श्वास क्रिया जीवनको मूल आधार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अध्यात्म जगतमा अष्टाङ्ग योगको ठूलो महत्व छ । बस्तुतः योगाभ्यास नै मुक्तिको मार्ग हो, यौगिक क्रियाद्वारा भौतिक र मानसिक रुपमा स्वस्थ रहन सकिन्छ । शान्तिको खोजीमा मानव समाज व्याकुल छ । यथार्थ यो प्रत्यक्ष नहुन सक्छ, अन्तिम लक्ष्य वस्तुतः गहन शान्ति नै हो यसका लागि विभिन्न सम्प्रदाय कथित धर्महरु योगाचार्य ऋषीमुनि महर्षी तत्वदर्शी आफ्नै तवरले प्रयत्नशील रहेको पाइन्छ । महात्मा बुद्धले विपस्यनाको वैज्ञानिक पद्धति माध्यम बनाई संसारलाई अमुल्य वैज्ञानिक साधना पद्धति माध्यम बनाई संसारलाई अमुल्य वैज्ञानिक साधना पद्धतिको उपदेश गरे, यसमा श्वास क्रिया जुन जीवनको मूल आधार हो मुख्य माध्यम रहेको पाइन्छ श्वासको आवागमनलाई निरन्तर अवलोकन गरी रहने नामबाट वा नाभी स्थानबाट अभ्यास फलदायी रहेको छ । अनायास सतियोगमा पनि श्वाश कै आवागमन हेर्ने शैद्धान्तिक आधार छ । विज्ञान भैरवका ११२ ध्यानका विधिहरुमा श्वास सर्वोपरी महत्वपुर्ण हो ।
श्वास नै जीवन र मृत्युको बाहक हो त्यसैले यसलाई निरन्तर अवलोकन गर्न समर्थ योगीले जीवन र मृत्युका चmक्रहरुलाई निरन्तर हेर्दै त्यस माथि विजय प्राप्ति पश्चात कै बल्य प्राप्त गर्ने यथार्थ ज्ञानीहरुले बताउने गरेका छन् ।
प्रणायाम र योग श्वासको सफल अनुगमन विना सम्भव नै छैन । भौतिक रुपमा अर्थात शरीरलाई विविध मुद्राहरुद्वारा प्रयोग गर्दा शवास क्रिया नबुझी फलदायी नहुने मात्र होइन घातक पनि हुन सक्छ । त्यसैले श्वासका नियम नबुझी यौगिक क्रिया लाभ भन्दा पनि प्रतिकुल प्रभाव पार्ने अन्ततः योगबाट नै बीतिष्णा पैदा गर्ने अनेक घटनाक्रमहरुबाट पुष्टि हुने गरेको छ ।
श्वाश क्रिया र प्राणायाम परस्पर गाँसिएका छन । श्वाशको नियमन र विधि जानेर मात्र योगको जगतमा प्रवेश गर्दा सुगम लाभदायक रही मुक्तिकै पवित्रद्वारसम्म पुर्याउन सक्छ । प्राणायामका विभिन्न विधि योगका मानिषिहरुबाट हजारौको संख्यामा प्रतिपादन गरेका छन् । योग समितिका माध्यमबाट अध्यात्मको प्रवेशद्वार सम्म पुर्याउने क्रम सिकाएर उत्प्रेरित गर्ने कार्य श्वाशका नियम जान्नु अनिवार्य शर्त भनि मार्गदर्शन गरेका हुनाले कुनै मुल्य तिर्न नपर्ने आफैमा केन्द्रित भई अभ्यास गर्न सकिने हुनाले त्यसमा केन्द्रित भई ब्रहमतत्व सम्म ढोका खोली दिने हुनाले योगप्रति आकर्षण बढ्दै गईरहेको र युवा पिडी यसबाट सफल जीवन दर्शन प्राप्त गरी रहेका हुनाले विश्वविख्यात बाबा रामदेबको अमूल्य योगदानबाट जन जनसम्म पुगेको सहजै देख्न सकिन्छ । प्राणायाम सैकडौं पद्धति छन तर प्रारम्भिक अभ्यासमा सबै पुरा गर्ने प्रणायाम उचित हुन सक्दैन । केही खास प्रकृतिका प्राणायामहरुबाट जटिल रोग र अन्ततः मृत्युमा समेत ठुलो विजय प्राप्त गर्न संभव छ ।
विद्वान ऋषिहरुले गहन अभ्यासबाट यसको महत्व बुझ्दै सम्पूर्ण जगतलाई बुझाउने कार्य प्रत्यक्ष देखिने गरेको छ । र यसका लागि पतञ्जली योग समिति लगायतबाट आफू मिटेर पनि अरुलाई जगाउने यावत क्रियाहरु पनि समीक्षा गर्न आवश्यक लागेर नै निरास तर अमृत तुल्य योगका सम्बन्धमा विश्लेषण गर्ने प्रयास हो । जीवनको मुल आधार योगको अभिभाज्य अंगका रुपमा रहदै शुद्ध मानसिक धरातललाई पुनरजीवित गर्न श्वाश क्रियाका माध्यमबाट जागृत गर्ने शाश्वत सत्य सनातनका रुपमा प्राणायाम अमृत भन्दा पनि गुणकारी छ । यसमा अर्ति उपदेशको गुन्जायस छै्रन । असल हो रहेछ भनि विश्वास दिलाउनु पर्ने कुनै आवश्यकता छैन आफैमा प्रयोग गर्दा स्वतः शिद्ध हुने विषय हो त्यसैले पारलौकिक जगतमा प्रबेशका लागि श्वाशका नियमको अभ्यास आवश्यक मात्र होइन अनभिज्ञताले मानसिक सन्तुलनलाई नै समाप्त गर्न सक्दछ ।
घोर आश्चर्यको विषय छ श्वास नभई जीवन चल्दैन । प्रकृतिले स्वतः स्वचालित रुपमा श्वास गरी नाकको माध्यमबाट यसको आवागमन भईरहन्छ तर हामी यति मुर्छित अवस्थामा बाची रहेका छौ कि होसपुर्वक श्वासका आवागमन हेर्न सकि रहेका हुदैनौ । यही त मायाजाल हो, हेर्ने वित्तिकै होसको उदय हुन्छ जसरी अन्धकारमा प्रकाशको सानो किरण प्रवेश गर्ने वित्तिकै विलिन भएर जान्छन त्यसरी नै श्वासको आवागमनलाई हेर्नु नै ज्ञानोदयको सुत्र हो । महात्मा बुद्धले विपश्यना ध्यान पद्धतिबाट यही त बताएका छन यस अनमोल ज्ञानको प्रयोग गर्दा कठिन देखिने ध्यान र ज्ञानका बन्द ढोका खुल्न थाल्छन् । भौतिक देह भित्र व्याप्त प्रकाश पुन्जको सप्त स्थितिबाट जागृत गर्न प्राणायामको माध्यमबाट विपस्यनाको प्रयोग सर्वाधिक महत्वको छ । ध्यानका अनेक मार्ग छन । त्यस्तै भौतिक देहलाई ठिक राख्न योगका पनि अनेक मार्ग छन । दुवैका श्वासको नियमन सर्वाधिक महत्वको छ । यसको अभावमा ध्यान योग समाधि सम्भव नै छैन त्यसैले अभ्यास गर्न पुर्व यस सम्बन्धि नियम अत्यन्त आवश्यक छन त्यसको पुर्ण ज्ञान जान्नु जरुरी छ । अन्यथा दोधारे तलबार पनि हुन सक्छ । जसरी आगोले ताप दिन्छ गलत प्रयोग भए भष्म पनि पार्छ त्यही श्वास प्राणायाम योग पनि नियमपुर्वक नभए विनाशक हुन सक्छ यो कुनै ज्ञान अर्ति उपदेश भन्दा पनि विशुद्ध वैज्ञानिक पद्धति हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *