भारतीय र नेपाली अधिकारीहरुसँग उत्तर माग्छौं

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अंग्रेजहरुले नेपाल र इष्टइन्डिया कम्पनी सरकारको सम्झौता बमोजिम दुवै देशका जनताको सुविधाको लागि महाकाली नदीमा २ झोलुंगे पुल राखेका थिए यौटा हो दार्चुला र अर्को हो (झुलाघाट) जुलाघाट त्यतिबेला नेपाल र इष्टइन्डिया कम्पनि बीच राहदानी भिसाको कारोबार थियो दुवै देशका नागरिकहरुको ओहरदोहर हुँदा लगत राख्ने गरेकोले ती पुल सञ्चालन रहेन समय निर्धारण गरिएको हो । तर पनि वनबसाको पुलको हकका वनबसा कलौनीमा जुद्ध निवास नेपाल भवन नेपाली नेता कर्मचारी मन्त्रि तथा प्रधानमन्त्री समेतको लागी अतिथि भवन निर्माण गरेकाले त्यहाँसम्म जान आउन कुनै समय निर्धारण थिएन ।
२००७ साल अर्थात १९५० मा नेपाल भारतको मैत्री सन्धीले २४ सै घण्टा सम्पूर्ण सिमाहरु नेपाली र भारतीयको लागी खुला गरेको सबैलाई थाहा भए पनि अचेलसम्म दार्चुलामा पर्ने दार्चुला खलंगा नजिक रहेको झोलुंगे पुल र बैतडीको झुलाघाटको झोलुंगे पुलमात्र विहान खाल्ने र बेलुका सात बजे नै बन्द गर्ने गरेको छ । नेपाल भारत दुवै तर्फका जनताप्रतिनिधिहरुले नेपाल भारतका सबैजना सरह सुविधा पाउने समान व्यवस्था हुनु पर्दछ भनेर सरकारसँग माग गरेको कुरा सर्वाजनिक भएको छैन ।
विरामीको उपचार गर्न भारतर्फ जाने हाम्रो परम्परा र नेपालका अस्पतालमा दरवन्दी अनुसार डाक्टर नहुँदा भारत लैजान जरुरी भएको तर कञ्चनपुर कैलाली लगायत नेपाल अधिराज्यभरीका अरु जिल्ला सरह जुन सबै बेलामा पनि अस्पताल लैजान पाउने व्यवस्थाबाट बैतडी र दार्चुला जिल्ला मात्र बन्चित रहेका छन् । करिव १७ सय कि.मि. सिमाका जनता मध्ये सुविधाबाट बन्चित रहेका जनता केवल दार्चुला र बैतडीका मात्र छन । हालै मात्र दार्चुला भारत तर्फबाट ७ बजे पुर्व समेत आउन जानमा रोक लगाई एक नेपालीलाई कुटपीट गरेका समाचार बुधबार मात्र प्रकाशमा आएको छ । बैतडी र दार्चुुलाबाट भारत पस्न नेपालीलाई आवश्यक छ तर भारतलाई त्यस्तो इमरजेन्सी नेपाली कामदारको सुविधाको लागी भारतले छैन । दार्चुलामा तुईन राख्दा नेपाललाई नसोधेर राखियो भनि विरोध गर्ने नेताहरु आज पुल खोल्ने र बन्द गर्ने समय बनबसाको झै २४ सै घण्टा जान आउन पाउनु पर्छ भनि किन आवाज उठाई कारवाही अगाडी बढाउदैनन् । भारतले पनि देशभर आफ्नो शासन लगाउने तर त्यहाँ मात्र किन अंग्रेजको शासन कायम राखेको हो समग्र विद्वान अनुसन्धान कर्ताले बुझी तुरुन्त अधिराज्यभरीका ७३ जिल्लाको झै बैतडी र दार्चुलाले पनि सुविधा पाउनु पर्छ भन्ने जनआवाज भुल्नु हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *