महेन्द्रनगर बजारले व्यवस्थित हुन सकेन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १९ जेठ
महेन्द्रनगर बजारको स्थापनाकालदेखि सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलमा सबैभन्दा व्यवस्थित आधुनिक तरिकाको गुरुयोजना अन्तर्गत निर्माण गरिएको महेन्द्रनगर बजार क्षेत्रको विस्तार अनधिकृत तरिकाले भईरहेको हुँदा पनि गुरुयोजनाको लक्ष्य र उद्देश्य पुर्ति हुन नपाई विपरित दिशातर्फ गईराखेको छ । यहाँको व्यवसायिक सटरहरु नगर विकास समिति, नगरपालिका, नगर विकास समितिको डिजाईन र निर्देशनमा आफ्नै लगानी लगाएर नगर विकासलाई मासिक भाडा बुझाउने गरी व्यवसायीहरु स्वयमले भवन सटरहरु निर्माण गरी व्यापार व्यवसाय गरि आईरहेका छन् । यदि कोही पुरा बजारको दैनिक खरिद विक्रिको हिसावको तथ्यांक लिने हुन्थ्यो भने कहिल्यै पनि यहाँका १० प्रतिशत व्यापारी भन्दा बाँकी सत प्रतिशत नोक्सानमा गएका
छन् ।
व्यापार व्यवसाय तथा उद्योगहरुको लागि सुविधा तथा सहयोगको लागि कञ्चनपुर उद्योग वाणिज्यसँगको स्थापना पनि साथसाथै भएको भएता पनि यो संस्थाले यो जिल्लामा न उद्योग फस्टाउने काम गरेको छ न व्यापार फस्टाउने काम गरेको छ । ढुवानी सेवाको महंगाईले गर्दा काठमाडौं, विरगंज, विराटनगर, हेटौडाबाट उत्पादन हुने वस्तुहरु यहाँ पुर्याउदा सम्म ढुवानीको सहज व्यवस्था छैन । न नियमित रुपमा ढुवानी सेवा छ न सानो सानौ कारोबारको लागि बस सेवाको सुविधा छ । छिमेकी राष्ट्र भारतबाट समान ढुवानी गर्दा ज्यादै ठूलो कठिनाई यहाँका
व्यापारीहरुले भोग्नुपरेको छ । यदि घरमा खाने व्यवस्था हुदैनथियो भने यहाँका व्यापारीहरुले साझ भोकै बस्नु पर्ने अवस्था नआउन सकिन्थ्यो भन्न सकिदैन् ।
वर्षमा एक पटक औद्योगिक तथा व्यापार मेला लाग्छ त्यसबाट खासै सेवाग्राही र व्यापारीमा उत्सुकता आएको देखिदैन् । यहाँ अवैध रुपबाट अनियमित कामहरु सुकुम्बासीको नाममा या मजदूर कलौनीको जस्ताको नामबाट नगर विकासको जमिन पुजीपति व्यक्तिहरुले समेत ओगट्ने गरेको
पाईन्छ ।
व्यापारीको भन्दा भू–माफिया व्यापारीहरुको आम्दानी धेरै देखिन्छ र त्यसतर्फ नै साना देखि ठूलासम्मकाले ओगट्दै आएका छन् । यस तर्फ सरकारको ध्यान नजानु रहस्यमय रहेको । त्यसैले भ्रष्टाचार एउटा भिखारीदेखि सरकारसम्मका पदाधिकारीहरु सम्मको साझेदारी रहेको पाइन्छ । यसले गर्दा कृषकदेखि व्यापारीसम्म सबैले दुःख पाएका छन् । समयमा समाजवादीहरुद्वारा कुनै कदम चालिने होईन भने थोरै वर्षपछि मात्रै महेन्द्रनगरमा विकराल धब्बा रुप आउने हुँदा नगरपालिका देखि लिएर केन्द्र सरकारसम्मकाले इमान्दारीपुर्वक सबैले हक अधिकार सुविधा पाउने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *