गत अंकको बाँकी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा विकसित भएको धार्मिक गतिविधि, बौद्धधर्मको अक्षुण परम्परा, प्रख्यात तीर्थहरुको अवस्थिति, जानकी सीताको जन्म भूमि र भगवान् बुद्धको जन्मभूमि भएका कारणले पनि नेपाली इतिहासले विश्वभरीकै दृष्टिमा महत्व पाएको छ । यस दृष्टिकोणबाट हेर्दा आकारमा सानो भए पनि नेपालको विश्व मानव समुदायमा आफ्नो गौरवमय इतिहासको कारणले सम्मानित स्थान पाएको स्वीकारेको देखिन्छ ।
(क) नेपाली इतिहास लेखनको परम्परा
हामी कहाँ पाइने वंशावली साहित्यका विविध स्वरुप, समकालिक टिपोट र ठयासफु तथा अन्य खालका लिखित सामग्रीहरु उपलब्धी हुनाले यहाँ इतिहास सम्बन्धी चेतना रहेको पनि प्रमाणित हुन्छ । पुराण र महात्म्यको रुपमा सामाजिक साँस्कृतिक विवरण लेखी राख्ने हाम्रो परम्परा पनि यस सन्दर्भमा उल्लेखनीय छ ।
आधुनिक किसिमबाट इतिहासको अध्ययनको थालनी चाहिँ विदेशी विद्धानहरुबाट नै हुुन जानुचाहिँ हाम्रो लागी संयोगकै कुरा हो । ईस्वीको उन्नाइसौँ शताब्दीको प्रारंभदेखि नेपालको इतिहास बारे विलियम कर्कपेट्रिक (सन् १८११) र हयामिल्टन (सन् १८१९) ले केहि खोजी गरेपछि नेपालबारे लेख्ने विदेशी विद्धानहरुको संख्या बढ्न थाल्यो । ई.१८८० देखि भने गुजरातका पण्डित भगवान्लाल इन्द्रजीले काठमाण्डौँ आई प्राचीन, मध्य र शाहकालका अनेक शिलालेखहरुको प्रकाशन गरेदेखि नेपालको इतिहास वैज्ञानिक ढंगले लेख्ने कामको थलानी भएको मान्नुपर्दछ ।
ई.१८८६ मा सेसिल वेण्डाल र ई.१९०५—६ मा सिल्वाँलेभीले प्राचीनकालका धेरै शिलालेखहरुको प्रकाशन गरेपछि नेपालको इतिहास जान्ने प्रामाणिक स्रोतको संख्या पनि बढ्न गएको थियो । उक्त अवधिमै सैसिल वेण्डाल र पं. हरप्रसाद शास्त्रीले नेपालका मध्यकालीन लेखोट किताबहरुकोे सूचीपत्र प्रकाशित गरेपछि लेखोट किताबका पुष्तिकामा उल्लेख भएका ऐतिहासिक विवरणहरुबाट पनि नेपालको इतिहास जान्ने स्रोतमा विविधता आउन थालेको हो नेपालका इतिहासबारे लेखहरु लेख्ने काम शुरुमा पं. भगवानलाल इन्द्रजी र सैसिल वेण्डालले गर्नुभएको थियो ।
तर पुस्तकाकारमा सिल्वाँलेभीको ग्रन्थले नै नेपालको इतिहास र संस्कृतिबारे पहिलो हुने श्रेय प्राप्त गर्दछ । (क्रमशः)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *