मैदानको निर्माण सञ्चालन भएन । सुप क्षेत्रमा इमान्दारी र क्रान्तिकारी नेताहरुको अभावमा यस क्षेत्रले खासै उन्नती गर्न सकेन । पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अविश्वासको बाटोबाट आफूले विश्वासको मतलाई छोटो समयको लागी प्रधानमन्त्री भए पनि सुर्य बहादुर थापाको चंगुलमा फस्न पुगे भने पुर्वप्रधानमन्त्री गिरिजा प्रसादको चंगुलमा फसेकाले शासन गर्न पाएन । वर्तमानको संघीय प्रणालीमा पनि ७ नं. प्रदेश सरकार पनि कसैको इसारामा मौन बसको छ । शुक्लाफाँटाको विकास ७ नं. प्रदेश सितको सरोकार भएकोले यहाका जनताले पहिले पाएको सुविधालाई काट्न नहुने हुँदा यहाका मुख्यमन्त्रीले यो क्षेत्रको जिम्मा लिनै पर्ने ठान्दछौं । निर्माण भईसकेका कुनै पनि संरचनाहरु हटाउन मिल्दैन किनभने पछि त्यस क्षेत्रमा पुनः निर्माण गर्नुपर्ने हुनसक्छन् त्यसकारण यहाँका जनताहरुको माग अनुसार स्थापना भएको मझगाउ हवाई मैदानको चारैतर्फ अतिक्रमण गर्दै घुम्च्याउदै लगेको देखिन्छ त्यो राष्ट्रको साझा सम्पतिको त्यसबारेमा अव स्थानीय सरकारले कर बल र नियम कानूनलाई समेत साथमा लिई हवाई मैदान केन्द्रिय स्तरको बजेटबाट निर्माण हुने भए तापनि सम्पत्ति स्थानीय सरकारकै भएकोले त्यसको निर्माण सुधार र सञ्चालनमा सम्बन्धित नगरपालिकाले आफ्नो दायित्व सिर्जना गर्नै पर्छ पन्छयाउन मिल्दैन । सबै थोक पैसा होईन पैसका लागि त्यो मैदानलाई पनि नेशनल टे«डिङको जग्गा झै ठेकामा दिने लिने कुरा पनि उठेको थियो । ढाँचा विगारेर बनि सकेको संरचनामा फेरबदल नाम परिवर्तन केही नगरी यथास्थितिमा संरक्षण सम्बद्र्धन, विस्तार तथा सञ्चालन गर्नुपर्ने भएकोले हवाई विभागले विशेष ध्यान दिई सञ्चालन गर्नुपर्ने भएकोले यस क्षेत्रका जनप्रतिनिधिहरुले पनि कुनै लोभ लालचमा नफसेर सच्चा ह्दयबाट यहाको विकास गर्नु गराउनु पर्दछ । अनि मात्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको औचित्यको पुष्टि हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *