भीमदत्त नगरपालिका वडा नम्वर १२ मा सार्वजनिक सुनवाई सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २६ जेठ
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १२ ले सार्वजनिक सुनवाई कार्यक्रम सम्मपन्न गरेको छ । सुक्रवार वडाकार्यलयमै वडाले गरेका विभिन्न्न कृयाकलाप तथा आर्थिक गतिविधि सहित कार्यक्रम सम्पन्न गरेको हो ।
सार्वजनिक सुनवाई कार्यक्रमा वडा वासीहरुले वडा कार्यालयले अघि वढाएका विकासका कार्यक्रम संगै दैनिक जिविकोपार्जनका निमित्त विभिन्न आयमुलुक र स्वरोजगारमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन । सार्वजनिक सुनवाईमा वोल्ने अधिकांस वडावासीले शिक्षा स्वास्थ्य, सडक विकास, खानेपानी सिंचाई लगायतका विकासका पुर्वाधारका योजनाहरुलाई प्राथमिकतामा राखि योजना अगाडि बढाउनुपर्ने वताएका छन । साथै वडामा अनियन्त्रित र अवैध रुपमा भईरहेको मदिर वेचविखन लाई व्यवस्थापन गर्नुपर्ने मा जोड दिएका छन ।
मदिराका कारण दैनिक जसो घरायसी हिंसा भईरहेकाले मदिरा विक्रि वितरणमा व्यवस्थापन जरुरी रहेको उनीहरुले वताएका छन । भिमदत्त नगरपालिका –१२ का वडा अध्यक्ष कृष्ण सिंह देउपाले सार्वजनिक सुनवाई कार्यक्रममा वोल्दै ०७४÷०७५ मा ८२ लाख ५० हजार रकम विभिन्न विकास निर्माण का शिर्षक मा खर्च भएको जानकारी दिनुभयो । वडावासीवाट आएका गुनासालाई सकारात्मक रुपमा लिई तदारुकताका साथ समस्या समाधान गर्दे जाने अध्यक्ष देउपाले वताउनु भयो । आगामी वर्षका लागी टोल टोल र बस्तीस्तर वाट योजना अघि वढाउने अध्यक्ष देउपाले वताए । उनका अनुसार यस वर्ष नगरपालिका का स्रोत साधनहरु जैविक मार्ग र रिङरोड निर्माणमै व्यस्त रहेकाले सा्रोत साधनको अभावका कारण केहि सडकहरुमा महाकाली नदिवाट ल्याईएको ग्राभेल मात्रै हाल्न सकिएकोमा सम्भव भए यसै आर्थिक वर्ष र नभए ०७५÷०७६मा प्राथमिकता कासाथ स्तरोन्नतीको काम अगाडि वढाईने वताउनुभयो । साथै अध्यक्ष देउपाले वडावासीको माग र भावना अनुसार वयामा आउने सम्पुर्ण योजना पारदर्शी रुपमा अगाडि वढाउने विश्वास व्यक्त गर्नु भएको छ ।
कार्यक्रम वडा अध्यक्षको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रम संचालन वडा सचिज पदम ठकुराठी ले गनुभएको थियो । कार्यकक्रमा वडाका नव निर्वाचित पदाधिकारीसंगै ६५ जना वडावासि, राजनितिज्ञ, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *