यातायात विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

२०१७ सालमा सुुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा मोटर चल्ने सडक सुविधा उपलब्ध थिएन तर २५ वर्षको दौरानमा सबै विकास क्षेत्रमा सडक सुबिधा उपलब्ध हुन सकेको छ । २०१७ सालमा ६६ प्रतिशत भन्दा बढी सडक मध्यमाञ्चमा केन्द्रित रहेको थियो । भने २०४१ सालमा यो करीब ३७ प्रतिशतमा झरेको देखिन्छ ।
६.पंचायत व्यवस्थापछि निर्माण भएका महत्वपुर्ण राजमार्गहरुसडक यातायात तर्फ निर्दलिय प्रजातान्त्रिक पंचायत व्यवस्थाको सुत्रपात भएपछि हासिल भएको महत्वपुर्ण उपलब्धि राजमार्गहरुको निर्माण देखिन आएको छ । २०१७ सालअघि देशमा केबल त्रिभुवन राजमार्ग (१९० किलोमिटर) एउटाको निर्माण मात्र प्रायः पुरा भएको थियो । २०१७ सालपछि २५ वर्षका अबधिमा महेन्द्र राजमार्गको काकरभिटटदेखि कोहलपुर सम्मका खण्डहरु, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, सुर्खेत राजमार्ग, गोरखा नारायणगढ राजमार्ग, डडेल्धुरा दिपायल डोटी राजमार्ग रहेका छनू । यी राजमार्गहरुको निर्माणबाट काठमान्डौदेखि पुर्वमा काकरभिट्टासम्म र पश्चिममा नेपालगंजसम्म मोटरबाट जान सकिने भएको छ । यिनीहरुको संक्षिप्त विवरण यस प्रकार रहेको छ ।
(क) महेन्द्र राजमार्ग
देशका पुर्वदेखि पश्चिमसम्मका विभिन्न भागहरुलाई आबद्ध गरी विकासको गतिलाई दु्रततर पार्ने उद्देश्यबाट यस राजमार्गको निर्माण कार्य २०१७ सालपछि प्रारम्भ गरिएको हो । पुर्व पश्चिम राजमार्गको रुपमा रहेको यस सडकको निर्माण कार्य स्वर्गीय श्री ५ महेन्द्रबाटगैडाकोटमा शिलान्यास भएपछि प्रारम्भ गरिएको कुरा उल्लेख भैसकेको छ । देश विकासको मेरुदण्डको रुपमा लिईएको यस सडकको कुल लम्बाइृ १०४० किलोमिटर शुरुमा अनुमान गरिएको भए तापनि यसको संशोधित लम्बाइृ १०४५ किलोमिटर रहेको छ । यसको कुल लम्बाई मध्ये ८८४ किलोमिटर सडक निर्माण भैसकेको छ । यस मध्ये ८३३ किलोमिटर कालोपत्र स्तरमा निर्माण गरिएको छ । साथै काकरभिट्टादेखि कोहलपुरसम्मको खण्डमा रहेको ५२ वटा पुलहरुको निर्माण कार्य पनि पुरा भएको छ । एशिाली राजमार्गको ए २ रुटको रुपमा यस राजमार्गलाई निर्माणको दृष्टिकोणबाट विभिन्न खण्डहरुमा बिभक्त गरिएको थियो । ती हुन क) काकरभिट्टा ढल्केवर (ख) ढल्केबर पथलैया –ग) हेटौडा नारायणगढ (घ) नारायणगढ बुटबल (ङ) बुटबल कोहलपुर र (च) कोहलपुर महाकाली सडक खण्डहरु ।
(१) काकरभिट्टा ढल्केबर सडक
पुर्वाञ्चल तथा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत तराइका जिल्लाहरु ज्स्तै झापा, मोरङ, सुनसरी, राजबिराज, सिराह र धनुसा जिल्लाहरुबाट लगिएको यस खण्डको कुल लम्बाई २५६ किलोमिटर रहेको छ । कुल लम्बाई मध्ये मेची अञ्चलमा ५४ किलोमिटर, कोशी अञ्चलमा ८० किलोमिटर,
सगरमाथामा १०३ किलोमिटर र जनकपुर अञ्चलमा १९ किलोमिटर रहेको छ ।
भारत सरकारको सहयोगबाट यस सडकको निर्माण कार्य सन् १९६७ मा शुरु गरिएको थियो र सन् १९७४ मा यसको निर्माण कार्य पुरा गरियो । यस सडकके निर्माणबाट पुर्वाञ्चलको विकास कार्यमा निकै नै योगदान पुग्न गएको छ ।
(२) ढल्केवर पथलैया सडक
अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत धनुषा, महोत्तरी सर्लाही,
रौतहट र बारा जिल्लाहरुबाट गएको यस सडकको कूल लम्बाई १०९ किलोमिटर
रहेको छ । इसको कुल लम्बाई मध्ये ४५ किलोमिटर जनकपुर अंचलमा र ५५ किलोमिटर नारायणी अंचलमा रहेको छ । इस सडकको निर्माण कार्य रुस सरकारको सहायताबाट सन १९६७ मा सुरु गरिएको थियो र यसको निर्माण सन् १९७२ मा
पुरा गरियो । यसबाट तराईका उल्लिखित जिल्लाहरुको विकास कार्यमा योगदान
पुर्याउदै आईरहेको छ ।
३. हेटौडा नारायणगढ सडक ः मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने महेन्द्र राजमार्गको तेस्रो खण्डको रुपमा रहेको हेटौडा नारायणगढ सडकको कूल लम्बाई ७८ किलोमिटर रहेको छ । २०१७ साल अघि यो सडक सहायक मार्गको रुपमा खण्डाश्मित स्तरको थियो । २०१७ सालपछि यस सडकलाई पुर्व पश्चिम राजमार्गको एक प्रमुख खण्डको रुपमा विकसित गर्ने निधो भएपछि एशियाली विकास बैंकको ऋण सहायता अन्तर्गत यस सडकको राजमार्ग स्तरमा निर्माण गरिएको हो । नारायणी अंचलको मकवानपुर जिल्लामा ३४ किलोमिटर चितवन जिल्लामा ४४ किलोमिटर परेको यस सडकको निर्माण कार्य सन् १९७३ मा सुरु गरी सन. १९८३ मा पुरा गरिएको थियो । प्रतिदिन १,००० भन्दा बढी ट्राफिक चल्ने यस सडकले नारायणी अञ्चलको विकास कार्यमा योगदान पुर्याउदै आएको छ ।
४. नारायणगढ बुटवल सडक ः पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत परासी र रुपन्देही जिल्लाबाट गएको यो सडकको कुल लम्बाई ११५ किलोमिटर देखिन आएको छ । सम्पूर्ण लम्बाई लुम्बिनी अञ्चलमा रहेको यस सडकको निर्माण कार्यमा संयुक्त
अधिराज्य सरकारबाट सहयोग पुर्याईएको थियो । यस सडकको निर्माण कार्य सन् १९६९ मा सुरु गरी सन् १९७५ मा पुरा गरिएको थियो यस सडकमा प्रतिदिन २,००० भन्दा बढी ट्राफिक चल्ने गरेकोबाट यसले त्यस भेकको विकास कार्यमा योगदान पुर्याईरहेको स्पष्ट हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *