जनताको सम्पत्ति हो कि होईन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २६ जेठ
महेन्द्रनगरलाई रमणयीय शहर बनाउने गुरुयोजनामा बज्रपात भएको छ ठिक उल्टो भएको छ । २०४१÷०४२ सालमा महेन्द्रनगरका व्यापारी र नगरपालिकाले शहरमा दिउसोभरी काम गरी थकान मेट्न साहित्यकारले साहित्य लेखन गर्न स्थानीय शान्त रमणीय स्थानको व्यवस्था हुनु पर्ने सोच राखी महाकाली अञ्चलाधिश समेतको सकृयतामा पञ्चायत रजत जयन्तीको अवसर पारी पञ्चायत रजत जयन्ती पार्कको निर्माण गरी त्यसमा पञ्चायत स्मारक निर्माण गरी राखेकोमा २०४६÷साल भन्दा पछि २०५० सालसम्म पनि रमणीय स्थल पार्ककै रुपमा रहेको थियो ।
त्यसभित्र फुलबारी बगैँचा थियो त्यसपछिका दिनहरुमा नगरपालिकालाई पैसा मात्र चाहिएझै त्यहा संरक्षणको लागि राखिएका चौकीदार तथा मालिहरुलाई अवकास दिई वर्षको न्यून रकम नगरपालिकालाई भाडा दिने दिने गरी ठेक्कामा दियो र ठेकेदारले त्यहाँ घाँस पाली घाँस बेची नगरपालिकालाई रकम दिने गर्यो । मानौ पार्क नगरपालिकाको आम्दानीको लागि मात्र बनाएको हो ? जनताको लागी होईन भनेझै फोहरी अवस्थामा वर्तमान सम्म रहेको छ । पार्क भित्र रजत जयन्ती स्तम्भ छ त्यसमा लेखिएका सिलालेख मात्र हैन कि स्तम्भमा सजाएका मारवल समेत चोराएका छन् । पार्क भित्रै दक्षिण कुनामा राम्रो सुन्दर सरस्वती मन्दिर बनाएको छ जसको बनोट (पैगोडा) नेपाली शैलीको छ । कलात्मक तरिकाले बनेको छ, छाना ताम्रपत्रको छ । स्थानीयले हेर्न सक्छन्, मन्दिरको अवस्था ।
पार्क र पार्क भित्रको कुरुपता पनि हेर्न सक्छन्, सरस्वती मन्दिरमा सरस्वती पुजाको दिन विद्यार्थीको भिडभाड लाग्छ हरेक विद्यार्थीले फुलमाला १÷२ रुपयाँ हैन कि ५÷५ रुपैया भेटी दिन्छन् कहाँ जान्छ कसले लिन्छ नगरपालिकालाई जानकारी छ कि छैन ।
गत वर्ष मूल गेटमा भिमबाटिकाको बोर्ड झुन्ड्याएको छ मानौ महेन्द्रनगरको संरक्षण भिमदत्तले नै गरेको हो भनेझै यस्ता इतिहास मेटाउने सुन्दर पार्कलाई कुरुप बनाउने को हो ? के भीमदत्त नगरपालिका नै हो ? के त्यत्रो लगानी लगाएको छ नेपाली जनताको के त्यो सम्पत्ति होईन यदि हो भने संरक्षण गर्ने काम कसको हो राज्यको, नागरिकको कि दुवैको ? त्यस्ता सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने काम स्थानीय निकायको हो कि होईन
हो भने किन संरक्षण भई रहेको छैन ? के नगरपालिकालाई पैसा मात्र चाहिने हो पैसा मात्र चाहिने भए त लिलाम विक्रि गरिदिए के भो ? यस बारेमा यहाँका स्थानीय नागरिकले जान्न चोहका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *