को राज्ञः प्रिय ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

शाब्दिक अर्थमा अतीतका निम्ति निर्माताहरुको कथनको अभिप्राय शाशकका लागि सदाकालको प्रिय हुन सक्ला र ? भन्ने बुझ्न सकिन्छ विविध ऐतिहासिक, पौराणिक काल खण्डहरुमा यसका झलक देखिन्छन् । हिन्दुस्तानमा गद्दार शब्दको पर्यायका रुपमा जयचन्द, मीर्जाफरहरुलाई सम्झने गरिन्छ । कन्नौजका राजा जयचन्दले आफ्नै ज्वाई दिल्ली नरेश पृथ्वीराज चौहानप्रतिको रीसले मोहम्मद गोरी जस्ता आक्रान्तलाई प्रवेश गर्न दिएर झण्डै हजार वर्ष मुस्लिमहरुका विभिन्न वंशले भारतमा शासन प्रभुत्व जमाउन सफल भए, मुगल वंशका अन्तिम बादशाह बहादुर शाह जफरलाई बन्दी बनाएर इष्ट इण्डिया कम्पनी अन्ततः व्रिटीस उपनिवेशका रुपमा डेढ सय वर्ष शासन गर्न सफल भयो । तत् समय पश्चात वंगालका शासक मीर कांशिकप्रति उनकै नाता पर्ने भारदार पीर जाफरले अंग्रेजहरुसँग षडयन्त्र गरी गद्दारी गरे ।
मैसुर राज्यका टीपु सुल्तानलाई भारदारहरुकै षडयन्त्रबाट अंग्रेजहरुले हत्या गरी साविकका राजा गायकबाड वंशजलाई कठपुतली शासक बनाए ।
फ्रान्सको राज्य क्रान्ति विश्व इतिहासमा भयानक थियो त्यसको नेतृत्वकर्ता नायकहरु मध्येका एक रोवेस्पायर गीलोटीनबाट काटिए स्वयं गीलोटीन अस्त्रका निर्माता वैज्ञानिक गीलोटीन समेत आफ्नै सोही अस्त्रद्वारा मारिए । इरानको राज्य क्रान्तिका नायक अयातुल्लाह रोहेल्ला खोमैनी सर्वशक्तिमान धर्मगुरु शासक भए आफ्ना उत्तराधिकारी भनि अत्यन्त प्रिय मानिएका घोर कुतुवाजादेलाई मृत्युदण्डको सजायमा आफैले सही गरे । यस्ता कतिपय घटनाक्रमहरु छन् जसमा शक्तिशालीहरु कालका वशमा कारुणिक भएर पतन भए ।
नेपालको इतिहास यस्ता रक्त रंजित घटनाक्रमले भरिएको छ । राणा शासकका संस्थापक जंग बहादुर राजा सुरेन्द्र विक्रम युवराज हुँदा उनकै आठपहरिया थिए कालान्तरमा पुरुषार्थी जंग बहादुरलाई कास्की लमुजुङको यहाराज श्री ३ को पदवी सहित कुँवरबाटै राणा भनि आफ्नो सम्धि बनाउन बाध्य भए ।
७ सालदेखि आजसम्मको समय आइपुग्दा घटनाक्रम कति छिटो परिवर्तन हुदै गएको छ । हामी त नेपाल भन्दा पनि सुदूरपश्चिममा सिमित छौं, नेपाल भनेको काठमाडौं मात्र भनेर त्यहाँ जानेलाई हालै सम्म पनि गाँउघरमा पनि नेपल्या संवोधित हुन्छ, त्यसैले को राज्ञ प्रियको सन्दर्भमा पनि यहीको परिवेस बुझेको हुनाले एक समयका परिवर्तनका बाहक भनि श्रद्धाले हेरिने प्राणीहरु मध्ये कतिपयलाई भतुवाका रुपमा हेला हुन्छ । आफ्नो सत्ता भएका बखत सर्वजन हितायको साटो दंभ र अहंकारले उन्मत्तहरु आज कतिपय घरको न घाटको भएका दृश्य सहजै अनुभवमा आई रहन्छ यिनका मीजाजका बोली काल चक्रले प्रहसनमा रुपान्तरित भएका छन् ।
एक जना कञ्चनपुरका आदिवासी नेता स्त्रीमा लम्पट भएकै कारण विलाएर गए । ४÷४ पटक प्रधानमन्त्री भएका जहाँ गए पनि सैकडौं स्वागतद्वारा हजारौका भीड अनि सवारी साथ चल्ने “गाट” ले भरिपुर्ण रहेका प्राणी यद्यपी माननीयमा जिते तापनि आफ्नै गृहजिल्लामा पुग्दा सभास्थलमा नै बेइज्जती भएर फर्कनु पर्यो, उनका आसेपासे उहिलेका झण्डा “गाट” मीजाजका बोली वाला बोल्न लाग्दा झन्डै कुटाईबाट जोगिएका समाचार स्थानीय पत्र पत्रिकामा पढ्न पाईदा आदिवासी झण्डावालको स्त्री मोह स्मरणमा आयो आफूलाई श्रद्धा सम्मान गर्नेहरु प्रतिको उपेक्षा अनादर तिरस्कार गर्ने प्रकृति कै कारण सत्ताबाट च्यूत मात्र हुनु परेको छैन आफ्नै दल भित्र दिनहुँ बेइज्जत भईरहदा आर्थिक रुपले अरबौ धन सम्पत्तिका मालिक ब्वासाहरुलाई खासै फरक नपरे पनि श्रद्धा गर्नेहरुले नै गृह जिल्लामा ७ पुस्ता सम्मले शराप्ने छन भनि सञ्चार माध्यमहरुबाट सुन्न पाउदाको राज्ञ प्रिय को प्रेरणा भयो उसरी जनता जनार्दन भन्ने गरिएको हुनाले र कागज मै भए पनि सर्वाभौम संवोधित हुँदा राज्ञ मानिएका जनताले कसलाई कहा पुर्याउन सक्छन ? माननीय लागेको हुनाले सदा एकनास कसैको पनि समय रहदैन । वेलामा होस नपुर्याए अहंकार ग्रस्त भएर सुकिला लुगा चिल्ला गाडी आलीसान महल “गाट” कही अभिाषाप र तिरस्कारको पर्याय नवनून चेतना रहोस भनेर मनका तरंग अभिव्यक्त गरिएको हो । स्वार्थी र भ्रष्टहरु सम्मानका अधिकारी पनि त हुन सक्दैनन । बस्तुतः राजनीति सहज उत्कृष्ठ कमाउ पेशा भए पनि पद च्यूत हुँदा त दुर्गति गराउँछ । भीमसेन थापाले ३१ वर्ष निरंकुश शासन गरे अन्तमा कारागारको छिडी मुनी नलाग्ने
खुकुरीले सेरिएर ९ दिनपछि मृत्यु भयो । तत्समयको जातीयताले पूर्ण समाजमा उच्च जातिका स्त्रीहरुलाई विरोधी भएकै कारण पोडे चामेका दाशी बनाउन लगाएको ऐतिहासिक यथार्थ हो, प्रजातन्त्रका लागि ठूलो संघर्ष गरेर सम्मान पाएमा यस क्षेत्र लगायतका धेरै व्यक्ति नपत्याउने गरी नांगिएको देख्दा राजनीति कसैका लागि पनि चिरस्थायी रहदैन है, त्यसैले पदवीमा रहदा कमाई छाक रवाफ भन्दा पनि सर्वसाधारणको मानस पटलमा रहन सके पदवी नरहे पनि तिरस्कृत हुने छैनौ, तर के यो संभव होला ? अहिले सम्म त देखिएन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *