चुरे दोहन वैज्ञानिक तरिकाले हुनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १९ जेठ
नेपालको भू–बनोट पुर्व पश्चिम तराई, पहाड र हिमाल गरी मुख्य तीन भागमा विभाजन भएको छ । तराईको लागि चुरे पर्वत शोक पनि छ उपलब्धीमुलक पनि छ । चुरेबाट बालुवा, गिट्टी ढुङ्गाको दोहन गर्नु अनिवार्य छ तर वैज्ञानिक तरिकाको सरकारी व्यवस्था नभएका हुँदा तराईको भूमी जोखिमपुर्ण अवस्थामा रहेको देखिन्छ । मानविय कृयाकलापका कारण चुरे क्षेत्रमा भईरहेको दोहनका कारण तराईको उर्बराभूमी क्षयिकरण भईरहेको छ । चुरे क्षेत्र भएर बग्ने खोलानदी नालाका कारण तराईको उर्बरा भूमि क्षयिकरण हुन लागेको हो । उत्तरबाट दक्षिणतिर बग्ने कञ्चनपुरका विभिन्न खोला नालाका कारण यस जिल्लाको उर्बराभूमि कटानी मात्र नभई क्षयिकरण भईरहेको छ ।
महाकाली, दोदा, सुनबरा, स्याली, खन्यखोला, झर्नाखोला लगायतका साना ठुला नदी नालाले कञ्चनपुरको उर्बराभूमी क्षयिकरण गर्दा पनि सरकारी निकायबाट रोकथामका लागि दिर्घकालिन कुनैपनि काम अघि बढ्न सकेका छैनन् । ठुला नदीमा तटबन्ध र साना खोलानालामा जारजाली बेर्न त्यो पनि कमिसनै कमिसनका कारण कञ्चनपुरको खोलानालाबाट हुने क्षतिरोक्ने कार्यक्रम निष्प्रभावित भएको छ ।
अब बर्षात आउँन दुई साता मात्रै बाँकी छन् । खोलानदीबाट पीडित किसान चिन्तित हुनुपर्ने दिन नजिकै पुगिसके । महाकाली नदीबाट सुकुमबासी बनेका भीमदत्त नगरपालिका–११ भुजेलाका रैने सुनारले महाकाली नदिमा उचित तटबन्ध निर्माण नभएका कारण यस बर्षको बर्षातमा पनि कटानी हुने चिन्ता व्यक्त गर्नुभयो ।
‘पारी छिमेकी भारतीयले बलियो बाँध निर्माण गरेका छन्, ‘उनले भने, ‘हाम्राले कमिसन खान मात्रै जानेका छन्, कमिसनकै कारण आज महाकालीले नेपालतिर बढि कटानी गरेको छ ।’ उत्तरी चुरे क्षेत्रको खन्याखोलाका कारण भीमदत्त नगरपालिकाका बस्ती जोखिमा परेका छन् । स्थानीयले पटक पटक खोलामा पक्की तटबन्ध निर्माणका लागि माग गरेपनि सरकारी निकायबाट कुनै पहल नभएको गुनासो पोखेका छन् ।
चौधर नदीको कटानीका कारण मारमा परेका बेदकोट र बेल्डाँडीका स्थानीयले पनि कटानी रोक्न प्रभावकारी कार्यक्रम नभएका कारण फेरीपनि यसबर्ष विस्थापित हुने चिन्ता व्यक्त गरे ।
बेदकोट नगरपालिका–४ बैतडाकी जमुना सुनारले ०६५ सालमा आएको वाढिले खेत बगाएको बताउदै फेरीपनि बलियो तटबन्ध निर्माण नभएका कारण कटानी हुने चिन्ता व्यक्त गरिन् । चुरे भएर बग्ने झर्नाखोलाले बेलौरी बेल्डाँडीको उर्बराभूमी कटानी पटानी गर्दै आएको छ । बेल्डाँडी गाउँपालिका १ र बेलौरी नगरपालिका ९ को उचोभाग कटानी र तल्लोभाग पटानीका कारण बालुवामा परिणत भएको छ । झर्नाखोला पीडित दिपक राज जोशीले झर्नाखालामा बलियो तटबन्ध निर्माणका कुनैपनि सरकारी निकायबाट पहल नभएका कारण फेरीपनि स्थानीय त्रसित भएको बताए । ‘अहिले झर्नाखोलाको सानो रुप छ, ‘उनले भने, ‘समयमै यसलाई नियन्त्रण गर्न नसके सानो खोला सागरमा परिणत हुन्छ ।’ कुनै बेला सानो भनेर हेप्दा आज महाकाली दोदाले कस्तो क्षति पु¥याएका छन्, त्यो बारे मनन गर्नुपर्ने उनको भनाई छ । दोदा नदीबाट प्रतारित लालझाडी शंकरपुरका स्थानीय पदम रानाले दोदा नदी नियन्त्रण एव कटानी रोक्नका लागि सरकारले दिर्घकालिन योजना नबनाएका कारण आज दोदाले कृष्णपुर, पुर्नवास,बेलौरी र लालझाडी चार स्थानीय तहको उर्बराभूमि कटानी गर्दै मानव बस्ती नै जोखिममा परेको उनले बताए । यस्तै बनहरा नदीले कृष्णपुर र स्याली सुनबराले नदीले शुक्लाफाँटा नगर क्षेत्रको उर्बराभूमि कटानी गरेको छ । यसरी कञ्चनपुरका ठुला साना नदि खोलाले कञ्चनपुरको उर्बराभूमि बर्षनी क्षयिकरण गर्दा समेत भू–संरक्षणका लागि ठोस पहल नभएको स्थानीयको बुझाई छ । स्थानीय सरकार गठन भएको बर्षदिन पुग्यो, तर पनि उर्बराभूमि संरक्षण गर्नका लागि ठोस नीति तथा कार्यक्रम नल्याएको स्थानीयको दुखेसो छ ।
क्षयिकरण रोक्न ठोस पहल कदमी अघि नबढाए कञ्चनपुरमा रहेको उर्बराभूमी बालुवामा परिणत हुँदै मरुभूमिकरण हुने
खतरा रहेको स्थानीयको चिन्ता छ । स्थानीय एवं पीडितले खोला नदी दिर्घकालिन योजना नियन्त्रणका लागि योजना ल्याउन समेत सुझाव दिएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *