श्रद्धाञ्जलीका दुई शब्द

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

भाषा श्लोक
पृत बहादुर विष्ट (प्रितम)
सह–प्राध्यापक
पाटन बहुमुखी क्याम्पस
ंराजा पृथ्वीका सन्तान बीचमा, विरेन्द्र देउता सरी ।
स्वर्गै वासी भए जनप्रिय महाराज, रामराज्य पालन गरी ।।
जन्ताका बीच लोकप्रिय उनी थे, नेपालका सन्तती ।
अन्ठाउन्न उन्नईस जेठ महिना, दरबारको दुर्गती ।।
खानाका परिकार अनेक थरीका, सबका अगाडि दियो ।
छद्मै भेष गरी दिपेन्द्रसरी भई, गोली चलेको थियो ।।
मुकुण्डो मुहडा ति राज पुतलको, बन्दुक माला धरी ।
कालको रुप लिई पस्यो महलमा, गोली चलिन बेसरी ।।
घाटीमा नृपका प्रहार सुरुमा, असंख्य गोलीहरु ।
छातीमा पिठीमा शरीर भरीमा, थप्दै गएका अरु ।।
दाजुमाथी प्रहार देखी अधिराज, धिरेन्द्र बीचमा सरे ।
वर्षा गोली परी शरीर भरीमा, प्राणान्त उन्ले गरे ।।
लोग्ने देवर, नन्द मित्र, जनको, देखिन र यस्तो गति ।
रानी भागिन ज्यान बचाउन भनि, रोई गुहारिन अति ।।
शीरको भेद भई ढलिन महलमा, ती स्वर्ग बासी भईन ।
छोराछोरी र इष्टमित्रहरु सब, सम्झी विदा भईगईन ।।
हिन्दु धर्म नेपाल देश भुमियो, संसारको केन्द्र हो ।
लेख्छु काव्य कथा करुण रसमा, श्री ५ विरेन्द्रको ।।
देउ मार्ग सुयोग्य दर्शन तिमी रामराज्यमा जो थियो ।
संवैधानिक राजतन्त्र नभए, यो देश डुब्ने भयो ।।
राजाको हसिलो मुहार रंगिलो, त्यो शान्ति प्रिय छवि ।
तिम्रो सालिन सौम्यता झलझली, सम्झीरहेको कवि ।।
आऊ देश बचाउ झटपट तिमी, हेरेर बस्छौ कति ।
रोगी भोग र प्यास ब्याकुल सदा, नेपालीको दुर्गती ।।

छिट्टै बजारमा आउदैछ । विरेन्द्र शोक काव्यबाट उदृत ।
कवि पृत बहादुर विष्ट

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *