अतीतका केहि झलकहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वि.स.२०२७ साल अषाढ १४ गते बैतडी पुर्चौडी साङडी मेरो गाउमा मात्र हैन गोरागाउ, महरगाउ, जही तही रोपाई
चलिरहेको थियो । उक्त दिन हाम्रै गाउँले आत्मीय दाजु नाता पर्ने की श्रीमतीको मृत्यु भएकोले हाम्रा नजिकका सवैले त्यो दिन रोपाईं बन्द ग¥यो । १३ गते राती वितेकीले १४ गते विहानै मसानको लागी सव ल्याउदै थिए, गाउलेहरु मलामी गए । मैले घरबाट रु ६० को जोखो गरी नोकरीको लागी
देहरादुन जान्छु भनी घरबाट निस्के । मेरो घरबाट झुलाघाट बस स्टेशन भारत पुग्न २ दिन लाग्ने भए पनि मैले त्यो दुरी एकै दिन पुरा गरी झुलाघाट पुगे । भोली पल्ट १५ गते विहान ५ वजेको बसमा टनकपुरको लागी हिडे, बाटोमा सोच्दै थिए कहाँ जाने भनेर साझ कुनै होटल खोजेन र सिधै रेल्वे स्टेशनमा गई राती खाली रेलमा गएर सुते । देहरादुनको लागी समय सोधे विहानको ७ वजे त्यो सुतेको रेल बरेलीजाने रहेछ । देहरादुनको लागी त बसहरु जादा
रहेछन । रातभर रेलमा विताए विहान मैले महेन्द्रनगर जाने सोचे । विहान ५ बजे म निस्के वनवासा सम्म बस र पुलसम्म रिक्सा । पुल नजिक पुग्दा पुल हेर्ने मन लाग्यो पुलमाथी हेर्न जान अनुमती मागे र म माथी गए कामदारहरु पानी कम बढी गर्ने ढोकाका सटरहरु हातले घुमाई रहेका थिए । तल ओर्ले पुलका रेलिङ हेरे वनवासा तर्फका दुई ढोकामा मेडईन कलकत्ता लेखेको र अरु सबैमा मेडइन इग्लेण्ड लेखेको थियो । ढोकाहरुको बनोट पनि ति २ ढोकाको भन्दा अलग थियो । सोधपुछ गर्दा २ ढोका वि.स.२०१३।०१४ सालमा टुटेकाले भारतले बनाएकोले कलकत्ता लेखिएको रहेछ । इंगलेण्ड लेखेको रेलिङ पनि बन्न त कलकत्तामा नै बनेका तर अंग्रजहरुको राज हुँदा इंगलेण्ड लेखेको रहेछ । धेरै बर्ष पछि ५।६ बर्ष पहिले देखि त्यहा पुलको माथी बीचमा नेपाल र भारतको झण्डा छ भन्दछन् तर मैले २०२७ साल अषाढ १६ देखिको सम्झनामा थिएन पुलको किनारा जमीनमा नेपाल तर्फ
भारतको झण्डा थियो र आज पनि छदैछ । महेन्द्रनगर पुग्दा बसहरु थिएन । २ वटा ट्रकका बस जस्ता वनाएका थिए । र ति वनवासाको पुलसम्म जाने गर्दथे । एकीन छैन ३०।३२ सालदेखी त्यहा सम्म वस जान रोकिएका थिए ।
इतिहास मरेको देश नेपाल
जुन देशको इतिहासलाई निलम्बन गर्न खोजेको छ या बङ्गयाउन खोजेको छ त्यो देशका शहरहरु कोठी बेश्यालयमा जन्मेका वालकहरु जस्तै हुन्छन, नेपालमा आज नेपाल एकीकरण देखिको सम्पुर्ण इतिहास छैन केवल पृथ्वीनारायण शाहको मात्र पहिचान छ । अरु राजाहरुको नाम निशाना कमै प्रचलित छ । केवल कहाँ देखि कहाँसम्मको राजाले विस्तार गरे भन्ने एकिन नहुन सक्छ पृथ्वीनारायण शाहका शालिकहरु छन तोडे पनि फेरी वनाउलान तर अरु राजाहरुका शालिक कमै छन । रास्ट्रका वीर पुरुषहरुमा शैनिकहरुको इतिहासका पुस्तक हल्का लेखिएको भए पनि नेपाली सेनाहरुको वीर गाथा जिवन्त राख्ने प्रयास गरेको पाइदैन । राजनीतिक नेताहरुका मात्र शालिक वनाएर पुग्दैन । काल्पनिक शहिदहरुका शालिक हुनु तर हाम्रा ईमानदार वीर शैनिकहरुका शालिक नहुनु उचित होइन । भारतलाई स्वतन्त्र बनाउने, पाकिस्तान चीन सितको लडाईलाई पनि चलचित्रको रुपमा पनि प्रदर्शन गरी राखेको अवस्थामा नेपालले नेपाली सैनिकहरुको गौरबशाली इतिहासलाई विदेशीहरुले चासोका साथ हेरे पनि नेपाली सेना खुद आफैले ध्यान दिएको छैन ।
वीर वलभद्र कुवर अमरसिह थापा भक्ति थापा लगायतको सवैको इतिहास उच्च राख्न हरेक आर्मी व्यारेकहरुले सार्वजनिक स्थलमा प्रसस्ती शहिदलेखि शालिक राख्नुपर्दछ । सैनिक कर्मठ, रास्ट्र भक्तहरुको शालिक र इतिहास विना नेताहरुको इतिहास अधुरो रहनेछ । देशको इतिहास मेटाउन नदिन सेनाहरुले पनि आफ्नो भुमिका भित्र इतिहास संरक्षण पनि राख्नु पर्दछ । जव देश हुन्छ तव मात्र त्यो देश भित्र नेताहरुको भूमिका रहन्छ देश नै नभए के गौरब गर्नुृ आज १२ वर्ष भन्दा बढी भए पृथ्वीनारायण शाह राजा महेन्द्र, विरेन्द्रका शालिक टुटेका आज सम्म पुनः स्थापित गराएको छैन । पोखराको पृथ्वी चौकमा नेपाल निर्माता पृथ्वीको – फोटो ) प्रतिमा उखेली लखन थापाको शालिक स्थापना गरेको छ । दूईटैको अलग अलग भुमिका रहेकाले राख्नु पर्छ
तर मुर्खहरु झै आदीम कालको जस्तो हुन ठिक छैन । नेपालगञ्जमा रहेका शालिकहरु मात्र होइनन् अत्तरिया, महेन्द्रनगरको मुटुमा रहेको शालिकहरु अन्य नेताहरुका शालिकलाई लामो आयु दिनका लागी ति शालिकहरुको संरक्षण गर्नु आजको आवश्यकता रहेको छ । गोरखा सैनिकको इतिहास विश्वभरी फैलिएको छ । यस वारेमा उनको कौसलताले कुन नेपालीको मन छुदैन ।
ग्रेटर नेपालको निर्माणको समयमा नेपाली सैनिकले गरेका बहादुरीले देखाएको विशाल नेपालका किल्लाहरु पुर्वमा टिस्टा सम्म र पश्चिममा कागडा सतलज सम्मका किल्लाहरुका कमाण्डर को को थिए भन्ने हल्का इतिहास अंग्रेजहरुले लेखेका भएपनी नेपाली सैनिकहरुको यथार्थ इतिहास आजसम्म इमान्दारी तरिकाले सत्यतथ्य लेखिएको छैन । सैनिक इतिहासको बारेमा सोधपत्र तयार पार्ने विभिन्न कार्यक्रम सुदुर पश्चिम विश्वबिद्यालयले यदि मिलाउने हो भने पश्चिम क्षेत्रको सम्पुर्ण सैनिक चित्रण हुने छ ।
नालापानी र त्यो भन्दा वारी पिथौरागढ कुमाउका नेपाली सैनिकहरुका किल्लाहरुको इतिहास जिवन्त राख्ने व्यवस्था हुनुपर्दछ । अंग्रेज सैनिकहरुका सत्रु सैनिक नेपाली सेना भए पनि योद्धा वीर वलभद्र कुवरको शालिक तथा जिलेस्वी अंग्रेज सैनिक कमाण्डर समेत दुवैको शालिक वनाई रिपना नदीको किनारामा राखेका थिए । नदी कटानले भत्कने खतरा न आवस भनेर नेपाली भाषी भारतीय विद्वानहरुले भारत सरकारलाई संरक्षणको लागी दवाव दिएका थिए ।
सरकारले नालापानी दुनघाटीलाई पर्यटकिय क्षेत्र वनाई मनग्य आम्दानी गरेको छ । यहाँ जनताको सहभाागीतामा जनताद्वारा निर्माण गरी महेन्द्रनगरमा रहेको राजा महेन्द्रको ऐतिहासिक शालिक तोडी गायव गरेको १२ वर्ष सम्म राखेको छैन ।
राजा जिउदो छदा मात्र सैनिक क्षेत्रले सुरक्षा दिने तर इतिहासको संरक्षण नगर्ने परम्परामा सुधार ल्याई शालिकहरु देशका इतिहास हुन संरक्षण गर्ने जिम्मा सैनिकले लिनुपर्छ । नेताहरुले राजनितिको नाममा जनताको हितको लागी गर्ने राजनिती बाहेक अन्य बिध्वंसात्मक आतंकित नीतिको विरुद्धमा जान सरकारको आदेशको पर्खाइमा नरही प्राकृतिक न्याय प्रकृति संरक्षण इतिहास संरक्षण तर्फ गई तुरुन्त कदम चाल्ने काम सैनिकको हो ।
देशको सुरक्षाको जिम्मा लिने उच्च प्रहरी अधिकृतहरु भ्रस्टाचारी भनेर जेल गएको पाउदा र राजाको सुरक्षा गर्ने जिम्मा सेनाको होइन भन्ने प्रधान सेनापतीले गर्दा नेपालीले सिर निहुरान परेको छ । नेपाली सेनाले बिश्वमा नाम कमाई सकेको हुदा त्यो नाम अमर राखी पुर्ववत सैनिकहरुको इतिहासको खोज गर्ने कामको जिम्मा नेपाली सेनाले पनि लिनै पर्ने देखिन्छ ।
उपनिवेश र दासत्व एक अर्काका पुरकआजको विश्वमा पनि उपनिवेश र दासत्व जीवनवाट धेरै देशलेमुक्ती पाउन सकेका छैनन् । दक्षिण अफ्रिका बाट जहाजका जहाज दासहरुलाई खरीद गरी मानव तस्करहरु अमेरिकामा लगी वेच्दथे । अंग्रेजका उपनिवेश देशहरु धेरै थिए । त्यस वेला नेपाल अंग्रेज सितकै जोरी पाटीको देशको सुचीमा थियो । आज नेपाल स्वतन्त्र नै छ परतन्त्रको चंगुल भित्र नपरेकाले नेपाल आफ्नो स्वतन्त्रता दिवस मनाउदैन । नेतृत्वको कमि प्रजातन्त्रको कमिले गर्दा आज उपनिवेसको रुपमा नरहे पनि अप्रत्यक्ष दासत्व सरहको जीवन नेपाली जनताले विताइ रहेकै छन । विश्वका घरेलु कोठिहरुमा घरेलु कामदारको नामबाट नेपाली युवायुवतीहरु काम गरिरहेकै छन ।
आज नेपाल एक कुनै देशको मूल उपनिबेश भित्र नरहेपनि सामुहिक रुपबाट रहेकै छ । उपनिवेशबाट नेपालीहरुले मुक्ती पाउन ठुलो सङ्घर्ष गर्नुपर्ने छ तर देशमा गद्दार उच्च पदस्त प्रहरी र प्रशासनका अंगहरु जस्ताले गर्दा आज हामी सम्पूर्ण नेपालीले लाज मान्नुपर्ने अवस्था आएको छ । देशको इज्जत राख्न बालकदेखि बृद्धसम्म, सिपाहीदेखि प्रशासकसम्म सबैको समान योगदानको आवश्यकता देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *