नेपाल बाम पन्थको आधारभूमी भएकै हो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नयाँ नेपाल बामपन्थमय भएको देखिन्छ, केन्द्र र सातै प्रदेशहरुमा बामपन्थि वर्चस्व स्थापित भएको पनि छ । प्रतिपक्षी कांग्रेस दयनिय स्थितिमा पुगेको आभाष आम सर्वसाधारणलाई भएको पनि चर्चामा आउने गरेको छ । हालै भएको निर्वाचनहरुमा सकारात्मक पक्ष के रह्यो भने हरिद्वार लगायत कतिपय स्थानहरुमा पसल थापी बस्ने पण्डा पुजारी जस्तै एकै जना भए पनि दल खोल्ने सैकडौं नेताजीहरुको रुवावासी चल्ने,
राप्रपा भन्ने कठमुल्लाहरु कहलिएका नेताजीहरुको अध्यक्ष हुने रहर अझै मेटिएको देखिदैन । आम सर्वसाधारणले जे सुकै धारणा राखे पनि राजनीतिज्ञ हौ भन्ने भ्रमबाट मुक्त रहेको पाईएन । यस्तै प्रकारका अन्य कथित दलहरु समेत अस्तित्व विहित बन्न पुगे । थ्रेस होल्डको विरोध आफ्ना पसल बन्द हुने आशंका भयबाट नै भएको थियो, यो एउटा सुखद पक्ष मान्नु पर्दछ । २÷४ दल बाहेक अब यो र त्यो दल भनेर राष्ट्रिय ध्वज धारण गर्ने पदवी मृग तृष्णा हुन गएको यथार्थ हो ।
एउटै छातामुनि बामपन्थि एक हौ भन्ने के.पी. ओलीको रणकौशल आजको समयमा ठूलो धरातल बनेर सत्तामा पुर्ण रुपले आसीन भयो । सभाले दललाई कायाकल्प हुने गरी यसका अध्यक्षको राजनैतिक कौशलबाट नेपालमा बामपन्थको आधारमूमी बनेको दावी सम्भव भएको देखिए यसको निरन्तरता स्थायी वा क्षणिक के हो ? कांग्रेसको यस्तो हविगत किन र कसरी भयो ? आउँदा दिनहरुमा साच्चै नेपाल बामपन्थको
आधारभूमी नै बन्ने हो ? वा यसको अस्तित्व स्थायी हुन सक्छ ? यी निर्वाध प्रश्न ज्वलन्त भएर आएका छन ।
नेपाल जस्तो परनिर्भरतामा बाँचेको राष्ट्र कुन स्वरुपमा रुपान्तरित हुन संभव छ यो र यस्तै राजनैतिक विषय बस्तु समय सापेक्ष लागेको हुनाले समीक्षा गर्न युक्ति संगत नै होला भन्ने विषयका साथ वर्तमान नेपालको बस्तविक धरातल कस्तो छ ? जे देखिन्छ त्यो नै पुर्ण छ वा विकल्प के हुन सक्छन ? विकल्प संभव छ कि छैन जिज्ञासाको विषय लागेको छ । प्रत्यक्ष देख्दा नेपाल बामपन्थमय छ र निकट भविष्यमा कुनै परिवर्तन संभव छ कि छैन यो प्रश्न चिन्हका रुपमा रहेको छ ।
नेपालको राजनैतिक पृष्ठभूमिबाट अन्दाज गर्न संभव लाग्दछ । कागज मै भए पनि जनता सर्वोपरी सार्वभौम छौ, केही विषय परिवर्तनका लागि हेरफेर हुन सक्ने स्पष्ट झल्कन्छ । आजको बामपन्थि वर्चश्व क.केपी ओलीको कारणले भएको भनि द्धिविधा देखिदैन । उनकै साथपछिका प्रचण्डको प्रयास यसका मिश्रित छ र दुवै नेताजीहरुका क्षमता बोली व्यवहार रहन सहनबाट पनि अनुमान गर्दा आम सर्वसाधारणले परिवर्तनका लागि स्थायित्वका लागि बामपन्थ दलहरु बीच एकाकार हुने अभियान नै चलेको छ । यिनिहरुकै शब्द भित्र प्रकट भएका अतिशय अभिव्यक्तिबाट अनेक कौतुल्य जगाएको अभाष भईरहेको छ । यथार्थ दल एकाकार हुने झलक समाजवादी फोरम पनि एकाकार हुन सक्ने संकेत सञ्चार माध्यमहरुबाट अवगत हुदैछ र यसैबाट समेत उत्साह बढी
रहेको प्रष्ट छ । प्रचण्डकै शब्दले तराईलाई अलग गर्ने गराउने स्थिति समाप्त भएको घोषणा विभिन्न सञ्चार माध्यमबाट आएका हुनाले फोरम
सकारमा सहभागि भएपछि मधेशीहरुका चाहना विपरित भएकै आधारबाट अर्थात राजपा जस्तो मधेशी मोर्चा अलग अलग पर्न गई कुनै शंशोधनका लागि दवाव दिन सक्ने वा आन्दोलन गर्ने गराउने क्षमता निकै घटी सकेको आभाष भएको छ । के अव समग्र नेपाल बामपन्थिहरुको आधारभूमि बनि सकेको र विश्व कम्युनिष्टहरुका लागि मक्का मदीनाको रुपमा नेपाल पुगी सकेको शीर्षस्त नेता अर्थात प्रचण्ड ओलीबाट व्यक्त हुने गरेकोले त्यही यथार्थ हो वा यसमा कुनै विपरित परिस्थिति सृजना हुने र अन्ततः नेपाल अस्थिरताको भूमरिमा पर्ने हो आजको ज्वलन्त विषय हुन पुगेकोले समीक्षा सान्दार्भिक लागेको छ ।
कांग्रेसको गुणगान गर्दै परिवर्तनको बाहक यही हो भन्ने बाधा सर्वथा सही होइन हुन सक्दैन । कालचक्र अन्तरराष्ट्रिय परिवर्तनहरु आम जनमानसमा छाएको नैराश्यता कै कारण कांग्रेस आजको अवस्थामा पुगेको हो ।
कांग्रेस किन दयनीय भयो ? मुख्य कारण के हुन सक्छन ? भनि स्वतन्त्र सर्वसाधारणको तटस्थ आँखा सोच दृष्टिकोण कसैलाई प्रताडित गर्नका लागि होईन नामले कांग्रेस एक दल जस्तो देखिए पनि मर्ने बेला समेत भ्यागुताले सर्पको मुखमा पुग्ने पनि सानो फटेङ्ग्रा देखे त्यसमाथि झम्टने प्रवृत्ति यथावत छ । यो दललाई समर्थन गर्ने निश्वार्थिहरुलाई अपमानित गर्ने यो वा त्यो गुटको भनि वैरत्व भाव राख्ने एक अर्का प्रतिको अविश्वास सत्ता स्वार्थ भ्रष्टाचार आदि विविध कारणले पतन तर्फ उन्मुख हुदै गएको हुनाले त्यसको प्रत्यक्ष असर निर्वाचनमा पर्न गई वैकल्पिक शक्तिको अभावमा बामपन्थि वर्चस्व देखिएको हो । सिमित व्यक्तिहरु मात्र ऐश्वर्यमय जीवन विताउने आम जनता जे सुकै होउन भ्रष्टाचार गलत प्रवृत्ति नचाहिदो दंभ कै कारण यो दलको दुर्गति भएको हो । बामपन्थि ठूला दल एकाकार भएकाले पराजयको भूल भन्ने निश्कर्ष सर्वथा गलत छ । अर्को तर्फ बाम पन्थलाई शक्तिशाली दल भनेर प्रकट हुने अभिव्यक्तिहरु सुखदायी हुने छैनन् ।
बाम वा कथित प्रजातन्त्रवादी बीच चलि रहेको प्रतिस्पर्धा कांग्रेसमा सुधार आएन भने लगभग समाप्त भई बामपन्थ वर्चश्व अझै बढ्ने र शासन गर्न सक्षम नहुँदा धराशायी बन्ने पनि उत्तिकै संभाव्य छ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *