मास्क लगाउने माथी कारवाही हुनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मास्क लगाउने बारे ऐन बन्नुपर्दछ । वर्तमानको अवस्थामा मास्क लगाई मास्कधारीद्वारा अपराधिक घटना भईरहेका छन युवा युवती देखि प्रोढसम्मका व्यक्तिहरु मास्क लगाई बजारमा गाउ घरमा समेत गई लुटपाट गर्ने जस्तै विविध अपराध गरिरहेका छन । यही हप्ता धनगढीको बीच बजारमा एक व्यक्तिलाई गोली हानी वित्तिय संस्थाबाट लिएको ९ लाख लुट्यो । लुट्दा बजारका कुनै पनि व्यक्ति तथा प्रहरीबाट समेत दिउसोको समयमा पनि पक्रने प्रयास सम्म कही कतैबाट भएन । अनेक प्रकारले अनुहार छोपी नचिनिने गरी हिडन नपाउने र मास्क लगाउनुपर्ने स्वस्थ्य सम्बन्धी बाध्यता छ भने मेडिकल राय संलग्न रहनुपर्ने अन्यथा अरुलाई नोक्सान पर्ने आफ्नो अनधिकृत अधिकार प्रयोग गर्न नपाउने राष्ट्रिय, प्रान्तीय, स्थानीय निकायहरुले नियम बनाउनु पर्ने र नियमको पालना गर्नु पर्ने देखिन्छ ।
समाजवादको संरक्षण
केही पहिलेसम्म समाजवादको संरक्षण साझेदारी रोपाई, साझेदारी निर्माण कार्य खेडी, बेठबेकारी तथा विद्यार्थी, आर्मी, प्रहरीहरुको गठन र निजामती सेवाको गठन त्यसपछि उपभोक्ता समुहको निर्माण, विद्यालय व्यवस्थान सहयोग समितिका नाम जस्ता क्रियाकलापबाट संरक्षण भई रहेको थियो । वर्तमानमा त्यो भन्दा माथि समाजवादले उक्लन पाएको छैन । परिवर्तिन समाजमा एकल भन्दा साझेदारीमा गरेका काममा इमान्दारीता हराएको छ । भ्रष्टाचार मौलाएकोले थप समाजवादको सम्भव पनि देखिदैन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *