नेपालीको पसिनाले बनेको सिंहदरबारमा आगो लाग्यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पुरानो व्यवस्थाका शासकहरुलाई गाली गर्न मात्र सिकाईयो र हामी सबै जहानीया निरंकुश राणाशासन मुर्दावाद भनि सत्ता समाप्तिपछि गाली गर्दथ्यौं । आज उनीहरुको उपस्थिति छैन र गाली गर्न पनि सर्माएका छौं उनीहरु भन्दा हामी पनि कमि नभएकाले चुपचाप सित बस्नु परेको छ । उनीहरुले जनताका पसिनाद्वारा सिंहदरबार निर्माण गरे, जुन सिंहदरबार आगो लाग्यो वा लगायो चार हिस्सामा एक हिस्सा अगाडीको भाग बच्यो । दैनिक ३ पैसा ६ पैसा ज्याला दिदा पनि त्यसबेलामा ३ लाख खर्च लागेको मन्दथे जवकी सालका काठहरु निशुल्क जनताले चितौनको जंगलबाट बेठबेकारीमा लगी दिएका थिए, कस्तो अनौठो त्यो बेलाको समाजवाद । पुनरनिर्माणको लागि पनि देश विदेशमा रहेका नेपाली तथा विदेशीहरुले सिंहदरवार पुनरनिर्माणको खातामा सहयोग रकम स्वइच्छाले जम्मा गरेका थिए भने निजामति कर्मचारी सेवा प्रहरीहरुको तलब कट्टी गरेर पुनरनिर्माण भएको हो । राष्ट्रिय पंचायतको सभा भवन पनि त्यस भित्रै थियो । जहा“ ०४२ सालमा बम प्रहार गरी ३ जना मरेका थिए ।
राणाहरु स्वाभिमानी राष्ट्रभक्त रहेछन भन्ने निष्कर्ष निकाल्न सकिन्छ आजपनि । जव जंगबहादुरले व्रिटिसको पहिलो यात्राबाट फिर्ता भए त्यसबेला महारानीले सहयोग भनेर करिव ३ लाख पौण्ड जंगबहादुरलाई दिदा उहा“ले भने हामी त दान दिने हो लिने होईन भन्ने जवाफ दिएका थिए । आज हाम्रा सम्पूर्ण सभाषद्हरुलाई लुगा सवारी साधन टि.भी., कम्प्युटर प्रिन्टर, फोटोकपी जस्ता सभास्दाहरुको सभा सञ्चालनको लागी भारत, चीन, यूउनडिपी, एसिया फाउण्डेसन जस्ता संस्थाहरुले लगानी गरेको छ । त्यसैले भन्ने गरेका छन् संसदमा दाताको दानै दान । दानै दानबाट सांसद लगायतका नेता कार्यकर्तादले जीवन निर्वाहको लागी भत्ता, बैठक भत्ता, बैठक भवन सबैमा विदेशीहरुकै अनुदान दिने हो भने हाम्रो सभा भिखारी भित्र पर्यो कि परेन ?
चादर हेरी खुट्टा तान्नु घाटी हेरी गास निल्नु भन्ने उखान सबैलाई थाहा भएकै होलानी ? यदि खर्च, साधन श्रोत जुटाउन सकिदैन भने जति सम्म सकिन्छ त्यति मात्र गर्नुपर्ने थियो कि थिएन ? अन्तर्राष्ट्रिय सभा सम्मेलनको लागी चीनले बनाई दिएको गृहमा कापी कलम डाईरी सम्म किन्न नसक्ने सभासद्ज्यूहरु कुन नाक लिएर त्यहा“ गई विद्यार्थीले छात्रबृत्ति पाए झै गर्दछन् ।
मागेर ऐस लुट्नु भन्दा सभासदहरुको नामबाट खर्च गर्न भनेका ४ करोड किन चाहियो जवकी गाउपालिका नगरपालिकाहरुको हैसियत नै संवैधानिक मान्यता प्राप्त संस्था हो भने सभासदहरुले किन सांसद कोष भनेर अलग रकमको व्यवस्था गर्नु पर्यो । त्यति ठूलो सिंहदरबार आगलागी पुर्व र पछि पनि नेपाली जनताकै योगदानबाट बन्यो भने सभासदहरुले बैठक खर्च सभामा आवश्यक पर्ने सामग्री कारपेट समेत विदेशी नेताहरुबाट मागेर फर्मायस गर्नु बाहियात हो । सांसदहरुको मर्यादा स्वाभिमानमा दखल पर्ने काम मात्र हो । संसद सचिवालयका पुर्व सचिव मुकुन्द शमर्माका अनुसार २०६४ देखि संसदमा दाताको नाममा विदेशीले प्रयोग गरेको भन्ने बुझिन्छ । संसदमा सरकारको आफ्नै बजेट हुनुपर्दछ । विदेशी बजेट बाईकाट गर्न सक्ने क्षमता सांसदसित हुनै
पर्दछ । आजभोली सांसदहरुलाई कुनै एनजीओ मार्फत तालिम दिईदै छ भन्नेकुरा सुनिन्छ यदि त्यो सही हो भने कति खतरनाक हो भन्ने कुरा आफैले बुझ्नु र त्यसबारेमा गहन अध्ययन, छलफल गर्नु उत्तम देखिन्छ । नेपालको संसदभित्र आफ्ना आवाजहरु बुलन्द गर्न विदेशी दातृ संस्थाको कुटिल चाल भएकोले बरु आफूले पाउने पारिश्रमिकको केही प्रतिशत अथवा आधा, पुरै रकम दिएर पनि संसद भवनलाई र त्यसभित्रका फर्निचरहरु विद्युतिय सामग्रीहरु सञ्चारका साधनहरु सजाउनुपर्ने उपयुक्त देखिन्छ । एउटा राष्ट्र आईजीपि भ्रष्टाचारमा जेल जादा त नेपालीको मन रुन्छ भने हाम्रो सांसद सभा निरिह हुदा हाम्रो गौरव कसरी रहला र हामी आफैलाई कसरी स्वाभिमानीको दर्जा पाउला भन्ने कुरा समग्र नागरिकहरुले समेत बुझ्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *