अतीतका केहि झलकहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अतीत नै बर्तमान हो र वर्तमान नै भविस्य हो । यि एक अर्काका पुरक पनि हुन । जुन झलक हामी दिन खोजि रहेका छौ ति अवस्य पनि लिखित ऐतिहासिक दस्तावेज नभएपनि कसैको सोधपत्रमा अटाउन सक्छन र ऐतिहासिक रुप लिन सक्छ । सर्वप्रथम वाजे बुवाहरुबाट थाहा पाएका कुराहरु देखि हामी सत्य कुरामा सुरुवात गर्न सक्छौ । सु.प.को सिमाना तराई र मदेश भारतका सिमाना सित जोडिएको छ । वि.स. १९७५ को आसपासमा जेठावुवाको जन्म भयो र ९ वर्षको उमेरमा उहाँ लगायत केहि व्यक्ति वैतडिको पुर्चौडि गर्खाबाट वर्मा हालको म्यानमारमा गई काम गरेका हुन । उहाबाट हामीले सुन्यौ उनको दैनिक ज्याला सुरुमा २५ पैषा थियो । २।२ वर्ष विताई घर आउदा बाटोमा धेरै अप्ठेरो व्येहोरी घर पुगेको कुरा बताउनु हुन्थ्यो । अक्रो पटक उमेर
परिपक्व भएपछि जानु भएका रहेछन दोस्रो विश्व युद्धको समयमा बर्मा बाट भागेर लुकि लुकि पईदल मनिपुर(भारत असाम)को बाटो हुदै आउदा वाटोमा भिषण जंगलहरु मात्र रहेको कही कतै वस्ति नभएकोले साथमा रासन खानेकुरा नहुदा जंगलमा कन्दमुल, बन पिडालु र वाको समेत पकाएर खाएको, २० जनाको ग्रुपमा ३।४ जना बाटोमा हैजा परि छोडेर आएकामा ति विरामी न फर्केका कुरा जनाउनुहुन्थ्यो । हैजा सरुवा रोग भएकोले हैजा परेका मानिस नजिक जो गयो त्यो पनि नवच्ने भन्ने हुन्थ्यो जापान जर्मनको लडाईमा लड्ने देशहरु धेरै थिए । लडाकु जहाजहरु उडेका उड्यै हुन्थे । अन्तमा जापानले आत्मसर्मपण तव ग¥यो जव २ शहर नष्ट भएका थिए । वुवा वाजेकै समयमा टनकपुर सम्म अङग्रेजले रेल पु¥याई सकेकाले नुन लैजान वझाङ, अछामबाट समेत टनकपुरबाट नुन लैजाने घी बेच्ने काम गर्दथे । टनकपुरको ठिक पुर्वपट्टी कंचनपुर जिल्लाको प्रथम व्यापार केन्द्र व्रह्मदेव मण्डि नै थियो पहाडवाट आई नुन आदि सामग्री ल्याउन लैजान सजिलो भएको थियो । भारतको टनकपुर देखि पिथौरागढसम्म पनि सडक थिएन । करिव टनकपुर देखि पिथौरागढसम्मको ८५ माईल सडक कुमाउको गढवाल र नेपालका पश्चिमेली जनताहरुबाट निर्माण भई २०१३ सालसम्म पिथौरागढमा कच्ची सडक पुगेकाले सवै सामानहरु पिथौरागढकै वजारमा पाईने हुदा टनकपुरको वजार छोडी पिथौरागढको वजार कायम गरेका हुन । पहाडी जिल्लाहरुवाट पिथौरागढबाट घरकाजको सामान ल्याउन जादा जान आउन १०।१२ दिनसम्म लाग्ने गर्दथ्यो । वाटोमा वास वस्ने ठाउ ठाउमा धर्मार्थको लागी धर्मशालाहरु वनाएका थिए । सु.प.का पुरै क्षेत्र जहाजहा वास पर्छ त्यहाँ धर्मशालाहरु थिए । बैतडी जिल्लाको कुरा गर्दा कटौजपानीको सल्याडीमा अझै धर्मशाला जिर्ण अवस्थामा रहेकै छ भने कठपतेमा अवसेष मात्र छ । बैतडी सदरमुकामको छेलामा २०३५ सालसम्म यथास्थितीमा थियो । त्यसपछि त्यस धर्मशालाका ढुङ्गा छाना सबै सामान स्थानिय वासीहरुले अतिक्रमण गरी भत्काई नस्ट पारी नाम निसान मेटि सकेका छन । त्यस वेला देशमा गौशाला, पानीघाट, मसानघाटमा
राम्रो रेखदेख हुन्थ्यो बैतडी जिल्लाको धार्मिक प्रख्यात क्षेत्र पुर्चाैडीमा त्यसवेलाका ठालुगुण्डाहरुले जनतालाई थियो मिचो गर्न खोजे पनि देवी देवताको डरले अन्याय गर्न डराउथे । जो कोही अन्यायलाई पनि त्यहाको देवता, रुदे, निमुन, बुङलको जसैराज जस्ता देवताका दुत बाहनहरुले सताई रहने हुँदा थिचो मिचो अन्याय कम हुने गर्दथ्यो । यस्तै किसिमले धर्मयात्रीहरुको लागि भारतका सबै धामहरुमा नेपाल सरकारले नेपाली पण्डितको व्यवस्था गरी नेपाल भवनको निर्माण गरी नेपाली तिर्थयात्रीहरुलाई सुख सुविधा मिलोस् भन्ने हेतुले अंग्रेज सरकारसित समेत सर सल्लाह गरी भारतको रामेश्वरम्, गया, जगन्नाथपुरी, केदारनाथ, बद्रिनाथ तथा विन्द्रावन र हरिद्धारमा समेत सुविधाको व्यवस्था मिलाएका थिए ।
पुर्चौडी क्षेत्रमा राणा सरकारसित पहुच बनाउन सक्ने खालका डम्बर बहादुर बम रहे पनि राणा शासनको लोभमा न फसी आफ्ना फुपाज्यूको घरमा बसी
पिथौरागढ भारतमा मेट्रिक सम्मको अध्ययन पुरा परेपछि उनी शिक्षाद्वारा पुर्चौडी क्षेत्रको उन्नती गर्न रुचाए । २००४ सालमा अथक प्रयासपछि डिलेश्वरी आधार हाई स्कुलको स्वीकृती प्राप्त गर्यो । बझाङमा बझाङ्गी राजा जय पृथ्वी सिंहले सत्यवादी विद्यालय १९९३ सालमा स्थापना गर्यो भने पुर्चौडी हाटको विद्यालय ५÷६ वर्षको प्रयासपछि हाटमा भयो । बझाङमा प्रअ रामदत्त अवस्थी थिए हाल उनको शालिक त्यहाँ विद्यालयमा रहेको छ । रामदत्त अवस्थी अस्कोट भारतका थिए । त्यति बेलाको सम्झना जव म पनि २३÷२४ सालतर्फ हाटको स्कुलमा पढथे । त्यसबेलामा पनि भारत अस्कोटकै खेमसिंह खोलियाल नामका शिक्षक थिए उनकी आमा मात्र घरमा थिइन त्यसबेला खोलियाल अविवाहित रहेकोले कुनै सन्तान थिएन । उनलाई मानसम्मानका साथ राखी ९÷१० का विद्यार्थी कमजोर नहुन भनेर अंग्रेजी विषयमा उनी टाईम बेटाईम विहान बेलुका जुनसुकै बेलामा पनि विद्यार्थी अतिरिक्त पढन चाहन्थे भने उनी पढाई दिन्थे कुनै पनि अतिरिक्त शुल्क लिदैनथे र नाम चलेपछि २०३६÷३७ सालतर्फ उनलाई नयाँ शिक्षा अन्तरगत बैतडीकै बाराकोटमा उनको सरुवा भयो । २०३७ सालको एसएलसी परीक्षा नियमित र प्राईभेट दुवै परिक्षाको सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा परीक्षा बोर्ड गठन भएको र
परीक्षा अवधिभर प्रजिअले परीक्षा केन्द्रमा नै बस्ने भन्ने गृहमन्त्रालयको निर्देशन भएको र बैतडी जिल्लामा एकमात्र परीक्षा केन्द्र मावि. ९ मात्र रहेको अवस्थामा मैले निमित्त प्र.जि.अ.को हैसियतले परीक्षाको समयमा निरीक्षण गरी रहदा सबै भन्दा उत्तम विद्यार्थी बाराकाट हाई स्कुलका नै थिए । केन्द्र प्रमुख तथा बाराकोटका प्रअ.ले मलाई सबै कोठाहरुमा लगी विद्यार्थीहरु देखाई दिनु भएको थियो । त्यसबेला उनका विद्यार्थीहरु सबै प्रथम श्रेणीमा पास भएकाले प्रअले राजा विरेन्द्रबाट गोरखा दक्षिण बाहुन पदक प्राप्त गरेका थिए । ती दिनहरुमा शिक्षक कर्मचारीहरु मान पदवी तक्माको लागि अक्सर काम गर्दथे ।
कमिसन, घुसको चलन थोरै थियो कसैले घुस खाएको जानकारीमा कमै आउथ्यो तै पनि २०२५ सालमा अत्तरीया डडेल्धुराको सडक निर्माणको लागि अमेरिकाले ३ करोडको बजेट व्यवस्थापन गरी २०२६ देखि निर्माण कार्य सुरु गरेको सुन्दै थियौं । त्यहाँ काम गर्ने स्थानीय प्राविधिकहरुले लेवरको रुपमा रहेका कार्यालय योजनाको पिउनहरुद्धारा नगद रुपमा झुत्रा कपडा भाडा वर्तन पिठो चामल राखेको बोराहरुमा रुपया राखी घर पुर्याई रकम हिनामिना भएको आसंकामा अमेरिकाले प्रत्यक्ष निर्माण छोडी नेपाललाई नै नगद अनुदान दिएपछि २०४५ सालमा पाटन सम्म पीचको ठेक्का के.डी.सी. लाई दिई काम सुरु भएपछि भारतका प्रधानमन्त्री राजीव गान्धीले व्यापार परिवहन नाका बन्दी गरी तेल आपुर्ति नहुन सक्दा के.डि.सी. ले नोक्सान बेहोरी ठेक्का छोड्यो ।
जुन नाकाबन्दी अमुख नेपाली नेताहरुले प्रजातन्त्र नामको व्यवस्था जुन ४६÷४७ मा आयो त्यही ल्याउन नाकाबन्दी गराई मागेका थिए केवल राजा विरेन्द्रलाई झुक्याउन तर अन्तमा भारत सित झुक्नु भन्दा नेपाली सित नै झुक्छु भनि व्यवस्था परिवर्तन गरी सत्ता आफ्नो हातमा ल्याउ देश चलाउ भनि राजाले सत्ता छोडी दिएको इतिहासले जनाउछ ।
धेरै गन्थन मन्थनको आवश्यक नहुँदा अन्ततर्फ जसरी पुर्चौडीको उद्धार गर्न डम्बर बहादुर बमले खोजेको त्यस्तै युवा नेताहरु वर्तमानका मेयर रण बहादुर कुँवर तथा नरेन्द्र कुँवर आजका प्रदेश नं. ७ का राजनीतिक सल्लाहकार । यी दुवै जना युवाहरु त्यसबेलामा जनताको लागी कर्मठ रुपमा लागेकाले यिनलाई तल पार्न प्रधानमन्त्री गिरिजा बाबुले दमन गर्न खोजको र दमन गरेकाले त्यस क्षेत्रको कमाण्डरकै रुपमा उदय भई खतरा मोल लिएका थिए । उहाँहरुले पनि डम्बर बहादुर बमको झै नयाँ बाटोबाट त्यहाँका जनताको हकहितमा काम गर्नेछन् भन्ने जनचाहना रहेको छ । समय र परिस्थितिले पनि पुर्चौडीले भोगेका दुःखहरु अतुलनिय थिए । (क्रमशः)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *