वर्तमानका नेताहरुको इतिहास पुर्व नेतृत्व सित जोडिएको छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

रामको इतिहास जोगाउन रावणको साथ चाहिएको थियो आजका नेताहरुको इतिहास जोगाउन पुर्व नेता शासक राजाहरुको इतिहास आवश्यक रहेको छ । विदेशीको सामु भन्दा म नेपाली जनताकै सामु झुक्न तयार छु भनि आफ्नो जिम्मामा रहेको जनताको बागडोर जनताकै हातमा छोडन मन्जुर झै सम्बैधानिक राजाको रुपमा बसेका राजा विरेन्द्रको वंशनाश हुने गरी हत्या भएको २०५८ जेठ १९ गते नेपालको कालो दिवस अवश्य हो । पृथ्वी नारायण शाह रणबहादुर शाह पछिका राजाहरु पुर्ण रुपमा राणाहरुको जहानिय शासनमा बन्दी भएका थिए । राणाहरुले राजाहरुलाई गमलाको पिपल झै बचाई राखे न मर्न दियो नहुर्कन दियो । जनता र राजा त्रिभुवनको सक्रियतामा जुन रुपबाट जसरी भए पनि २००७ मा व्यवस्था परिवर्तन भई राणा शासनको प्रत्यक्षता अन्त भएको थियो । जसरी राजाले आफ्नो शासन कमजोर रहेको बेला जंग बहादुरको उदय भयो त्यस्तै ७ साल देखि १७ सालसम्मको कमजोरीले राजा महेन्द्रको अलौकिक उदय भयो केवल नेपाल र नेपालीको लागि मात्र । राजाहरुमा नेपाल निर्माण प्रजातन्त्रको स्थापना राष्ट्रको विश्वभरी पहिचान गराउने जनताले चाहे जस्तो व्यवस्था गर भनि जनताको नासो हासी हासी जनतालाई सौपिने जस्ता राजाहरुको यदि हामी इतिहास मेटाउन चहान्छौ भने हामी वर्तमानका नेताहरुको इतिहास पनि बन्ने छैन रहने छैन । त्यस कारणले पनि यो देशका निर्माता देखि संरक्षक सम्मका सबैको सम्मान साथ इतिहास जिवित राख्नु पर्दछ । मुखले हामी भन्छौ पृथ्वीनारायण शाहले यो देश एकिकरण नगरी दिएको भए हाम्रो स्थान के हुने थियो, राजा त्रिभुवनले प्रजातन्त्रलाई समर्थन नगरेको भए तथा राजा महेन्द्रले नेपालको पहिचान विश्व सामु नपुर्याएको भए के हुने थियो ? साथै राजा विरेन्द्रले प्रजातन्त्रको सुदृढीकरणमा सहमत नभएको भए मात्र हैन राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई हासी हासी नदिई सत्ता नछोडी बरु चाउचेस्को नै बन्ने दृढता गरेको भए नेपाल र नेपाली जनताको के अवस्था हुने थियो ? यी सबै प्रयास बुझि उनको इतिहास मेटाउने मनसुवा बनाउनु हुदैन । हाम्रा संरक्षक थिए त्यस कारणले पनि जहा जहा उनका प्रतिमाहरु राखिएका थिए र रीसको आवेगमा आएर द्वन्दकालमा जहा जहाका प्रतिमा तोडिए हटाईए र उनका नामबाट विश्वविद्यालय सडक, अस्पतालका नाम राखिएका भए पनि दश वर्षे अराजकताको समयमा हटाईए त्यहा त्यहा पुनःस्थापना गर्नु पर्दछ । जस्तो कि कैलालीको अत्तरीयाको विरेन्द्र चोकमा रहेको विरेन्द्रको प्रतिमा तथा महेन्द्रनगर बजारको विचमा रहेको राजा महेन्द्रको प्रतिमा यथास्थानमा राखी राजा महेन्द्रको नामबाट राखिएको महेन्द्रनगर नगरपालिकाको नाम कुनै वैज्ञानिक तरिकाले नवदली रीस साध्ने साधकहरुले बदली भीमदत्त नगरपालिका राखेकोले इतिहास मेटाउने काम भएको छ । तसर्थ महेन्द्रनगर नगरपालिकाको नाम यथावत राखी भीमदत्त पन्तको नामबाट टनकपुर ब्रहमदेव अथवा महाकाली बाट पुर्वतर्फ जाने विद्युतिय रेलवे लाईनको नाम राखेमा उपलब्धीमुलक हुनेछ र त्यो इतिहास दिर्घजिवी हुनेछ । महेन्द्रको रीसले आज नाम फेरियो र भोली भीमको रीसले नाम बदल्दा बदल्दै यौटा इतिहास बालुवाको कणमा फरिने छ । नेताहरुले उच्च सोच बनाउनु पर्छ तुच्छ सोच होइन जनतन्त्र प्रजातन्त्रमा जनताको विचार र जनमत लिनुपर्छ भन्ने हाम्रो धारणा रहेको हो । यदि झुटा मान्नु हुन्छ भने महाकाली देखि गोदावरी घाडीघाच चुरे देखि पुनर्वास सम्मका जनतालाई सोधौ महेन्द्रनगर नगरपालिका हटाई भिमदत्त नगरपालिका राख्न ठीक छ कि छैन भनेर । लोकतन्त्रमा लोकको विपक्षमा जानु प्राकृतिक अपराध भएकोले मात्र हाम्रो भन्ने बाध्याता हो । इतिहास देशको पहिचान र गौरव हो संरक्षण गर्ने काम हामी सबैको भएकोले आफ्नो कर्तव्य बोध गरौं भन्ने मनसाय पनि हो । वर्तमान नेताहरुको इतिहास पुर्खामा पहिलो पुस्ताका नेताहरु सित जोडिएको हुन्छ । प्रमाणको लागी इतिहासको पाना पेज नं. ४ मा हेरे समग्र अनुमान हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *