यातायात विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

माथि उल्लेखित राजमार्गहरुका अतिरिक्त यस अवधिमा विराटनगर रंगेली कुलेखानी पालुँग, (खडाश्मित, भैरहवा लुम्बिनी कालोपत्रे पृथ्वी राजमार्ग रुपाताल वेगनास ताल, चौतारा दोलालघाट –खडिाश्मित टीका भैरव सडक, भक्तपुर नगरकोट –पालोपत्र), महेन्द्र राजमार्ग भद्रपुर, महेन्द्र राजमार्ग नेपालगंज, महेन्द्र राजमार्ग, कृष्णनगर आदिको निर्माण कार्य निर्धारित लक्ष्य अनुसार सम्पन्न गरिएको थियो ।
यसरी पाँचौं योजनाको अन्तिम वर्ष २०३६।३७ सम्ममा अधिराज्यघर सडकहरुको खुद लम्बाई ४, ९४० किलोमिटर देखिन आएको थियो । कुल सडक लम्बाईमा कालोपत्रे स्तरको २, ३३२ किलोमिटर रहेको छ । यसरी सडकहरुको स्थितिमा क्रमिक रुपबाट सुधार हुदै
आइरहेको देखिन्छ । यो वर्ष १ किलोमिटरमा बसोबास गरेको जनसंख्यालाई १ किलोमिटर सडक रहेको देखिन आएको छ ।
विकास क्षेत्र अनुसार आ.व. २०३६।३७ को सडक स्थितिलाई केलाई हेरेमा पुर्वाञ्चलमा १,०५२ किलोमिटर, मध्यमाञ्चलमा १,९०५ किलोमिटर, पश्चिमाञ्चलमा ९४६ किलोमिटर र
सुदूर पश्चिमाञ्चल १,०३७ किलोमिटर सडक रहेको छ ।
पुल तथा झोलुंगे पुलतर्फ पाँचौं योजनाले पहाडी तथा दुर्गम क्षेत्रका यातायात सकभर सुगम र सुरक्षित गर्न झोलुंगे पुलहरुको निर्माणमा उच्चतम प्राथमिकता प्रदान गरिएको उल्लेख भइसकेको छ । यसको फलस्वरुप यस अवधिमा ४२–६७ वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ६१ वटा झोलुंगेपुलहरु निर्माण सम्पन्न गरिएका थिए ।
ङ) छैटौं योजना (२०३७।३८–२०४१ ।४२)
छैटौं योजनाले देशको सडक स्थितिलाई दृष्टिगत गर्दै सडक विकास कार्यक्रमलाई बढी सतकर्ताका साथ तर्जुमा एवं कार्यान्वयन गर्नु पर्ने कुरा महसुस न्यूनतम सडक यातायात सुविधा उपलब्ध भैसकेको, निर्माण भएका सडकहरुलाई आर्थिक दृष्टिकोणबाट पनि बढी लाभप्रद तुल्याउन पर्ने खाँचो भैरहेको, सडहरुको बढ्दो संभार खर्च र पेट्रोल, डिजेल जस्ता इन्धनको मूल्यमा अत्यधिक मात्रामा बृद्धि हुदै जानु आदिले गर्दा मोटर चल्ने सडकहरुको लम्बाईमा मात्र अनावश्यक रुपमा बृद्धि गर्दा राष्ट्रिय हितलाई प्रतिकुल असर पार्न सक्ने हुँदा देशको लागि अति आवश्यक ठहरिन आएका सडकहरुको निर्माण कार्यलाई मात्र प्राथमिकता प्रदान गरिएको थियो । यस योजनाले मोटर चल्ने स्तरयुक्त कालोपत्र सडक निर्माणमा प्रशस्त पुजी लगानी हुने हुँदा राष्ट्रिय दृष्टिकोणबाट आवश्यक देखिन आएका राजमार्ग घोति सडकहरुबाट पनि वर्षका अधिकांश महिनामा सेवा प्रदान हुन सक्ने किसिमबाट एक लेखको ट्रकसम्म चल्ने चmत्रेटोका रुपमा मात्र निर्माण गर्ने र आर्थिक औचित्यको आधारमा यस्ता सडकहरुलाई पछि क्रमशः स्तरोन्नति गर्दै लाने व्यापक दृष्टिकोण लिएको थियो । यस सिलसिलामा नयाँ राजमार्गहरुको निर्माणमा सतर्कतापुर्ण नीति अपनाउन बाध्य भएको थियो ।
छैटौ योजनाले पनि उल्लिखित बुँदाहरुलाई ध्यानमा राखी पाँचौ योजनाले जस्तै (१) अधिराज्यका विभिन्न भागहरु एक दोस्रोसित आवद्ध गरी राष्ट्रिय र प्रादेशिक अक्षुण्णताको आधारमा सु्दृढ गर्ने (२) व्यापक राष्ट्रिय दृष्टिकोणबाट प्रादेशिक सन्तुलन समेत कायम गर्ने गरी देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने सडकहरु र मुख्य मुख्य पर्यटन केन्द्रहरु तथा राष्ट्रिय महत्वका आयोजना स्थलहरुलाई जोड्ने सडकहरुको विकास गर्ने र (३) ग्रामीण क्षेत्रको विकासका लागि न्यूनतम आधारभूत आवश्यकताको रुपमा रहेको झोलुंगे पुल, काठेपुल, गोरेटो, घोडेटो, चक्रेटो आदिको विकास गर्ने उद्देश्यले
राखेको थियो ।
यिनै उद्देश्यहरु अनुरुप छैटौं योजनाले नीतिहरु र विभिन्न सडक विकास कायृक्रमहरु निर्धारित गरेको थियो । पाँचौं योजनाकै सडक वर्गीकरणमा केही सामान्य हेरफेर गरी त्यसलाई नै कायम राखी स्थानीय स्तरको चmत्रेटो, घोडेरो र गोरेटो जस्ता बाटाहरु पञ्चायतका निमायहरुबाट निर्माण गर्ने तथा राष्ट्रिय स्तरका मुलबाटाहरुको निर्माण श्री ५ को सरकारबाट प्रमुख भूतिका खेल्ने गरी व्यवस्था गरिएको थियो ।
यस योजनाले सडक निर्माण कार्यक्रमलाई (क) राजमार्गहर निर्माण
(ख) सहायक मार्गहरु निर्माण, (ग) एकीकउत ग्रामीण विकास परियोजनाका सडकहरु, (घ) मुख्य शहरी तथा सदरमुकामका सडकहरु र ङ) सडकहरुको पुनः निर्माण तथा सुधारमा वर्गीकरण गरी प्रस्तुत गरेको थियो । यी कार्यक्रमहरु अन्तर्गत विभिन्न सडक आयोजनाहरु कार्यान्वयन गरी कुल १,९५० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । कुल १,९५० किलोमिटरमा कालोपत्र ६७२ किलोमिटर, ७७५ किलोमिटर खडाश्चिम र५०३ किलोमिटर कच्ची स्तरको सडक रहेको छ । यसका अतिरिक्त योजना अवधिा चक्रेटो, १,२०८ किलोमिटर र ६,५५४ किलोमिटर गोरेटो तथा घोडेटो बाटोहरु निर्माण गर्ने लक्ष्य पनि निर्धारण गरिएको थियो ।
छैटौ योजनाको पहिलो चार वर्षको अवधिमा १,५१६ किलोमिटर सडक निर्माण भएको र अत्मि वर्ष २०४१।४२ मा थप २३३ किलोमिटर समेत गरी ७४९ किलोमिटर सडक निर्माण भएको
देखिन्छ । यसमा कालोपत्र ६५७ किलोमिटर, खडाश्मित ५२४ किलोमिटर र कच्ची ५६८ किलोमिटर रहेको छ । योजनाको पहिलो चार वर्ष अर्थात २०३७।३८ देखि २०४०।४१ सम्मको १,५१६ किलोमिटरमा राजमार्गतर्फ ५६२ किलोमिटर सहायक ७३७ किलोमिटर र मुख्य शहरी मार्ग तथा सदरमुकाम सडकहरुतर्फ १५७ किलोमिटर रहेको छ । क्रमश

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *